• सिभिल बैकको वार्षिकोत्सवमा रक्तदान

    भरतपुर/सिभिल बैंकले विविध कार्यक्रमको आयोजना गरि आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा सिभिल वैंक नारायणगढ शाखाले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । चितवनमा वढ्दो रगत अभावको समस्या कम गर्ने हेतुले वैकको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको सिभिल वैंक नारायणगढ शाखा प्रमुख विप्लव राउतले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखा र क्षेत्रीय रक्तसंचार केन्द्र भरतपुरको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६ महिला सहित ३२ जनाले रक्तदान गरेको सिभिल वैंक नारायणगढ शाखाका अप्रेसन इन्र्चाज केशव प्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसैगरी सिभिल बैंक केन्द्रिय कार्यालयले वैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य...

  • माओवादी केन्द्रको वडा अध्यक्षमा सुवेदी, वडावासी उत्साहित

    भरतपुर/नेकपा (माओवादी केन्द्र) भरतपुर १३, को वडा कमिटी अध्यक्षमा सुदिप सुवेदी निर्वाचित भएसंगै वडावासी उत्साहित वनेका छन् । विकासप्रेमी युवा नेताको रुपमा परिचित सुवेदी नेकपा माओवादी केन्द्र भरतपुर १३ को वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको मुहार फेरिने अपेक्षासहित वडावासीमा उत्साह छाएको हो । आफु चाहेको भए पार्टीको अझै माथिल्लो पदमा जानसक्ने वताउँदै नवनिर्वाचित वडा अध्यक्ष सुवेदीले आफ्नो वडाको समग्र विकास र समृद्ध वडा निर्माणको लागि आफुले वडा अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘मैले चाहेको भए अझै माथिको पद लिन सक्ने थिए, तर मेरो गाउँ र वडाको विकास मेरो लागि महत्वपुर्ण कुरा हो ।‘ भरतपुर...

  • रोटरी क्लवको रक्तदान

    सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ नारायणी मिड टाउनको आयोजनामा शनिबार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा वढ्दै गएको रगत अभावको समस्यालाई केहि हदसम्म भएपनि समाधान गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका कार्यवाहक अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । रोटरी क्लव अफ नारायणी मिड टाउन, रोट्याक्ट क्लव अफ नारायण मिड टाउन र इन्ट्याक्ट क्लव अफ लिटिल फ्लावरद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेन्ट गभर्नर नारायण प्रधान प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्यक्ष प्रवेश अर्याल लगायतले वोल्नु भएको थियो ।

  • गजलः हुनुपर्छ

    बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।

  • वेमौसमी झरिले २५ सय वढी हेक्टरको धान क्षती

    सन्तोष देवकोटा भरतपुर/यस वर्ष चितवनमा दुई हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलको वर्खेधान क्षति भएको छ । गत असोज २९ देखि कार्तिक २ गतेसम्म आएको वेमौसमी वर्षाको कारण जिल्लामा सो क्षति भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिनएको छ । कृषि ज्ञान केन्द्र चितवनका योजना अधिकृत उमराज अर्यालले भरतपुर महानगरपालिकामा ४१६ दशमलव ६६ हेक्टर, माडी नगरपालिकामा २५० हेक्टर, रत्ननगर नगरपालिकामा ७०१ दशमलव ३३ हेक्टर, खैरखनी नगरपालिकामा ७२८ दशमलव ६ हेक्टर, राप्ति नगरपालिकामा ३०६ दशमलव ५० हेक्टर, कालिका नगरपालिकामा १४८ दशमलव ६३ हेक्टर र इच्छाकामना गाउँपालिकामा ४० हेक्टर गरि कुल २ हजार ५ सय ९१ दशमलव १८ हेक्टर क्षेत्रफलको धान...

  • लोहनीद्धारा गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा

    भरतपुर/सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन जारी छ महाधिवेशन अन्तरगत विभिन्न तहका निर्वाचन हुनेक्रम जारी छ । महाधिवेशन अन्तरगत सफल युवा व्यवसायी सुजन बाबु लोहनीले खुल्ला तर्फवाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा गर्नु भएको छ । लमजुङ जिल्ला प्रदेश सभा (ख) वाट प्रतिनिधित्व गर्ने गरि लोहनीले उमेद्वारी घोषणा गरि प्रचारप्रसारलाई तिव्रता दिनु भएको छ । खुल्ला तर्फबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि पदका उमेद्वार लोहनीलाई बलियो र लोकप्रिय उमेद्वारको रुपमा लिने गरिएको छ । लामो समय देखि पार्टीको काममा क्रियाशिल लोहनीले आगामी निर्वाचनमा आफुलाई अमुल्य मतदान गरि विजयी गराउनु हुन आनुरोध गर्नु भएको छ । चुनाव प्रचारप्रसारको साथै...

  • भरतपुर महानगर प्रमुख रेनु दाहाल र कतारी राजदुतबीच भेटवार्ता, द्विपक्षीय हितको विषयमा छलफल

    भरतपुर/भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलबीच सोमबार शिष्टचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदुत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए । भेटका क्रममा नेपाल र कतारबीच आपसीसम्बन्ध कायम भएसँगै दुई देशबीच दुई पक्षीय सहयोग आदानप्रदान...

  • भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने

    भरतपुर/केन्द्रिय अस्पतालको रुपमा रहेको भरतपुर अस्पताल रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको छ । विभिन्न ९ वटा रोटरी क्लवहरुको सक्रियतामा उक्त स्पाइनल इन्जुरी सेन्टर निर्माण हुने भएको हो । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा सोमबार रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको जग पुजा गरिएको छ । जग पूजा गरेसंगै आगामी दिनमा निर्माण कार्यले तिव्रता पाउने रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनका ६, नवलपरासीका दुई र ललितपुरको एक गरी ८ वटा रोटरी क्लवको संयुक्त पहलमा उक्त रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण हुन लागेको हो । रोटरी स्पाइनल इन्जुरी...

  • पन्तद्धारा क्षेत्रीय सहसचिवमा उमेद्वारी घोषणा

    भरतपुर/नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न तहका निर्वाचन हुनेक्रम जारी छ । महाधिवेशन अन्तरगत भरतपुर १२ निवासी कुष्मा कुमारी पन्तले चितवन क्षेत्र नम्वर २ को क्षेत्रीय सहसचिव पदमा उमेद्वारी घोषणा गर्नु भएको छ । लामो समय देखि पार्टीको काममा क्रियाशिल पन्तले आगामी क्षेत्रीय समितिको निर्वाचनमा आफुलाई अमुल्य मतदान गरि विजयी गराउनु हुन आनुरोध गर्नु भएको छ । चुनाव प्रचारप्रसारको साथै मतदाताको घरदैलो अभियानलाई तीव्रता दिएको जानकारी गराउँदै उमेद्वार पन्तले आफ्नो जित सुनिश्चित भईसकेको दावी गर्नुभयो । आफु भाषण भन्दा काममा विश्वास गर्ने उमेद्वार भएको वताउँदै उहाले आगामी मंसिर ६ गते नारायणी नदीकिनार स्थित उद्योग वाणिज्य संघको परिसरमा हुने...

  • भेरिनिका व्यूटी पार्लर नयाँ व्यवस्थापनमा

    भरतपुर/भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । विगत लामो समयदेखि सौन्दर्य पेशामा रही काम गर्दै आउनु भएकी दिपिका श्रेष्ठ खड्कीले सो पार्लर अत्याधुनिक एवम् सुविधा सम्पन्न तरिकाले नयाँ व्यवस्थापनमा शुभारम्भ गर्नु भएको हो । नारायणगढस्थित मिलन मार्केट, शहीदचोकमा संचालित उक्त पार्लरमा माइक्रो ब्लान्डडिनेड, आई लेसेस एक्सटेन्सन, फेसियल, थैडिङ, हेयरकटिङ, हाइलाइट, कलर, मेनिकेयर पेडिङ, बेहुला बेहुली मेकअप मेहन्दी सम्बन्धि काम गरिने पार्लरकी सञ्चालिका दिपिका श्रेष्ठ खड्कीले बताउनु भयो । उद्घाटनको एक महिनासम्म २ वटा फेसियलमा एउटा फेसियल फ्रि, हेयर केराटिन प्रोटिनमा हाईलाईटस् फ्रि, नेल एक्सटेन्समा नेल आर्ट फ्रि, पेडिक्युरमा मेनिक्युर फ्रि, २ वटा किलिजिङमा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल