काठमाडौं – सूचना प्रविधिसम्बन्धी विभिन्न काम गर्दै आएको कम्पनी क्रिएटिभ कर्पोरेशनले आफ्नो सेवा प्रयोग गर्न सिफारिस गर्ने हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने योजना ल्याएको छ । इन्टरप्राइज बिजनेश सोलुसन प्रदान गर्दै आइरहेको यस कम्पनीले आईटी कन्सल्टेसनदेखि डिजिटल प्रोसेस अटोमेसनसम्मका काम गर्दै आइरहेको छ । कम्पनीले शिक्षण संस्था, बैंकिङ क्षेत्र, गैरसरकारी संस्था र व्यवसायिक घरानाका लागि प्रडक्ट र सर्भिस प्रदान गर्दै आएको कम्पनीका सीईओ राजेन्द्र ढकालले जानकारी गराउनु भयाे । ‘हामीले चौधरी ग्रुप, सिप्रदीलगायतका व्यवसायिक घरानाका साथै हरेक संस्था र कार्यालयका लागि आवश्यक सूचना प्रविधि सेवा उपलब्ध गराउँदै आएका छौं । एप्लिकेशन डेभलपमेन्ट र मेन्टेनेन्स, वेबसाइट डिजाइन र मेन्टेनेन्स,...
बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गर्ने भएको छ । बागलुङको मूलपानी घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित पुरस्कारबाट लामिछाने पुरस्कृत हुन लागेका हुन् । नगद १० हजार राशिको पुरस्कार यही असार २९ गते २०४ औँ भानुजयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । लामिछानेले नेपाली भाषा र साहित्यको उन्नयनमा पुर्याएको योगदानस्वरुप पुरस्कार दिन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहेका लामिछाने साहित्यिक क्षेत्रमा ‘गोर्खे साइँलो’ नामले परिचित छन्...
दाङ, असार २८— तलुसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका अर्का व्यापारी रणबहादुर घर्तिको शव पनि फेला परेको छ ।हत्यामा संलग्न व्यक्तिहरुको बयानका आधारमा उनको शव शल्यानको छत्रदेविमा फेला परेको हो । हिँजो प्रहरीले हत्यामा संलग्न तीन जनालाई सिमाक्षेत्रबाट पक्राउ गरेको थियो ।पक्राउ परेका पुजा घर्ती, टीकाराम घर्ती, मानबहादुर भण्डारी र भुपेन्द्र भण्डारीले श्रेष्ठको हत्या गरेको अघिल्लो दिन नै रणबहादुरको पनि हत्या गरेको बयान दिएका थिए । उनीहरुले दिएको सोही बयानको आधारमा रणबहादुरको शव फेला परेको हो ।
काठमाडौं । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्रपाको अन्तरविरोध पनि हल भएन, जसले गर्दा संविधान संशोधन प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो । यही अवस्थामा संशोधन विधेयकलाई संसदमा निणयार्थ पेश गर्दा राप्रपाकै केही सांसदले भोट नहाल्ने र फेल हुने अवस्था रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् । मंगलबार साँझ राष्ट्रिय जनता पार्टीका...
बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेसन १२ जुलाई, युएई ।’हाम्रो गौरव हाम्रो सान, बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेशन बरदुबईमा सम्पन्न भएको छ । कार्यक्रममा कृष्ण पाण्डेको सभापतित्वमा तथा स्याङ्जा सहयोग समाजका बरिस्ठ उपाध्यक्ष प्रेम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कायृक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा समाजका सचिब कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गर्दै समाजले स्थापनादेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित, सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी गराएका थिए । समाज स्याङ्जा जिल्लाको बिर्घा गबिसबाट...
काठमाडौं, असार २५ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले राजधानीको लाजिम्पाटस्थित होटेल र्याडिसनबाट उक्त नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०५९/६० देखि सार्वजनिक गर्न थालिएको वार्षिक मौद्रिक नीतिको यो १६ औं श्रृंखला हो । के छ मौद्रिक नीतिमा, हेरौं हाइलाइट्समा मुद्रास्फिीतिलाई ७ प्रतिशतमा कायम राख्ने आर्थिक वर्ष २०७४/७५ का लागि नेपाल सरकारले तय गरेको ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई सहयोग पु¥याउने गरी आवश्यक तरलता व्यवस्थापन गरिने विश्व अर्थतन्त्र, स्थानीय तहको निर्वाचन, नेपाल सरकारको वार्षिक बजेट,...
इतिहासविद प्राध्यापक डा.नारायणप्रसाद संग्रौला लेख्छन्, ‘पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत शत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे । तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे । भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन । सन् १९८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको...
२८ असार, काठमाडौं । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो । यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी जनप्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, संख्या तोकिएको थिएन । मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना सेलाउन नपाउँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खबर...
काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको बताएका छन् । १५ दिनभित्र बिस्तृत योजना बनाउने र २-३ महिनाभित्र परिणाम देखाउने उनले घोषणा गरे । आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले भने, ‘ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भइरहेको छ, १५ दिनभित्र प्लान तयार गरेर २-३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागि प्रक्रिया अगाडि बढेको छ ।’ जाम हटाउने उपायको विषयमा ट्राफिक प्रहरी प्रमुख मिङ्मार लामासँग आइतबार पनि...
आफ्नो नेतृत्व हरेक अमेरिकन नेपालीहरुको पहिलो आफ्नो घर वा सस्था एनआरएन हो भन्ने भावनाको बिकसित गराउ आव्हान गर्दै महिला संयोजक मा उम्मेद्वार दिनु भएको इन्दिरा त्रिपाठी ले अपिल गर्नु भएको विज्ञप्ति ::: नमस्कार !!! सम्पूर्ण अमेरिकामा रहनु भएका NRNNCCUSA का प्रत्याशी अदक्ष्यहरु केशब पौडेल, गौरी जोशि , रबिना थापा , कृष्ण पोख्रेल र राम पोख्रेल ज्यू लगाएत सम्पूर्ण सदस्यहरुलाई, आदरणीय अग्रजहरू, एनआरएन अभियंताहरू, पत्रकार मित्रहरू, कलाकार मित्रहरू, समाजका समाजसेवीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरू लगायत पूर्व मेचि देखी पस्सिम महाकालीकाबाट अमेरिकाको बिभिन्न राज्यमा पाल्नु भयको आमा बुवा दाज़ु भाई दीदी बैनिहरूलाई मेरो न्यानो अभिवादन राख्न चाहन्छु | NRN को “एक...
रत्ननगर/पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाले १६ बार्षिकोत्सवको अबसरमा विशेष कार्यक्रम आयोजना गरि...
भरतपुर/धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) का जिल्ला नेता दिपक ढकालले पार्टी छोडेका छन् । नेकपा (बहुमत) को जिल्ला...
भरतपुर/चितवन रोटरी क्लबले बुधबार भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष विकास थापाको समन्वयमा शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर...
भरतपुर/सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा जारी छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारको उद्योग, वाणिज्य...
भरतपुर/लन्डनको फेल्थाममा नयां वर्ष मनाइएको छ । गत सप्ताहन्त फेल्थाम एसेम्ली हलमा आयोजित कार्यक्रममा झण्डै तीनसय जना सहभागी थिए...