• मुक्तकः मुटु र प्रेम

    बालकृष्ण खनाल भरतपुर ८, चितवन जब मुटु भित्र धड्कनमा, कसैको बास हुन्छ चाहिँदैन कुनै दिवस, हरक्षण त्यसै खास हुन्छ । त्यहीँ हुन्छ प्रेमको इजहार र गुलाफ साटासाट जाहाँ दुई आत्माहरूले फेर्ने, एउटै सास हुन्छ ।

  • मुक्तकः बेरोजगार

    बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

  • मुक्तकः लेण्डुपको डमी

    वालकृष्ण खनाल छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ । विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

  • गजलः कोरोना

    विन्दु देवकोटा घिमिरे पालुङ्टार ४, गोरखा कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो । एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो । दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो । खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो । भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

  • मुक्तक

    बालकृष्ण खनाल सायद आज आकाशले पनि धर्तीको आँसु रोईरहेछ भिजेका कयौँ परेलीहरूको पीडा पालैपालो धोईरहेछ खोई को सुरक्षित को असुरक्षित छ याँहाँ ? कसरी भन्ने थाहै नहुने भो , यो कोरोनाले काँहाँ कसलाई छोईरहेछ

  • मुक्तक

    बालकृष्ण खनाल बर्षाैँ देखि नरसाएको, मूल रसाएको कहिल्यै नवसाउने, पलाँस वसाएको । यो जिवनमा तिम्रो, आगमनले नै हो मलाई यसरी दिल, खोलेर हँसाएको ।

  • तुलसी क्षेत्रीको “रोधीं घर“ बजारमा

    भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “रोधीं घर आइरहने बनायो“ जि.सी. इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सर्बत्र बजारमा आएको छ । सबै खाले गीतमा उत्तिकै न्याय गरेर गाउने सुमधुर स्वरकी धनी तुलसी क्षेत्रीलाई गायनमा लोकप्रिय गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्री र संगीत प्रदीप त्रिपाठीको रहेको छ । यस गीतको दृश्याकंन ससुराली रोधीं घर, न्यूरोड, पोखरामा गरिएको हो । गीतको मुख्य कलाकारको भूमिकामा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयम् रहेका छन् । अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । साथीभाइहरुको सँगतले रोधी घर पुगेका प्रदीपलाई रोधी...

  • ‘जाम हिँड धनगढी’ सार्वजनिक

    कलाकार चेतबहादुर सिंह “राजा” अभिनित “जाम हिँड धनगढी“ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाज रहेको छ । बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गरिएको हो । बिमल चौतारी युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायक क्षत्रीकै शब्द, तथा संगीत रहेको छ भने संगीत संयोजन जीवन बडुले गरेका हुन् ।...

  • कार्की र भट्टको पहिलो माया वजारमा आउने

    भरतपुर/वहुचर्चित गायक विनय कार्की र नवगायिका उषा भट्टको आवाजमा रहेको गित पहिलो माया छिट्टै वजारमा आउने भएको छ । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा थप योगदान गर्ने उदेश्यले दर्शक एवं स्रोताको आवश्यकतालाई मध्यनजर गरि गित वजारमा ल्याउन खोजेको गायिका भट्टले जानकारी दिनु भयो । उक्त गित यहि माघ महिनाको अन्तिम सम्म बजारमा ल्याउने गरि तयारी भइरहेको वताउँदै उहाले म्युजिक भिडियो छायांकनको काम तीव्र पारिएको जानकारी दिनु भयो । सरद पाण्डेको शब्द अनि बिनय कार्कीको संगीत संयोजन रहेको उक्त गितले आम दर्शक एवं स्रोताको मन जित्न सफल हुने भट्टको दावी रहेको छ । गित सार्वजनिकको तयारी भईरहेको छ । गायक...

  • गायिका मञ्जु माइत जान्छु भन्दा बुढा झर्किए पछी (भिडियो सहित)

     अनिल खत्री        गुल्मी असार २५ । तिज पर्वमा गाइने गितहरुमा मौलीकता हराइरहेका बेला गायिक मञ्जु र रामप्रसाद खनालले मौलिकताले भरिएको तिजगित सर्बजनिक गरेका छन् । हिन्दु नारीहरुको महान पर्व तिज आउँन झण्डै दुई महिना बाँकी रहदा कलाकारलाई भने तिज पर्वले लागी सकेको छ ।    कलाकारहरुलाई तिजका गित गाउँन र गितको म्युजिक भिडियो तयार गर्न व्यस्त रहनाले उनिहरुलाई तिज पर्वले लागेको हो । यसवर्षको तिज पर्वलाई मध्यनजर राखेर गायक रामप्रसाद खनाल र मञ्जु पौडेलले गित गितमा मौलिकताको सन्देस  दिने गरि ‘मेरा बुढा झर्के’ बोलको तिज सार्बजनिक गरेका छन् । तिज पर्वमा गाइने मौलिकताले भरिएको उक्त गित पश्चिम क्षेत्र अन्र्तगत...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल