• होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको स्थापना दिवस मनाईयो

    भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो स्थापना दिवस शनिबार मनाईएको छ । एक औपचारिक समारोहको आयोजना गरि मनाईएको कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष चुकेले होटल व्यवसायले पर्यटन विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । पर्यटन प्रवद्र्धन विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै उहाले व्यवसायीक सफलताको लागि व्यवसायीहरुका विचमा एकता अनिवार्य रहेको वताउनु भयो । होटल व्यवसाय र व्यवसायीलाई राज्यले हेर्ने दृटिकोण परिवर्तन हुनु आवश्यक रहेको वताउँदै उहाले होटललाई पनि उद्योग सरहको मान्यता दिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशेष अतिथी...

  • समाजसेवी पौडेल र अग्रवालद्धारा आर्थिक एवं खाद्यान्न सहयोग

    भरतपुर/नेपाली काँग्रेस चितवन क्षेत्र नं. २ क प्रदेश सभापति टंकनाथ पौडेलले बुधबार एक कार्यक्रमका विच गुम्वालाई आर्थिक सहयोग गर्नु भएको छ । भरतपुर स्थित मैयादेवी कन्या कलेजका अध्यक्ष समेत रहनु भएका समाजसेवी पौडेलले भरतपुर २९ भोर्ले स्थित चन्द्रसुर्य वौद्ध गुम्वालाई २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो । विगतमा गरिएको सहयोगको प्रतिवद्धता अनुसार आर्थिक सहयोग हस्तान्तरण गरेको जानकारी दिँदै पौडेलले आवश्यकताको आधारमा अझै पनि सहयोग गर्न तयार रहेको वताउनु भयो । सरकारी क्षेत्रको सहयोग विना भोर्लेका स्थानीयले नमुना गाउँ निर्माणको लागि वाटो र गुम्वा लगायतका संरचना निर्माण गरिरहेको स्थानीय समाजसेवी सुर्यबहादुर गुरुङले जानकारी दिनुभयो । यसैविच सोहि...

  • भरतपुर हाईटमा ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा

    भरतपुर/भरतपुर वीरेन्द्र क्याम्पस गेट अगाडि अत्याधुनिक सुविधा सम्पन्न ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । रेष्ट्रोमा थकाली, नेवारी परम्परागत परिकार, स्वदेशी तथा विदेशी कफि, लगायत सबै प्रकारका स्वादका विशेष परिकार उपलब्ध छन् । यूवा व्यवसायी मन्दीप मान श्रेष्ठ, हेमन्त श्रेष्ठ, जयन्द्र कर्मचार्य, सरोज तिवारीको संयूक्त प्रयासमा ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको हो । रेष्ट्रोमा आउने ग्राहकलाई अर्गानिक अनुभव दिनका लागि इन्डोर गार्डेन डेकोरेशन गरिने सञ्चालक मन्दीप मान श्रेष्ठले बताउनुभयो । यहाँ जन्मदिन मनाउन, बैठक तथा अन्य प्रयोजनका लागि बुकिङ् गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

  • मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा आचार्य

    काठमाडौं/अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन । शनिबार काठमाडौँमा सम्पन्न मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यम बहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन् । यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन...

  • मेघौलीमा आयोजित खाद्य स्वच्छता तालिम सकियो

    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा मेघौलीमा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सम्पन्न भएको छ । होटल व्यवसायी संघ चितवन अन्तरगत मेघौली इकाईको सक्रियतामा सम्पन्न कार्यक्रमको समापन समारोहमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । तालिमको समापन कार्यक्रममा वोल्ने प्रमुख अतिथी श्रेष्ठले खाद्य स्वच्छता विना पर्यटन प्रवद्र्धन असम्भव रहेको वताउनु भयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै उहाले यस्तो खालको तालिम अन्य क्षेत्रका होटल व्यवसायीहरुलाई पनि जरुरी रहेको वताउनु भयो । पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको होटल व्यवसायमा खाद्य स्वच्छता नभएसम्म पर्यटन प्रवद्र्धनको कल्पना गर्न...

  • होटल संघ चितवनद्धारा प्रहरी प्रमुखलाई स्वागत

    भरतपुर/होटल व्यवसायी संघ चितवनले बिहीबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरेको छ । हालै जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भई आउनु भएका कार्यलय प्रमुख अधिकारीलाई संघको कार्यालयमा स्वागत एवं छलफल गरिएको हो । कार्यक्रममा वोल्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले व्यवसायीका समस्याको वारेमा जानकारी गराउँदै प्रहरी उपरिक्षक अधिकारीलाई स्वागत गरिएको थियो । सो स्वागत एवं छलफल कार्यक्रममा वोल्दै प्रहरी उपरिक्षक अधिकारीले जुनसुकै व्यवसायी पनि समाज र राज्यप्रति जवाफदेहि हुनु पर्नेमा जोड दिनु भएको । होटल व्यवसाय मुलुकको समृद्धिको लागि महत्वपुर्ण मानिएको पर्यटन क्षेत्रसंग प्रत्यक्ष जोडिएको व्यवसाय भएको हुँदा आर्थिक समृद्धिमा समेत होटल व्यवसायीको...

  • हंस सहकारीको अन्तरक्रिया र वनभोज कार्यक्रम

    भरतपुर/हंस वहुउदेश्यीय सहकारी सस्था चितनवनको आयोजनामा सोमबार गोलाघाटमा अन्तरक्रिया एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । सहकारीका शिक्षा समितिका संयोजक वावुराम देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउनु भयो । सहरकारीले न्युन आय भएका मानिसलाई वचत गर्ने वानीको विकास गरि उद्यमी वनाउन सहयोग पु¥याएको वताउनु भयो । सहकारीका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चुकेले सहकारीले छिट्टै मेघौलीमा सेवाकेन्द्र स्थापना गरि सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष वावुराम अधिकारी, संचालक समिति सदस्य सडानन्द लामिछाने, महिला उपसमिति...

  • होटल व्यवसायीलाई एक दिने अभिमुखिकरण

    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ कार्यालयले चितवनका होटल व्यवसायीलाई एक दिने अभिमुखिकरण तालिम दिएको हो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य एन र नियमावली, खाद्य स्वच्छता कायम गर्न होटल व्यवसायीले पालना गर्नुपर्ने कुराहरु र स्वच्छताको आधारमा होटल स्तरीकरण गर्ने निर्देशिका २०७५ को वारेमा जानकारी गराउनु भएको थियो । होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित होटल जमघटमा आयोजना गरिएको...

  • होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा कँडेल

    भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपक पौडेल, यज्ञ कार्की, अमित अधिकारी, सुदेश सिवाकोटी, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा राजन श्रेष्ठ, सहकोषाध्यक्षमा गंगा पराजुली, सदस्यहरुमा निरवहादुर गुरुङ, विनोद पौडेल, चन्द्रवहादुर राना, विशाल डल्लाकोटी, सुरेश पौडेल, दानवहादुर आले, मिस्ताखाण पोख्रेल र विष्णु अधिकारी रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले राज्यले होटल व्यवसायीलाई विभेद गरेको वताउनु भयो । राज्यले ठुला (स्टार) र साना होटललाई हेर्ने दृष्टिकोण फरक हुने गरेको...

  • ईक्यान चितवनको प्रशिक्षक प्रशिक्षण एवं अन्तरक्रिया सम्पन्न

    भरतपुर/नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको आयोजनामा प्रशिक्षक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ईक्यान चितवनको वार्षिक कार्यक्रम तालिका अनुसार उक्त कार्यक्रम भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न गरिएको हो । हन्स ग्रुपको सहकार्यमा आयोजित उक्त कार्यक्रममा चितवनमा संचालित शैक्षिक परामर्शदाता सस्थामा जापानीज भाषा पढाउने शिक्षकहरुको सहभागिता रहेको थियो । करिव ६० जना जापानीज भाषाका शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा हन्स ग्रुपका महेश श्रेष्ठ, रामहरी दवाडीलगायतले प्रशिक्षण दिनु भएको ईक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले जानकारी दिनुभयो । कार्यक्रममा जापानीज भाषा प्रशिक्षण विधि, जापनका शैक्षिक सस्थाहरुको अवस्था र जेसट भाषा परीक्षाको वारेमा प्रशिक्षण दिईएको ईक्यान चितवनका परीक्षा संयोजक दिपकचन्द्र भट्टराईले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल