• गजलः हुँदैन

      बालकृण खनाल भरतपुर, चितवन मेरो दिन हुँदैन, मेरो रात हुँदैन जब तिमीसँग, कुनै बात हुँदैन । म उदास हुन्छु, म उजाड हुन्छु वृक्षमा जस्तै, कुनै पात हुँदैन । मेरो सफलताको अर्थ हुन्न केहि जसमा तिम्रो कहिँ कुनै हात हुँदैन । नपाएसम्म सुन्न सञ्चो विसञ्चो के छ खुशिमा पनि, म मा कुनै मात हुँदैन । मान या नमान, त्यो तिम्रै हो जिम्मा नसंझी खाको एक छाक भात हुँदैन ।

    • स्वतन्त्र गितः निक्कै बेरै

      बालकृष्ण खनाल याद आँउँदा तिम्रो अचेल, भक्कानिन्छु धेरै ।।। सम्झि सम्झि मन बुझाउन, लाग्छ निक्कै बेरै ।। सम्झाई सम्झाई बुझाएका जिन्दगीका पाटोहरू मेरै लागि देखाएका जिउने असल बाटोहरू ।। पल पलमा याद आँउँछन् मलाई जति खेरै ।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।। भएपनि हाम्ले टेक्ने अलग आँगन कर्साहरू ।। नदेखियोस मन फाटेको कहिँ कतै धर्साहरू ।। सँगै हुन नपाउने यो कर्म दोषी मेरै ।।।।।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।

    • स्व.पुर्व स्वास्थ्य सहायक मन्त्री विद्यादेवीको संझना

      हरिदत्त देवकोटा पालुङ्टार ३, गोरखा (हाल चितवन) थियौं नि विद्या साहसी तिमी, कर्ममा रमायौ त्यो गाउँघरमा उज्यालो ल्यायौ, सुन्दर बनायौ । त्यो तिम्रो काम देखेर आज, मानिस मोहित छ धन्य हुन् विद्या भनेर आज, गुणगान वढ्दै छ । जन्मियौ हर्मी उदायौ तिमी, कार्यमा रमायौ यो जन्मथलो उज्यालो पार्न, सूमार्ग समायौ । कहिले खोला कहिले जंगल, जहाँसुकै हिँडेर आपसमा खेल्यौ रमाई तिमी, गाउँघरमा मिलेर । पीडित थियो गाउँघर पहिले, पानीको अभावले काकाकुल बन्दै धाउँथे पर, उदासी मनले । यो दुःख संझि त्यो मन रोयो, बिलबन गरायो ढाँडखोलाबाट पानी नै ल्याई, सवैलाई पिलायौ । निरक्षर थिए जनता गाउँका, चेतना थिएन प्रौढ...

    • मुक्तकः आभाष हुन्छ

      बालकृष्ण खनाल भरतपुर, चितवन उनको छोटो साथ पनि, जीवनभरको आभाष हुन्छ एउटा सुन्दर जिन्दगीको, धरोहरको आभाष हुन्छ । शितल शितल समीर सँगै, मखमली माँयाँ पाउँदा छेउमै छु उभिएको, मानसरोवरको आभाष हुन्छ ।

    • मुक्तकः बाहाना

      बालकृष्ण खनाल भरतपुर, चितवन कहिले काहीँ याद, जिउने बाहाना बन्छ कहिले काहीँ याद, पिउने बाहाना बन्छ । रिसैले हेरेको भएनि, उनको एक नजरले फाटेको मुटु मेरो, सिउने बाहाना बन्छ ।

    • मुक्तकः ट्रक साम्राज्य

        बालकृष्ण खनाल भरतपुर, चितवन सडकमा ट्रकको साम्राज्य तोडिएर बस कहिलेसम्म गुड्ने होला बन्द रहेका यि एयरपोर्टहरू खुलेर प्लेन कहिलेसम्म उड्ने होला । मुक्ति पाउने छाँट देखिएन कोरोनाको कहरबाट यो जगतले अव छानीछानी यसरी हामीलाई निलेर प्राण कहिलेसम्म चुड्ने होला ।

    • मुक्तकः मुटु र प्रेम

      बालकृष्ण खनाल भरतपुर ८, चितवन जब मुटु भित्र धड्कनमा, कसैको बास हुन्छ चाहिँदैन कुनै दिवस, हरक्षण त्यसै खास हुन्छ । त्यहीँ हुन्छ प्रेमको इजहार र गुलाफ साटासाट जाहाँ दुई आत्माहरूले फेर्ने, एउटै सास हुन्छ ।

    • मुक्तकः बेरोजगार

      बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

    • मुक्तकः लेण्डुपको डमी

      वालकृष्ण खनाल छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ । विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

    • गजलः कोरोना

      विन्दु देवकोटा घिमिरे पालुङ्टार ४, गोरखा कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो । एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो । दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो । खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो । भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल