• भरतपुर रोटरीको स्थापना दिवस र पदस्थापन कार्यक्रम सम्पन्न

    सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ भरतपुरको १९ औं स्थापना दिवस र १८ औं पदस्थापन कार्यक्रम शुक्रबार भरतपुर स्थित रोयल सेन्चुरीमा सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पिया प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका निवर्तमान अध्यक्ष डा. रेवन्त भट्टराईले वर्ष २०२१/२२ का अध्यक्ष राजेन्द्र कुमार पियालाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । यसैविच केक काटेर क्लवको स्थापना दिवससमेत मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पियाले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनालाई आत्मसाथ गर्दै मानवीय...

  • मुक्तकः यो देशलाई

    बालकृष्ण खनाल भरतपुर, चितवन कहिले महाकालीले, विवादित बनायो यो देशलाई कहिले एमसिसिले, विभाजित बनायो यो देशलाई । राष्ट्रिय मुद्दामा पनि समान धारणा बनाउन नसक्दा विना मतलवमा, आन्दोलित बनायो यो देशलाई ।

  • नवनियुक्त प्रदेश मन्त्री सुवेदीलाई गणेशधाममा स्वागत तथा वधाई

    सन्तोष देवकोटा भरतपुर/वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री विजय सुवेदीलाई भरतपुर ११ स्थित गणेशधाममा बधाई एवं स्वागत गरिएको छ । गणेशधामका संरक्षक एवं परिकल्पनाकार समेत रहनु भएको नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीलाई गणेशधाम संरक्षण संवद्र्धन समितिको आयोजनामा स्वागत एवं सम्मान गरिएको हो । गणेशधाम संरक्षण संवद्र्धन समितिका उपाध्यक्ष वावुराम उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै गणेशधामको संरक्षक प्रदेशको सामाजिक विकास मन्त्री हुनु आम चितवनवासीकै गौरवको कुरा भएको वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीले पद भन्ने कुरा खास अवस्थाको जिम्मेवारी भएको वताउँदै आफु पदमा हुँदा या नहुँदा जुनसुकै अवस्थामा पनि गणेशधामको विकास र...

  • स्पाउस् क्लब अफ आर.सी. चितवनको दर खुवाउने कार्यक्रम सम्पन्न

    भरतपुर/स्पाउस् क्लब अफ आर.सी. चितवनको आयोजनामा नजिकिदै गरेको नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर दर खुवाउने कार्यक्रम सम्पन्न भभएको छ । रोटरी करुणालय तथा थाहा सदावर्त, वृद्धाश्रम, भरतपुर–१, देवघाटमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष कविता चुकेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्पाउस् क्लबका सदस्यहरुले आफैले दर पकाएर रोटरी करुणालयमा आश्रीत वृद्धवृद्धाहरुलाई तिजको दर खुवाइएको थियो । कार्यक्रममा चितवन रोटरी क्लबका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले शुभकामना मन्तव्य र रोटरी करुणालयका अध्यक्ष चन्द्रमान श्रेष्ठले वृद्धाश्रमको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै स्पाउस क्लबका उपाध्यक्ष पार्वती खनालले धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम क्लबका सह–सचिब पार्वती बगाले...

  • चितवन रोटरीद्धारा नारायणी नमुना माविमा ल्यापटप हस्तान्तरण

    भरतपुर/सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले रोटरी क्लव अफ चितवनद्धारा भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयलाई ल्यापटप हस्तान्तरण गरिएको छ । रोटरी क्लब अफ योक्काईची, नर्थ जापानको सहयोगमा र चितवन रोटरी क्लबको संयोजनामा नारायणी नमुना माध्यमिक विद्यालयलाई तीन थान ल्यापटप हस्तान्तरण गरिएको हो । विद्यालयको शिक्षण पद्धतीमा सहायता पु¥याउने उद्धेश्यले एक कार्यक्रम बीच ल्यापटप हस्तान्तरण गरिएको रोटरी क्लव अफ चितवनका निर्वाचित अध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर थापालाई ल्यापटप हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नं–१० का अध्यक्ष अरुण पीडित...

  • मावि गंगानगरलाई कक्षा ११ संचालनको अनुमती

    भरतपुर/भरतपुर १३ स्थित माध्यमिक विद्यालय गंगानगरले कक्षा ११ अध्यापनको अनुमती पाएको छ । भरतपुर महानगरपालिका शिक्षा समितिको बिहीबार सम्पन्न वैठकले माध्यमिक विद्यालय गंगानगरलाई कक्षा ११ संचालनको अनुमति दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप सुवेदीले जानकारी दिनुभयो । कक्षा ११ संचालनको अनुमति पाएसंगै विद्यालयमा होटल म्यानेजमेष्ट सहित नेपाली, अंग्रेजी, गणित, स्वास्थ्य लगायतको विषय पढाई हुने अध्यक्ष सुवेदीले वताउनु भयो । होटल म्यानेजमेन्ट तथा अन्य सम्पुर्ण बिषय पढाउन पाउने सम्बधन पाएपछि सो क्षेत्रका स्थानीयले गाउँमै प्रविधिक शिक्षा पाउने भएका छन् । गाउँमै प्राविधिक सहितको माध्यमिक स्तरीय शिक्षा पाउने भएपछि सो क्षेत्रका विद्यार्थीहरुले अध्यायनको लागि अन्यत्र जानुपर्ने वाध्यता हटेको अध्यक्ष सुवेदीको भनाई...

  • रोटरी क्लव अफ चितवनको आयोजनामा रक्तदान

    भरतपुर/रोटरी क्लव अफ चितवनले कोरोना संक्रमणको कारण जिल्लामा भएको रगत अभाव नियन्त्रण गर्ने अभियान चलाएको छ । मेडिकल सिटीको रुपमा विकसित चितवनमा रगतको अभावले गर्दा कोहि कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन रक्तदान अभियान चलाईएको रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । चितवनमा अन्य छिमेकी जिल्लाका विरामहरु पनि उपचारको लागि आउने र कोरोना संक्रमणको कारण रगतको माग वढेको हुँदा रगत अभावको अवस्था देखिएको छ । संक्रमणको अवस्थामा रगत वढि चाहिने तर रक्तदान कार्यक्रम हुन नसक्दा रगतको अभाव देखिएको रक्तसंचार केन्द्र भरतपुरले जनाएको छ । रगत अभाव देखिएसंगै रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रम संचालन गर्न विभिन्न...

  • महिलाहरुको स्तन तथा पाठेघर क्यान्सर जाँच एवं सचेतना कार्यक्रम

    भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखा तथा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरको संयुक्त आयोजनामा र रोटरी क्लव अफ भरतपुर को सह–आयोजनामा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर जाँच एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर ३, वारहघरे दुर्गा भगवती मन्दीर परिसरमा भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रम नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष एवम् संस्थाका आजिवन सदस्य चन्द्रमित्र पण्डित प्रमुख अतिथी रहनु भएको कार्यक्रममा वि.पि. कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरका उप कार्यकारी निर्देशक डा. कृष्ण सागर...

  • देव आदर्श सहकारीद्धारा उपचारमा सहयोग रकम हस्तान्तरण

    भरतपुर/गीतानगर स्थित देव आदर्श वचत तथा ऋण सहरकारी सस्थाले क्यान्सरको उपचाररत विरामीलाई आर्थिक सहयोग गरेको छ । पुर्वी चितवन खैरहनी स्थित चैनपुर–२, ज्यामिरे घर भएका बर्ष ३४ का गौतम अधिकारीको उपचारमा सहयोगका लागि संकलन गरिएको ५ हजार ५ सय रुपैया हस्तान्तरण गरिएको हो । देव आदर्श वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ध्रुवराज मिश्रले सहकारीको पहलमा संकलन भएको रकम एक कार्यक्रमका विच विरामीको आफन्तलाई हस्तान्तरण गर्नु भएको हो । सहकारीको संचालक समिति, सल्लाहकार, कर्मचारी र साधारण सदस्यवाट उक्त रकम संकलन गरिएको हो । अधिकारी एक बर्ष अघि देखि पेटको पित्तथैलीको क्यान्सर पीडित भै काठमाडौंमा उपचार गराउनु भएको थियो ।...

  • मौरीजोन समन्वय समितिको साधारणसभा

    भरतपुर/चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन सञ्चालन समन्वय समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले राम प्रसाद पौडेलको संयोकत्वमा ९ सदस्यिय मौरी जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । नवगठित समितीको सहसंयोजकमा विकास नेपाल क्षेत्री, सचिवमा सरिता भट्टराई श्रेष्ठ, सहसचिवमा दिनेश चेपाङ्ग, सदस्यहरुमा एरोन मोक्तान, मनु गुरुङ्ग, कान्छीमाया तामाङ्ग, अशोक कुमार जिम्बा, पान बहादुर तामाङ्ग रहनु भएको छ । मौरीपालन विकास कार्यक्रम, भण्डारामा आयोजीत कार्यक्रम समितिका संयोजक धारामराज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे प्रमुख अतिथी रहनु भएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत विनोद कुमार...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल