• होटल व्यवसायी संघद्धारा प्रजिअ र वडा प्रहरी प्रमुखलाई स्वागत तथा अन्तरक्रिया


    सन्तोष देवकोटा
    भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी र वडा प्रहरी प्रमुखलाई स्वागत गरेको छ । संघले भरतपुर स्थित होटल जमघटमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेलाई जिल्लामा स्वागत सहित अन्तरक्रिया गरेको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी थापाले होटल व्यवसाय पर्यटनको अभिन्न अंग भएको वताउनु भयो । होटल व्यवसाय विना पर्यटन प्रवद्र्धन र आर्थिक सम्वृद्धि असम्भव रहेको वताउँदै उहाँले होटल व्यवसाय मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिनु भयो । कोरोना संक्रमण लगायतका कारणले उत्पन्न पछिल्लो आर्थिक संकटको अवस्थावाट क्रमिक रुपमा सुधारको वाटोमा लैजान व्यवसायमैत्री वातावरणको लागि आफु प्रतिवद्ध रहेको उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रमका विशेष अतिथी वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख वसन्त पाण्डेले ऐन कानुनको दायरामा वसेर मर्यादित र व्यवस्थित तरिकाले व्यवसाय संचालन गर्न पाउने वातावरण वनाउनको लागि आफुले सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाउनु भयो । वडा प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार काम गर्ने संस्था भएको वताउँदै उहाँले जिल्लामा होटल व्यवसायीको समस्याको वारेमा आगामी दिनमा आपसि सरसल्लाहको आधारमा अगाडी वढ्ने वताउनु भयो ।
    होटल व्यवसाय संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्ष इमान्दु बरालले होटल व्यवसायीका समस्या र वर्तमान अवस्थाको वारेमा प्रमुख अतिथी तथा विशेष अतिथीलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जीवलाल सापकोटा, पुर्व अध्यक्ष श्रीराम गिरीलगायतले बोल्नु भएको थियो । होटल व्यवसायी संघ चितवनका महासचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रम उपाध्यक्ष जनक पौडेलले समापन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt