• स्व. उमा कुमारी खत्री स्मति प्रतिष्ठान स्थापना

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ मा स्व. उमा कुमारी खत्री स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । एक करोड रुपैयाँवाट उक्त प्रतिष्ठान स्थापना गरिएको हो । वि.सं. २०१० सालमा जन्मिएर २०३२ सालमा लम्जुङवाट हाल भरतपुर १२ आस्थाटोल निवासी उमा कुमारी खत्रीको यहि पुस १४ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । स्व. उमा कुमारी खत्रीको स्मृतिमा परिवारजनले उक्त प्रतिष्ठान स्थापना गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतवार एक औपचारिक कार्यक्रमका विच व्यानर अनावरण गरि प्रतिस्ठानको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले दिवंगत आमाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिष्ठानले समाजमा रहेका दुखी, उत्पीडनमा परेका र...

    • होटल व्यवसायी महासंघको नवौँ साधारणसभा भैरहवामा

      भैरहवा/होटल व्यवसायी महासंघ नेपालको नवौँ वार्षिक साधारणसभा भैरहवामा सुरु भएको छ । महासंघका अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शाहले होटल व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्न २० बुँदे माग सहितको प्रतिवेदन पेश गर्दै ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आलेले महासंघको मागहरु सम्बोधन गर्दै होटल व्यवसायीहरुको समस्याको समाधानको लागि आफू निरन्तर लाग्ने र व्यवसायीहरुका समस्यालाई समाधानको लागि ७ जनाको व्यवसायी प्रतिनिधिहरु लिएर आउन र छलफल गरी समस्याको समाधान गर्न तत्पर रहेको बताउँनु भयो । साथै मन्त्री आलेले...

    • चितवन महोत्सवको पुर्वसन्ध्यामा साइकल र्याली

      भरतपुर/१३ औ संस्करणको चितवन महोत्सव २०७८ को पूर्व सन्ध्यामा उद्योग बाणिज्य संघ चितवन, साइकल व्यावसायि संघ चितवन– नबलपुर र चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजनामा शनिबार बृहत साइकल ¥याली संपन्न भएको छ । उद्योग बाणिज्य संघ चितवन परिसरवाट बिहान शुरू भएको साइकल ¥याली हरिहर मार्ग, मेनरोड, पोखरा बसपार्क, दियालो बंगला, बाइपास रोड हुदै हाकिम चोक, चौबीसकोठी, शहीद चोक वाट बेलचोक, बाहृघरे, पुलचोक, शाहिदचोक, मिलनरोड, हुँदै उद्योग बाणिज्य संघमा आएर समापन भएको साइकल र्यालीमा ज्ञद्धण् जनाको सहागीता रहेको थियो । चितवन महोत्सव मुल आयोजक समितिका खुलकुद संयोजक विकास थापाको संयोजनमा भएको उक्त कार्यक्रमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एबम् महोत्सव...

    • भरतपुर १५ द्वारा स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल बितरण

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नंम्वर १५ ले स्वास्थ्य सेवा सहजताको लागि साईकल वितरण गरेको छ । वडा कार्यालयले वडामा कार्यरत १६ जना स्वयं सेवीकाहरुलाई साइकल वितरण गरिएको हो । वडा कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साईकल हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष शम्भुबहादुर भण्डारी, वडा सदस्य बीरबहादुर लामा, फूलबारी स्वास्थ्य चौकीकी प्रमूख सुनीता ढकाल, वडा कार्यालयका सचिव जनक पाठकले महिला स्वास्थ्य स्वयमंसेविकाहरुलाई साइकलको चाबी हस्तान्तरण गर्नुभएको थियो । वितरण गरिएको साईकलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रदान गर्ने स्वास्थ्य सेवा थप छिटो, छरितो र प्रभावकारी हुने वडा अध्यष भण्डारीले वताउनु भयो ।

    • विमानस्थल प्रशासनको ध्यान सुरक्षा जोखिम न्यूनिकरणमा

      सन्तोष देवकोटा भरतपुर/भरतपुर विमानस्थलमा सरसफाई र सुरक्षा जोखिम न्यूनिकरणको कामलाई तिव्रता दिइएको छ । विस्तारको तयारीमा रहेको भरतपुर विमानसस्थलमा नयाँ कार्यालय प्रमुख आएसंगै सम्भावित क्षति न्यूनिकरण गर्न सुरक्षा जोखिमको पाटोमा कामले तिव्रता पाएको हो । भरतपुर विमानस्थल प्रमुख परवेज आलाम सिद्धिकले आफु आएपछि मुख्यगरि विमानस्थालमा हुनसक्ने जोखिम न्यूनिकरणको क्षेत्रमा ध्यान दिएको वताउनु भयो । विमानस्थलको लागि सवैभन्दा ठुलो चुनौती भनेकै हवाई सुरक्षा भएको वताउँदै सिद्धिकले हवाई सुरक्षा जोखिम न्यूनिकरणको लागि वाइल्डलाईफ हाजाड कन्ट्रोल एण्ड म्यानेजमेन्टमा ध्यान दिनुपर्ने वताउनु भयो । आवश्यक सरसफाईको अभावमा विमानस्थलको रनवेमा स्याल लगायतका जनावरहरुले विमान उडान र अवतरणमा समस्या उत्पन्न गर्ने गरेको पाए पछि आगामी...

    • आदर्श सहकारीको कार्यसमितिले पुर्णता पायो

      भरतपुर/भरतपुर १० दूरसंचारमार्ग स्थित आदर्श बचत तथा ऋण सहकारी सस्थाका नवनिर्वाचित कार्यसमतिले पुर्णता पाएसंगै पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सहकारीको २४ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनवाट निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण संगै पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले भानुभक्त कँडेलको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो । कार्यक्रममा वोल्दै नवनिर्वाचित अध्यक्ष कँडेलले आगामी दिनमा सहकारीले उत्पादन मुलक क्षेत्रमा जोड दिने वताउँदै सदस्यहरुलाई स्वारोजगार वनाउने तर्फ ध्यान दिने वतउनु भयो । नवगठित समितिको उपाध्यक्षमा पवित्रा के.सी., सचिवमा शारदा...

    • नारायणी पब्लिक स्कुलमा जनचेतना कार्यक्रम

      भरतपुर/भरतपुर ११ स्थित नारायणी इ पब्लिक स्कुलले समय सापेक्ष अनुसार आएको परिवर्तनमा बालबालिकालाइ मौसम अनुसार कसरि ख्याल गर्ने भन्ने बारेमा स्वास्थ जनचेतना कार्यक्रम संचालन गरेको छ । भरतपुर अस्पतालका बरिष्ठ बालरोग, नवजात शिशु तथा अति सघन उपचार विशेषज्ञ डा ओमकृष्ण पाठक मुख्य बक्ता रहेको उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्राचार्य बेदराज न्युपानेले गर्नु भएको थियो । कार्यक्रममा बिद्यालय संचालन समिति सदस्य अनिता खनाल, +२ कार्यक्रम संयोजक जनकराज घिमिरे, बिद्यालय ब्यबस्थापन सदस्य भवानी अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो । डा पाठकले मुलत जाडोमा बालबालिकामा देखिने समस्या, त्यसका कारण तथा बच्ने उपायको बारेमा अविभावक हरुलाई जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा करिब...

    • सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनले सौराहाका होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरणको प्रमाणपत्र वितरण गरेको छ । खाद्य स्वच्छताको आधारमा स्तरीकरण गरिएका होटल तथा रेष्टुरेन्टहरुलाई सौराहामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराको साथ खाद्यय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का अध्यक्ष वलराम दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले होटल तथा रेष्टुरेन्टको खाना र खाजाले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा खाद्य...

    • होटल व्यवसायी संघ चितवनको साधारणसभा सम्पन्न

      भरतपुर/होटल व्यवसायी संघ चितवनको २६ औं साधारणसभा सोमबार नारायणगढमा सम्पन्न भएको छ । संघका अध्यक्ष दिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमा वोल्दै प्रमुख अतिथी चुकेले होटल व्यवसायलाई मर्यादित पेशाको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिनुभयो । कोरोना संक्रमणका कारण होटल व्यवसाय सवैभन्दा वढि प्रभावित भएको वताउँदै चुकेले होटल तथा रेष्टुरेन्टहरुको प्रवद्र्धनका लागि राज्यले प्याकेज ल्याउनु पर्नेमा जोड दिनुभयो । होटल व्यवसायलाई राज्यले प्राथमिकता नदिएको वताउँदै चुकेले पर्यटन प्रवद्र्धनमा होटल व्यवसायको महत्वपुर्ण...

    • बहुउद्देश्यीय सहकारी संघको साधारणसभा सम्पन्न

      भरतपुर/चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं साधारणसभामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष भक्तिराम अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । सहकारी विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै प्रमुख अतिथी अधिकारीले सहकारीले सदस्यहरुलाई आर्थिक उपार्जनमा सहभागि गराउन सहयोगी भुमिका खेल्नुपर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै संघका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी नाफामुखी भन्दा पनि सदस्यहरुको हित र संरक्षणमा केन्द्रित हुनुपर्ने वताउनु भयो । सदस्यहरुलाई उत्पादनमा जोड्न सकेमात्र सहकारीको सार्थकता झल्किने वताउँदै उहाँले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको बताउनुभयो । जिल्लामा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल