• चेपाङ वस्तीमा खाद्यान्न सहयोग

      भरतपुर/अष्ट्रियामा बस्दै आएकी माया लामा मुलरले राप्ती ११ र १२ का चेपाङ वस्तीमा खाद्यान्न सहयोग गरेकी छन् । ३ सय घरधुरीलाई एक–एक बोरा चामल सहयोग गरेकी छन् । करिब २० वर्षदेखि अष्ट्रियामा बस्दै आएकी मायाले जन्मदिन, वैवाहिक कार्यक्रम लगायतका उत्सवमा खाना बेचेर बचत भएको केही रकम सामाजिक काममा लगाउँदै आएकी छन् । तिहार मनाउन नेपाल आएकी माया खाद्यान्न सहयोग गर्न श्रीमान एल्मर मुलरसँगै चेपाङ वस्ती पुगेकी थिइन् । लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ चितवन ढाकाटोपी र हेल्प डेस्क खैरहनीले सहकार्य गरेका थिए । “६ महिना अनिकाल भोग्नुपर्ने सुनेपछि चेपाङ वस्तीमा सहयोग गर्न आएका हौं“, मायाले भनिन्,...

    • होटल संघको स्थापना दिवसमा रक्तदान र दीप प्रज्वलन

      भरतपुर/होटल व्यवसायी संघ चितवनले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । संघको २६ औं स्थापना दिवसको अवसरमा मंगलबार विहान लायन्सचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने साँझ संघको कार्यालय आँपटारीमा दीप प्रज्वलन गरिएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले कोरोनाको कारण होटल व्यवसाय प्रभावित भएको र यसको प्रवद्र्धनको लागि व्यवसायीक एकता आवश्यक रहेको वताउनु भयो । पर्यटन विकास र आर्थिक समृद्धिको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण रहेको वताउँदै प्रमुख अतिथी चुकेले...

    • रोटरी क्लवको रक्तदान सम्पन्न

      भरतपुर/रोटरी क्लब अफ भरतपुर र नारायणगढ बसपार्क टोल विकास समितिको संयुक्त आयोजनामा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पिया र नारायणगढ वसपार्क टोल विकास समिति एवं बस व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रम गोविन्द प्रसाद पौडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा ६ जना महिलासहित ५४ जनाले रक्तदान गरेको रोटरी क्लव अफ भरतपुरका फेलोसिफ चियर एवं रक्तदान कार्यक्रम संयोजक बद्रीनाथ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रम संयोजक पोखरेलले रक्तदान गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ रिजन २९ नेपाल भुटानका डिष्ट्रिक एसिस्टेण्ड गभर्नर शरदगोपाल न्याच्छौं,...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको शुभकामना आदानप्रदान एवं डायरी विमोचन

      सन्तोष देवकोटा भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको आयोजनामा शनिबार भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभदिपावली, छटलगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । सो अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनद्धारा प्रकाशन गरिएको डायरीसमेत विमोचन गरिएको थियो । कार्यक्रममा विमाचन गरिएको डायरी प्रकाशनको सम्पुर्ण खर्च होटल व्यवसायी महासंघका सल्लाहकार एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सल्लाहकार संयोजक दुर्गाप्रसाद गौतमले व्यहोर्नु भएको सो अवसरमा जानकारी गराईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले आर्थिक समृद्धिको लागि पर्यटन प्रवद्र्धन आवश्यक रहेको वताउनु भयो...

    • देवनगर दुग्ध उत्पादन सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/श्री देवनगर दुग्ध उत्पादक सहकारी सस्था लि.भरतपुर ६ को आयोजनामा शुक्रबार भरतपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुल एक करोड ७८ लाख रुपैयाँको लागतमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर इनोभेसन विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौडाको ५० प्रतिशत, लक्ष्मि वैंकवाट ३० प्रतिशत ऋण सहयोग र २० प्रतिशत सस्थाको लगानीमा सम्पन्न हुन गइरहेको आयोजनाले किसानको दुधलाई प्रशोधन, विविधिकरण एवं बजारीकरण गर्नको लागि सार्वजनिक सुनुवाई गरिएको हो । देवनगर दुग्ध उत्पादक सहकारी सस्था लि. का अध्यक्ष रत्नमणि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर ६ का वडा अध्यक्ष हरिविलास कोइराला प्रमुख अतिथी रहनु भएको थियो...

    • महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धि सचेतना कार्यक्रम

      सन्तोष देवकोटा भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा बुधबार नारायणगढमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बालकुमारी कलेज, नारायणगढमा कक्ष ११ र १२ मा अध्ययनरत छात्राहरुलाई सहभागी गराई सो कार्यक्रम गरिएको हो । नेपाल अर्वुद रोग निवारण संस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बालकुमारी कलेज, नारायणगढका क्याम्पस प्रमुख जगदिश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो भने नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपमहासचिव बद्रिनाथ पोखरेल, नेपाल अर्वुद रोग निवारण संस्थाका यसस्कर सदस्य बावुराम अधिकारी विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बालकुमारी कलेज प्लस टु संयोजक...

    • होटल संघको इकाई भेला तथा अन्तरक्रिया

      भरतपुर/होटल व्यवसायी संघ चितवन अन्तरगत सम्पुर्ण इकाई भेला तथा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम बुधवार भरतपुरमा सम्पन्न भएको छ । संघका सचिवालय सदस्य एवं सम्पुर्ण इकाईका संयोजक कृष्ण कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रमा संघका निवर्तमान अध्यक्ष शर्मिला न्यौपाने, पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक कमल शर्मा गौतम, उपाध्यक्ष केशव हडखोले, लोकनाथ भट्ट (कृष्ण), महासचिव गोपाल श्रेष्ठ, कोषाध्यक्ष जनक पौडेल, सहकोषाध्यक्ष ऋषिकेश अर्याल, माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठ, मेघौली इकाई अध्यक्ष रामकुमार महतो, शिवघाट इकाई अध्यक्ष डोल बहादुर गुरुङ, भरतपुर इकाई अध्यक्ष राजेन्द्र वोगटीलगायतले वोल्नु भएको थियो...

    • मुक्तकः पानी पानी

      बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।

    • किरण अमरजंग गुरुङ माविमा नयाँ विद्यार्थीहरुको आकर्षण

      भरतपुर/पश्चिम चितवन स्थित भरतपुर महानगर पालिका वडा नं १९ मा किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयमा पछिल्लो समय नयाँ विद्यार्थीहरुको भर्नाका लागि रोजाइको आकर्षण वनेको छ । बसाई स्थानान्तरणका कारणले होस वा सस्थागत विद्यालयवाट सरकारी विद्यालयमा भर्ना हुनका लागि किन नहोस् विद्यार्थीको प्राथमिकतामा उक्त विद्यालय परेको छ । विद्यालयको व्यवस्थापकीय परिवर्तनका कारणले गर्दा विद्यार्थी र अभिभावकहरुको रुचिमा विद्यालय परेको स्थानीय अभिभावकहरु वताउँछन् । नयाँ विद्यार्थीहरुलाइ आकर्षणका लागि विद्यालयले निरन्तर रुपमा प्रभावकारी शिक्षण सिकाईका योजनावद्ध कार्यक्रमहरु ल्याइएको विद्यालयका प्रधानाध्यापक विनोद कुमार अधिकारी वताउनु भयो । विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरुलाइ निशुल्क पोशाक वितरण कार्य लाई समेत निरन्तरता दिईदै आएको जनाइएको छ...

    • मानव अधिकार र स्वतन्त्रताको माग गर्दै प्रदर्शन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा आइतबार भरतपुर स्थित चौविसकोठीमा प्रदर्शन गरेको छ । रास्ट्रसंघ स्थापना दिवसमा अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणको लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाइ आग्रह गर्दै आधाघण्टा प्रदर्शन गरिएको मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति सम्भु राउतले जानकारी दिनुभयो । शाखा उप–सभापति बिन्दु खनालको सभापतित्वमा सम्पन्न प्रदर्शन कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पुर्ण चन्द्र चापागाईं, खेम राज अधिकारी, रितु न्यौपाने, तारा पौडेल, रबिन खतिवडालगायतको उपस्थिती रहेको थियो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल