• शमिपुर माविको पढाईले उत्कृष्ठ नतीजा

      भरतपुर/कालिका नगरपालिका स्थित शमिपुर माध्यमिक विद्यालयमा अध्यायन गरेका विद्यार्थीहरुले राष्ट्रिय परीक्षा वोर्डले लिएको २०७९ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा प्राप्त गरेका छन् । परिक्षा फर्म कालिका–७ मा रहेको पृथ्वि माबिवाट भरे पनि २१ जना विद्यार्थीले शमिपुर माविमा पढेर एसईई परीक्षमा सहभागि भएका थिए । शमिपुर माविमा अध्यायन गरि भरेको हो । शमिपुर माविमा अध्यायन गरि एसईईमा सहभागि भएका विद्यार्थीहरु मध्ये १ जनाले ३.६ देखि ४ जीपीए, ४ जनाले ३.२ देखि ३.६ जीपीए, ४ जनाले २.८ देखि ३.२ जीपीए, ४ जनाले २.४ देखि २.८ जीपीए, ७ जनाले २.० देखि २.४ जीपीए र १ जनाले १.६ देखि २.० जीपीए ल्याएको विद्यालयका...

    • लायन्स क्लव अफ चितवन गोल्डेनको पद हस्तान्तरण

      भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ चितवन गोल्डेनको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर स्थित धावन पार्टी प्यालेसमा भएको कार्यक्रममा लायन्स क्लव अफ चितवन गोल्डेनका वर्ष २०२२÷२३ का अध्यक्ष विनोद हमालले वर्ष २०२३÷२४ का लागि नवनिर्वाचित अध्यक्ष रमेश पौडेललाई पद हस्तान्तरण गर्नु भएको हो । क्लवको नवनिर्वाचित प्रथम उपाध्यक्षमा सुवाष सुवेदी, सचिवमा विष्णु ढकाल, कोषाध्यक्षमा कृष्ण भण्डारी चयन हुनु भएको छ । उक्त नवौं पदहस्तान्तरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजु पौडेल प्रमुख अतिथी रहनु भएको थियो भने पुर्व अध्यक्ष जितेन्द्र कुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो ।

    • चितवनमा नम्बरी सुनको च्यारिटी सो

      सन्तोष देवकोटा भरतपुर/नेपाली कथानक चलचित्र नम्बरी सुनको आइतबार साँझ चितवन स्थित जलमा हलमा च्यारिटी सो (विशेष प्रदर्शन) गरिएको छ । विश्वकर्मा सेवा समिति चितवन र सुनचाँदी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा भएको च्यारिटी सो मा ५ सय भन्दा वढि दर्शकहरुको सहभागिता रहेको विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले जानकारी दिनुभयो । सो अवसरमा कलाकार राजाराम पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रम सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष उत्सव खातीको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा व्यवसायीहरु निलेलमान शाक्य, विकास वर्मा, राजु वराली, रविन्द्र पन्थि, तारा रसाईली, रुपा वराली, रितु सेन्चुरी, शान्ता थापा विक, ज्ञानेन्द्र वराली, विनोद विक, रवि वराली लगायतको...

    • रोट्याक्ट क्लव अफ चितवनको अध्यक्षमा प्रभा गुरुङ

      सन्तोष देवकोटा भरतपुर/रोट्याक्ट क्लब अफ चितवनको प्रथम साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना गरिएको उक्त साधारण सभाबाट वर्ष २०२३÷२४ को लागि प्रभा गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । क्लब स्थापनाको ३० औँ वर्षका अध्यक्ष प्रभा गुरुङले वर्ष २०२३–२४ को लागि वार्षिक कार्ययोजना, बजेट तथा विभिन्न समितीहरुको निर्माण गरि साधारण सभामा पेश गर्नु भएको र सर्वसम्मत रुपमा पास गरिएको छ । रोटर्याक्ट क्लबले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस वर्ष पनि स्वास्थ, शिक्षा, समुदायको आर्थिक वृद्धि, रोग रोकथाम र उपचार, व्यावसायिक विकास लगायतका अन्य क्षेत्रहरूमा...

    • दक्षिणकाली पर्यटन सहकारीले धान दिवस मनायो

      सन्तोष देवकोटा भरतपुर/जिल्लाकै एक मात्र पर्यटन सहकारीको रुपमा स्थापित दक्षिणकली पर्यटन सहकारी संस्था लि.ले भरतपुर ६ ले देवनगरमा धान रोपेर २० औं राष्ट्रिय धान दिवस मनाएको छ । सहकारीले शुक्रबार स्थानीय प्रकाश श्रेष्ठको खेतमा विविध कार्यक्रम सहित धान दिवस मनाएको हो । सहकारीका अध्यक्ष अशोक न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरण्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । सहकारिका सल्लाहकार संयोजक ध्रुवराज मिश्र, दक्षिणकाली मध्यवर्ती सामुदाियक वन उपभोक्ता समितिका अध्यक्ष बाबुराम न्यौपाने, देवनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रत्नमणि न्यौपाने, सहकारीका शेयर सदस्य नेपाली सेनाका पुर्व कर्णेल कृष्णहरि ढकाल, निर्माण व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष...

    • चितवन रोटरी क्लवको अध्यक्षमा चन्द्रेश्वर भट्टराई

      सन्तोष देवकोटा भरतपुर/चितवनकै सवैभन्दा पुरानो रोटरी क्लवको रुपमा स्थापित रोटरी क्लव अफ चितवनको शुक्रबार सम्पन्न भेलाले चन्द्रेश्वर भट्टराईलाई अध्यक्षमा चयन गरेको छ । रोटरी क्लव अफ चितवनको भेलाले चन्द्रेश्वोर भट्टराईलाई रोटरी वर्ष सन् २०२३÷२०२४ कार्यकालको लागि अध्यक्ष चयन गरेको हो । रोटरी क्लव चितवनका बर्ष २०२२–२३ का अध्यक्ष दिपक प्रधानको अध्यक्षतमा भएको भेलाले बर्ष २०२३–२४ का लगि १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । क्लबका निर्वाचित अध्यक्षमा भानु शर्मा, मनोनीत अध्यक्षमा डा. कृष्ण प्रसद पौडेल, प्रथम उपाध्यक्षमा रामचन्द्र अधिकारी, द्वितीय उपाध्यक्षमा गेहेन्द्र मान श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजन पिया, सचिवमा कपिलबाबु खनाल, सहसचिवमा जनक कुमार ढकाल, कोषाध्यक्षमा लक्ष्मण अर्याल,...

    • महानगर साहित्य दर्पण सार्वजनिक तथा कवि रानाको एकल कविता बाचन

      भरतपुर/भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार महानगर साहित्य दर्पण–२ सावर्जनिक तथा युवा कवि नरेन्द्र कुमार रानाको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रमको सह आयोजक साहित्य संगम चितवन रहेको थियो । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा युवा कवि एवम् भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले एक दर्जन कविता बाचन गर्नुभएको थियो । सोहि कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मीले संयुक्त रुपमा महानगर सहित्य दर्पण २ पनि सार्वजनिक गर्नुभएको थियो । भाषा, संस्कृति र...

    • ग्राफिकको सुनको सिक्का स्पन्दन यतायात सेवा प्रा.लि. लाई

      चितवन/भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले सञ्चालन गरेको सुनको सिक्का अफरको प्रथम बिजेता पुरस्कार स्पन्दन यातायात सेवा प्रा.लि. ले प्राप्त गरेको छ । प्रालिका सञ्चालक गोविन्द तिवारीले उक्त पुरस्कार प्राप्त गर्नुभएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमका विच ग्राफिक मार्गको अफिससियल फेसबुक पेज मार्फत लाईभ प्रसारणद्वारा प्रथम, द्वितीय र तृतीय गरी ३ वटा कम्पनीहरुलाई सुनको सिक्का अफरको बिजेता घोषणा गरिएको हो । क्रमसः स्पन्दन यातायात सेवा प्रा.लि. प्रथम, माँ पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. द्वितीय र ग्लोबल मल्टी ट्रेडिङ प्रा.लि. तृतीय भएको कम्पनीका प्रबन्ध निर्देशक जनक खड्काले बताउनुभयो । छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल ग्राफिक मार्ग...

    • भरतपुरको पर्यटन प्रवद्र्धन गर्न पर्यटन व्यवसायी चुकेको नेतृत्वमा समिति गठन

      भरतपुर/भरतपुरका विभिन्न धार्मिक, सास्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने सवालमा वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सक्रियता देखाउनु भएको छ । मन्त्री जोशीले बिहीबार भरतपुरमा सरोकारवालाहरुको बैठक वोलाएर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई समेत सहयोग गर्ने उद्देश्यले बिस हजार ताल, राइनो ताल, धनगढा मन्दिर, गणेशधाम, तिनखोले गुम्बा, जलदेवी सामुदायिक वन, वागेश्वरी मन्दिर, गौं संरक्षण केन्द्र, प्राकृतिक चिकित्सालय र देवघाटधामलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नको लागि उक्त कार्यक्रममा समिति समेत गठन गरिएको छ । भरतपुर ११ स्थित गणेशधाममा आयोजीत उक्त भेला एवं छलफलले पर्यटन व्यवसायी दिनेश कुमार चुकेको संयोजकत्वमा पर्यटन प्रवद्र्धन...

    • हंसका सदस्यलाई कृषि सम्बन्धि क्षमता र सीप विकास तालिम

      भरतपुर/चितवन जिल्लामा आफ्ना सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरिरहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाको संयुक्त आयोजनामा कृषि सम्बन्धी क्षमता तथा सीप विकास तालिम कार्यक्रम सोमबार विजयानागरमा शुरु भएको छ । तीन दिने तालिमको उद्देश्य सहकारी संस्थाका सदस्यहरूलाई कृषिको क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपहरू प्रदान गर्ने रहेको छ । हंस बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नं १६ का वडाध्यक्ष अमृतराज हमालको प्रमुख अतिथ्यतामा तालिम कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले भने, “प्रशिक्षणले हंसका सदस्यहरूलाई कृषि चुनौतीहरू पार गर्न...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल