• सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम सकियो

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ चितवनद्धारा आयोजित सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम मंगलबार सकिएको छ । होटल व्यवसायीलाई औपचारिक कार्यक्रम संचालनसहित वोल्ने कला सिकाउने उदेश्यले तालिम आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक राजकुमार (राजु) श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको तालिम समापन कार्यक्रममा कार्यक्रम संयोजक राजु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । होटल व्यसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष इमान्दु वराल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वरालले...

    • सुनचाँदी साकोसको वार्षिकोत्सवमा सहयोग हस्तान्तरण

      भरतपुर/भरतपुर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को ९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सहकारीको वार्षिकोत्सवको अवसरमा भरतपुर १२ स्थित सानोघरलाई २१ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । सहकारीका अध्यक्ष बाबुराम रामदामको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग रकम वरावरको चेक सानोघरकी अध्यक्ष एवं संचालिका विमला श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । सचिव टुलक वि.कले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका उपाध्यक्ष रुविन रामुदामुले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै युवा व्यवसायी तथा सहकारीका उपाध्यक्ष रामुदामुले अवसरवाट वन्चित वालिकाहरुलाई पालनपोषण र संरक्षण गर्नु...

    • उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को प्रथम साधारणसभा सम्पन्न

      भरतपुर/स्थापनाको एक वर्ष पूरा भएको अवसर पारेर भरतपुरस्थित होटल जमघटमा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को प्रथम साधारणसभा सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न प्रथम वार्षिक साधारणसभामा प्रा.लि.को अनलाइन संस्करण उज्यालो टाईम्स डटकमका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै वर्षभरी गरिएका कार्यक्रमहरु र आगामि वर्षका लागि तय भएका कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । साधारणसभाको अवसरमा होटल व्यवसायी संघ–चितवनका उपाध्यक्ष एवम् होटल जमघटका प्रबन्ध निर्देशक कृष्ण भट्ट, उज्यालो टाईम्स डटकमका निर्देशकहरु अनिलकुमार श्रेष्ठ, पुष्पराज श्रेष्ठ, हरि बहादुर भुजेल, कपिलसागर कर्माचार्य, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक, मिष्टर एण्ड मिस इन्सप्रेसन...

    • अन्तराष्ट्रिय प्रदर्शनी हजारौले अवलोकन गरे

      भरतपुर/चितवनमा जारी चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन हजारौंले अवलोकन गरेका छन् । शनिबार कृषकहरुसँगै, कृषि अध्ययनरत विद्यार्थीहरु प्रदर्शनीको अवलोकन गरेका थिए । सहभागीहरुले प्रदर्शनीमा रहेका कृषि सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु बारे परामर्श लिएका छन् । शनिबार सबै स्टलहरुमा परामर्श लिने कृषकहरुको घुँईचो लागेको थियो । प्रदर्शनी देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएको उनले जानकारी दिए ।...

    • चुरे संरक्षणको लागि सहकार्य आवश्यक

      सन्तोष देवकोटा सौराहा/कमलो र कान्छो पहाडको रुपमा लिइने चुरे क्षेत्रको संरक्षणको लागि सरोकारवालाहरु विचको सहकार्य आवश्यक रहेको शुक्रबार सौराहामा आयोजित अन्तरक्रिया गोष्ठिका वत्ताहरुले वताएका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ को समिक्षा तथा परिमार्जन सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया गोष्ठिमा वोल्ने वत्ताहरुले विकास र वातावरण परिपुरक भएको वताउँदै चुरे संरक्षणको लागि तीन तहका सरकार र अन्य सरोकारवालाहरु विचको सहकार्यले मात्र देखिने गरि उपलब्धि हासिल गर्न सकिने वताएका छन् । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव डा. महेश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल...

    • नारायणी बहुप्राविधिक शिक्षालयमा नयाँ प्रमुखद्धारा पदभार ग्रहण

      सन्तोष देवकोटा भरतपुर/प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) नारायणी बहुप्राविधिक शिक्षालयमा हालै मात्र सरुवा भई आउनु भएका नयाँ शिक्षालय प्रमुख सरिता रेग्मीले शुक्रबार आफ्नो पदभार ग्रहण गर्नु भएको छ । सिटिईभिटीको केन्द्रिय कार्यालय अन्तरगत तालिम शाखामा कार्यरत भरतपुर २६ निवासी रेग्मीले शिक्षालय प्रमुखको पदभार ग्रहण गर्दै गुणस्तरीय प्रविधिक शिक्षामा विशेष जोड दिने वताउनु भयो । शिक्षालयमा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुले नवनियुक्त शिक्षालय प्रमुख रेग्मीलाई स्वागत गरेको थिए । शिक्षालयमा कार्यरत केहि कर्मचारीको विरोधका वावजुद नवनियुक्त शिक्षालय प्रमुख रेग्मीले आफ्नो पदभार ग्रहण गर्नु भएको हो । पुरानो शिक्षालय प्रमुखलाई सिटिइभिटिले अन्यत्र...

    • होटल व्यवसायी संघ चितवनको व्यक्तित्व विकास एवं उद्घोषण तालिम सुरु

      सन्तोष देवकोटा भरतपुर/होटल व्यवसायी संघ–चितवनको आयोजनामा मंगलबार देखि सात दिने व्यक्तित्व विकास एवं उद्घोषण तालिम सुरु भएको छ । जिल्ला स्थित होटल व्यवसायीहरुको क्षमता एवं व्यक्तित्व विकास गरि औपचारिक कार्यक्रम संचालनको साथै उद्घोषण कला सिकाउने उदेश्यले तालिम आयोजना गरिएको होटल व्यवसायी संघ चितवनका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो । तालिममा संचारकर्मी मनोज पन्तले सहजिकरण गर्नु भएको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहन् भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले पछिल्लो समय व्यक्तित्व विकास र उद्घोषण...

    • फेरि रत्ननगर महोत्सवको तयारी, कोरोना संक्रमणको जोखिम टरेकै हो र ?

      भरतपुर/कोरोना संक्रमणको जखिम वढ्दै गए पछि चितवनमा आयोजित विभिन्न मेला महोत्सव स्थगित भएका थिए । कोरोना संक्रमण वावजुद चितवन महोत्सव उद्घाटन भयो भने पुर्वी चितवनमा आयोजना भएको रत्ननगर महोत्सव उद्घाटन नै हुन पाएन । जिल्ला प्रशासन कार्याल चितवनले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत पुस अन्तिम साता मेला महोत्सव बन्द गराएको थियो । ओमिक्रोन नामक कोरोना भाइरसको पछिल्लो भेरियन्ट फैलिन चितवन महोत्सवले पनि थप मद्धत गरेको भन्ने आरोप लागिरहेको अवस्थामा फेरि रत्ननगर महोत्सवको तयारी थालिएको छ । अहिले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै छ । कोरोना संक्रमणकालकै अवस्थामा पुनः रत्ननगर महोत्सवको तयारी थालिनुलाई चासोको रुपमा हेरिएको छ । कोरोना...

    • शिक्षालय प्रमुखको सरुवाप्रति कर्मचारी संघ इकाई समितिको आपत्ति

      सन्तोष देवकोटा भरतपुर/प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) नारायणी बहुप्राविधिक शिक्षालय कर्मचारी संघ इकाईले शिक्षालय प्रमुखको सरुवा प्रति आपत्ति जनाएको छ । इकाई समितिका अध्यक्ष सुरेन्द्र पुडासैनीले आइतवार एक विज्ञप्ति जारी गरि सिटिइभिटी अन्तरगतको आंगिक शिक्षालय नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर चितवनका कार्यालय प्रमुख ईश्वर चन्द्र घिमिरेलाई परिषद् कार्यालयले अप्रत्यासित रुपमा नियम विपरित सरुवा गरेको भन्दै आपत्ति जनाउनु भएको हो । सामान्यतय दुई वर्ष कार्यकाल पुरा नभई कर्मचारी सरुवा गर्न नपाईने परिषद् कर्मचारी सेवा शर्त सम्बन्धी विनियमको वर्खिलाप हुने गरि कार्यालय प्रमुखको सरुवा गरिएको वताउँदै विज्ञप्तीमा सरुवाको निर्णय तत्काल बदर गर्न आग्रह गरिएको छ । निर्णय बदर नभए चरणवद्ध...

    • जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन

      भरतपुर/२७ औ जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) भरतपुर माहानगरपालिका वडा समिति १३ को आयोजनामा उज्वल चोकमा दीप प्रज्वलन कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रममा नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य एबम चितवन जिल्ला संयोजक एम बहादुर परियार(इन्द्रजीत)ले दीप प्रज्वलन गरि उद्घाटन गर्नु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र भरतपुर वडा नं. १३ का वडा समिति अध्यक्ष सुदिप सुबेदीले माओबादी जनयुद्धको बलमा प्राप्त उपलब्धिको चर्चा गर्दै आजको ऐतिहसिकताको बारेमा बताउनुभएको थियो । सचिव टंक बस्तोलाले संचालन गर्नु भएको कार्यक्रममा जिल्ला सल्लाहाकार, माहानगर समिति सदस्यहरु बिभिन्न जनबर्गीय संगठनका सदस्यहरु साथै स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल