• झण्डै ६ महिना पछि भरतपुरमा नियमित उडान सुरु

      भरतपुर/कोरोना संक्रमणको कारण निकै लामो समय देखि वन्द अवस्थामा रहेको भरतपुर विमानस्थलमा नियमित उडान सुरु भएको छ । गत चैत्र ११ गतेदेखि वन्द भएको नियमित व्यवसायीक उडान झण्डै ६ महिना पछि सोमबारवाट सुरु भएको हो । भरतपुरमा सोमबार यती एयर र वुद्ध एयरले अडान सुरु गरेका हुन । सोमबार दुबै एयरलाईन्सले दुई/दुई वटा उडान भरेका छन् । ६ महिना पछिको पहिलो दिन भएकाले दुवै एयर लाईन्सले चालक दलमा दुबै जना क्याप्टेन राखेर जहाज उडान सुरु गरेका हुन । लकडाउन अघि दैनिक पाँच वटा वुद्धले र ३ वटा यतीले उडान भर्दै आएका थिए । दुबै एयरलाईन्सले एउटा उडान पोखरा र...

    • वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट संचालित वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्ली राज शर्मा विशेष अतिथी रहनु भएको थियो । कार्यक्रमा वोल्दै विशेष अतिथी शर्माले वालकुमारी कलेजमा एम.वि.ए. ईन फाइनान्सीयल म्यानेजमेन्ट कार्यक्रम स्वीकृतिको अन्तिम चरणमा रहेको वताउनु भयो । साथै शर्माले कलेजले गुणस्तरीय शिक्षा र अनुसन्धानको क्षेत्रमा गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्नुभयो । यसैगरी विशेष अतिथी शर्माले कलेजले प्रगति हासिल गर्दै गएमा भविश्यमा बालकुमारी कलेज स्वायत्त विश्व विद्यालयको रुपमा स्थापित हुने सम्भावना रहेको वताउँदै शुभकामना व्यक्त गर्नुभयो । बालकुमारी कलेज संचालक समितिका अध्यक्ष जगन्नाथ...

    • मलमास, के गर्ने के नगर्ने ?

      काठमाण्डौं/असार १ गतेबाट मलमास सुरु भएको छ । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउनुहुन्छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन,...

    • साधारणसभाको तयारी गर्न सहकारी विभागको निर्देशन

      काठमाडौं/सहकारी विभागले सहकारीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन गरेको छ । उक्त निर्देशन संगै सहकारी संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको छ । बिहीबार सहकारी विभागले एक सूचना जारी गर्दै समयमै साधारणसभा गर्ने गरि तयारी थाल्न भएको छ । विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ । सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य...

    • असोज ५ गतेवाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

      काठमाडौं/सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक जिल्लावाट अर्को जिल्लामा जान पाउने गरि लामो दुरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो । चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

    • पाण्डेलाई स्वागत, तिवारीको विदाई

      भरतपुर/भरतपुर अस्पतालमा आइतबार स्वागत तथा विदाई कार्यक्रम संगै सम्पन्न भएको छ । अस्पताल परिषरमा अस्पतालका नव नियुक्त मेडिकल सुपरिटेण्डेन्टको स्वागत एवं निवर्तमान मेडिकल सुपरिटेण्डेन्टको विदाई गरेको हो । भरतपुर अस्पतालले आइतबार ४१ औ मेसु डा. राजन पाण्डेलाई स्वागत गरिएको हो भने ४० औ मेसु डा. श्रीराम तिवारीलाई बिदाई गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष डा. भोजराज अधिकारी सहित पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    • दियालो परिवारको आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

      भरतपुर/खगेरी खोलाको व्यवस्थापन, विकास सम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा दियालो परिवार नारायणगढ र केयर नेपालको साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । खगेरी खोला उप–जलाधार संरक्षण समितिका पदाधिकारी, कार्यसमिति सदस्यहरुलाई खगेरी खोलाको व्यवस्थापन, विकास सम्बन्धि क्षमता अभिवृद्धि गराउन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम दियालो परिवार नारायणगढका पुर्ग अध्यक्ष एवं सल्लाहकार सुरेश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साझेदारी कार्यक्रममा खगेरी खोला उप–जलाधार संरक्षण समितिले नदी किनार संरक्षण, रिचार्ज पोखरी, वृक्षारोपण, जलवायु परिवर्तन सम्बन्धि सचेतनामुलक कार्यक्रम लगायतका सचेतनामुलक कार्यक्रम गर्दै आएको दियालो परिवार नारायणगढका कार्यवाहक...

    • पुर्व विद्यार्थी समाज खैरहनी माबिको रक्तदान सम्पन्न

      भरतपुर/पुर्व विद्यार्थी समाज खैरहनी माबिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरसको बढदो संक्रमण सगै चितवनमा केही हप्ता यता रगतको अभावलाई मध्यनजर गरेर रक्तदान गरिएको आयोजक संस्थाले जनाएको छ । पुर्व विद्यार्थी समाज खैरहनीका अध्यक्ष एवं अधिवक्ता कमलराज पाठको अध्यक्षता सम्पन्न कार्यक्रममा खैरहनी माध्यमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष एवं समाजसेवी नबराज डल्लाकोटी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौला, जिल्ला रक्तसञ्चार केन्द्रका प्रतिनिधि, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवानेता स्वरुप सुयाल, स्थानीय युवा समाजसेवी अशोक ढकाल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम कोरोना महामारीको बखत पर्याप्त सामाजिक...

    • हंस सहकारीद्धारा खाद्यान्न सहयोग

      भरतपुर/नारायणगढ स्थित हंस बहुउदेश्यीय सहकारी संस्था लि.ले शुक्रबार एक कार्यक्रमका विच खाद्यान्न सहयोग गरेको छ । नारायणगढ तथा आसपासका क्षेत्रमा कोभिड १९ का कारण दैनिक खानाको समस्यामा परेका व्यक्तिहरुलाई नारायणी नदी किनारमा खाना खुवाउदै आएको संस्था वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो । केन्द्रको सामाजिक कार्यलाई सहयोग पु¥याउने उदेश्यले हंस बहुउदेश्यीय सहकारी संस्था लि. को तर्फबाट ५ वोरा चामल र २१ पोका नुन वेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्द्र, चितवनकी संयोजक सिता कुँवरलाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हंस बहुउदेश्यीय सहकारी संस्था लि.का लेखा समिति सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल, सहकारीका व्यवस्थापक...

    • चार दिनपछि इच्छाकामनाको ताला खुल्यो

      २०७७ भाद्र १७ मुग्लिन/तीन बुँदे सहमति पछि इच्छाकामना गाउँपालिका कार्यालयमा लगाईएको ताला खुलेको छ । वडा कार्यालयको केन्द्र विवादका कारण असन्तुष्ठ पक्षले गाउँपालिकामा लगाएको ताला चार दिन पछि बुधबार खुलेको हो । असन्तुष्ठ पक्षसहित गाउँपालिकामा बुधबार भएको सर्वपक्षीय भेलामा तीन वुँदे सहमति भएपछि ताला खुलेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । सर्वपक्षीय भेलामा वडा नं. ३ को केन्द्र विवाद टुङ्गयाउन १ महिना भित्र गाउँपालिकाको विशेष अधिवेशन बोलाउने, उक्त अधिवेशनमा वडा नं. ३ को केन्द्र तोक्नको लागि फिस्लिङ र चुम्लिङटार दुवै स्थानको प्रस्ताव पेश गर्ने र स्थायी वडा केन्द्र नतोकेसम्म हाललाई वडा कार्यालय अस्थायी रुपमा फिस्लिङबाटै सञ्चालन...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल