• खनाल समाजको बधाई तथा शुभकामना

      भरतपुर/खनाल सेवा समाज केन्द्रिय समितिको आयोजनामा सोमबार बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । खनाल सेवा केन्द्रिय समितिका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सो कार्यक्रममा राजेश्वर खनाल, कपिल बाबू खनाल, अर्जुन खनाल, प्रा.डा नारायणप्रसाद खनाल, जगदीश्वर खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्त्री खनालले आफ्नो खनाल वंशमा आँच आउने तथा नकारात्मक सन्देश जाने खालका कुनै पनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष वामदेव खनालले उपस्थित सबैलाई आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । कार्यक्रम संस्थाका सचिव...

    • यातायात व्यवसायीद्धारा प्रदेशमन्त्री खनाल सम्मानित

      भरतपुर/चितवन स्थित सम्पुर्ण यातायात व्यवसायीहरुको तर्फवाट सोमवार भरतपुरमा वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाललाई सम्मान एवं वधाई ज्ञापन गरिएको छ । चितवन छाहारी यातायात प्रालीद्धारा आयोजित उक्त कार्यक्रममा यातायात व्यवसायीहरुले आफ्ना समस्याको वारेमा मन्त्री खनाललाई जानकारी गराएका थिए । चितवन छाहारी यातायात प्रालीका अध्यक्ष बद्रीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रदेश सामाजिक विकास मन्त्री खनालले कोरोना संक्रमण र लकडाउनको कारण यातायात क्षेत्र अत्याधिक समस्यामा परेको वताउनु भयो । यातायात व्यवसायीको समस्याप्रति आफु जानकार रहेको वताउँदै उहाले नीति निर्माणको तहवाट व्यवसायीका समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमा वोल्दै यातायात व्यवसायी राष्ट्रिय...

    • स्वास्थ्य राज्यमन्त्रीसंग होटल व्यवसायीको अन्तरक्रिया

      भरतपुर/होटल व्यवसायी महासंघका पदाधिकारी एवं सल्लाहकारको उपस्थितीमा चितवन जिल्ला स्थित होटल व्यवसायीहरुले राज्यमन्त्री उमेश श्रेष्ठसंग अन्तरक्रिया गरेका छन् । जिल्लामा क्रियाशिल होटल व्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा आवद्ध होटल व्यवसायीहरुले मन्त्रीसंग आफ्ना समस्या राखेका छन् । कार्यक्रममा होटल ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, महासंघका सल्लाहकार रामप्रसाद सुवेदी, होटल ब्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, उपाध्यक्ष लोकनाथ भट्ट, सचिब राम बहादुर गुरुङ, सह– कोषाध्यक्ष ऋषिकेश अर्याल, सचिवालय सदस्यहरु राजु श्रेष्ठ, कृष्ण महतो, होटल तथा रेष्टुरेण्ट व्यवसायी ब्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष दीपक ढकाल, अध्यक्ष ज्योती प्रसाद कंडेल, सचिब सुरेन्द्र केसीलगायतको सहभागिता...

    • गजलः हेर्नुस्

      बालकृष्ण खनाल भरतपुर, चितवन मख्ख नपर्नुस् छिमेकीको कुनै सहयोगमा उसको दाउमा हेर्नुस् बदलामा सिमाना काँहाँ छ मिचिएको बोर्डर छेउ छाउमा हेर्नुस् । मझधारमा हुनुहुन्छ सिंगै देश बोकेर हिँडनु भएको छ काँधमा दाँयाँवाँयाँ नजर लाउने छुट छैन मात्र आफू सवार नाउमा हेर्नुस् । महंगीले आकाश छोएको छ ठगिएका छन् किसान र ग्राहकहरू जानुस् पहिला विचौलिया र साहुले तोक्ने बजार भाउमा हेर्नुस् । तपाईंले केही कुरा पनि सोध्नै पर्दैन आफ्ना सल्लाहकारहरू सँग आँफैले उठाउने हरेक कदम, टेक्ने धर्ती अनि आफ्नै पाउमा हेर्नुस् । देश दुखेको हेर्न कहिँ टाढा जानू पर्दैन प्लेन र हेलिकप्टरहरूमा रगतमा लतपतिएका सहिदका सपना र घाइतेका घाउमा हेर्नुस्...

    • मुक्तकः स्वतन्त्र

      बालकृष्ण खनाल भरतपुर, चितवन शकुनि र दूर्याेधनको वैशाखीमा धुन्धुकारी हिने अरे पहिल्यै देखि बैना लगाको घरको भाउ नि छिने अरे । सुने, खुल्ला भाछ विज्ञापन नि खाली कोठा भर्नलाई छिट्टै गए मन परेको कोठाहरू छानी छानी दिने अरे ।

    • अब यातायातको ९९ प्रतिशत काम चितवनबाटै

      भरतपुर/यातायात कार्यालयवाट हने करिव ९९ प्रतिशत काम चितवनवाटै हुने भएको छ । यातायात कार्यालयसंग सम्वन्धित कामले गर्दा विरगञ्ज, काठमाण्डौं लगायतका अन्य ठाउँमा धाउनुपर्ने चितवनवासीको अधिकांश समस्या समाधान भएको हो । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेसंगै चितवनवासीले राहत पाएका हुन । यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी नेतृत्वको यातायात व्यवसायीहरुको टोलीले नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मि शाक्य र भौतिक पुर्वाधारमन्त्री केशवराज पाण्डेलाई भेटेर वधाई एवं शुभकामना समेत व्यक्त गरेको थियो । भेटकै क्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष चितवन निवासी रामप्रसाद सुवेदीले चितवनवासीको समस्याको वारेमा जानकारी...

    • छिपछिपे खानेपानी परियोजनाको सम्झौता सम्पन्न

      भरतपुर/रोटरी क्लब अफ नारायणगढले छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिकाको सहकार्यमा छिपछिपेमा खानेपानी परियोजना सञ्चालन गर्ने भएको छ । सोही क्रममा शुक्रबार एक कार्यक्रम बीच नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालको सभापतित्वमा देवघाट गाउँपालिकाको कार्यालयमा भेला भई रोटरी क्लब अफ नारायणगढ, छिपछिपे खानेपानी उपभोक्ता समिति, वाटर सेन्टर र देवघाट गाउँपालिका बिच चौपक्षीय सम्झौता सम्पन्न गरेको नारायणगढका रोटरी क्लबका सचिव दिलीप तामाङले जानाकारी गराए । परियोजना सम्झौतामा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, वडा नं ५ का अध्यक्ष यलबहादुर गुरुङ, उपभोक्ता समितिका अध्यक्ष र नारायणगढ रोटरी क्लबका अध्यक्ष अरुणकुमार खनालले हस्ताक्षर गरेका हुन् । यस खानेपानी परियोजनाबाट छिपछिपेका...

    • महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङ बिच सम्झौता

      काठमाण्डौं/महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जासेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङप्रा. लि.सँग शुक्रवार सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङप्रा. लि.बाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुकासाथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि.का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

    • गजलः अछाम एक संझनामा

      बालकृष्ण खनाल भरतपुर, चितवन फूलोटको उकालोमा भेटिएकि गोरी बाजुराकी मैयाँ हौ कि अछामकी छोरी ? चट्ट परि कता हो नि पल्लो गाउँ कि घट्ट पिठ्युँमा नि भारी रैछ कोदो हो कि तोरी ? बाटो काट्न सजी हुन्थ्यो यसो बोल्न पाए मिल्छ भने दुई चार वात मारम न त मोरी । मेरैलाई हो ठानुँ भने बोली वचन भाको छैन कस्का लागि हिँडेकी हौ छड्के कपाल कोरी । नागवेली चाल तिम्रो मन्द मुस्कान ओठले फर्कि फर्कि हेर्दै मैयाँ लग्गौ नि मन चोरी । कहिले त एकै भेट नि काफी हुन्छ मायाँ बस्न नपत्याए तिम्रो तस्बिर हेर मेरो दिल यो फोरी ।

    • कालिका नगरपालिकामा आर्दशको सम्पर्क समिती विस्तार

      भरतपुर/महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई ससक्त बनाउन आर्दश नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिती तथा शाखा विस्तार कार्य सोमबारवाट शुरु गरेको छ । न्यायमुलक र हिंसा रहित समाजको अभियानलाई गाउं र वडा स्तरमा फैलाउंदै कालिका नगरपालिकामा सोमबार सम्पर्क समिति गठन गरियो । अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल रहनुभएको छ । यसैगरि सदस्यहरुमा सपना गिरी, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहनुभएको छ । समितीको पहिलो बैठकबाट चेपाङं र दलित समुदायबाट १/१ जना मनोनित गरिने संयोजक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल