• चितवन रोटरीद्धारा चितवन मानवसेवा आश्रममा न्यानो कपडा हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले वडादशैं २०७८ को अवसरमा भरतपुर स्थित चितवन मानव सेवा आश्रममा आश्रीतहरुको लागि न्यानो कपडा हस्तान्रण गरेको छ । हरेक वर्ष चितवन मानव सेवा आश्रममा कपडा सहयोग गर्ने क्लवको नियमित कार्यक्रम अन्तरगत उक्त कपडा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा ५० हजार रुपैँया वरावरको कपडा हस्तान्रण गरिएको हो । उक्त कपडा न्यू लोकमान एण्ड सन्स ज्वेलरी र जय सन्तोषी माँ सुनचाँदी पसलले स्पोन्सर गरेको क्लवका सम्पादक रोशन खरेलले जानकारी दिनुभयो । सो अवसरमा रोटरी क्लव अफ चितवनका सदस्य एवं जय सन्तोषी माँ सुनचाँदी पसलका प्रोपाईटर, युवा उद्यमी रुविन रामुदामुले असहाय दिनदुखीलाई...

    • पैदलयात्रीलाई चितवनमा स्वागत

      भरतपुर/महिला हिंसा विरुद्धका विभिन्न माग सहित नेपालगञ्ज देखि काठमाण्डौंसम्मको पैदलयात्रामा निस्किएको पैदलयात्रीको टोलीलाई शुक्रबार नारायणगढमा स्वागत एवं मागहरु प्रति ऐक्यवद्धता जनाईएको छ । राष्ट्रिय महिला अधिकार अधिकार मञ्चकी पुर्व केन्द्रिय महासचिव रुवी खानको नेतृत्वमा राष्ट्रिय महिला अधिकार मञ्च वाँकेका महिला अधिकारकर्मीहरु संमिलित पदैलयात्रीको टोलीलाई शुक्रबार नारायणगढमा स्वागत गरिएको हो । राष्ट्रिय महिला अधिकार मञ्च र मेचि महाकाली वुहारी संयुक्त आवाजको संयुक्त आयोजनामा भएको स्वागत एवं ऐक्यवद्धता जनाउने कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्चकी पुर्व केन्द्रिय अध्यक्ष पुष्पा कुँवर, मेचि महाकाली वुहारी संयुक्त आवाजकी सल्लाहकार कल्पना पौडेल खड्का, देवघाट क्षेत्रविकास समितिका पुर्व अध्यक्ष टंकप्रसाद पौडेललगायतले अभियानमा ऐक्यवद्धता जनाउँदै महिला अधिकारको पक्षमा...

    • मन्त्री द्धय पौडेल र सुवेदीद्धारा गणेशधामको अवलोकन , प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड

      सन्तोष देवकोटा भरतपुर/बागमती प्रदेश सरकारका दुई जना मन्त्रीहरुले विहीबार भरतपुर ११ स्थित गणेशधामको अवलोकन गर्नु भएको छ । गणेशधाम संरक्षण सम्वद्र्धन समितिको आयोजनामा वागमती प्रदेश सरकारका उद्योग पर्यटन तथा बन मन्त्री शान्तिप्रसाद पौडेल र सामाजिक विकास मन्त्री विजय सुवेदीले संयुक्त रुपमा गणेशधामको अवलोकन गर्नु भएको हो । गणेशधाम अवलोकन पनि आयोजित कार्यक्रममा वोल्दै मन्त्री पौडेलले सवै सरोकारवालाहरु मिलेर मात्रै गणेशधामको प्रवद्र्धन सम्भव भएको वताउनु भयो । गणेशधामलाई प्रदेशकै मुख्य धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने वताउँदै मन्त्री पौडेलले गुरुयोजना अनुसारको काम सम्पन्न गर्ने सवालमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । गणेशधाका संरक्षक समेत रहनु भएका सामाजिक विकास...

    • मुक्तकः आएँ

      बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।

    • वेपत्ता पारिएका व्यक्तीहरुको छानविन आयोगका प्रवक्तासंग छलफल

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितवनको आयोजनामा बेपत्ता पारिएका व्यक्तीहरुको छानविन आयोगका प्रवक्तासंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति सम्भु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका सदस्य एवं प्रवक्ता डा. गंगाधर अधिकारीले आयोगका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो । प्रवक्ता अधिकारीले चितवनबाट परेका ५२ वटा उजुरीहरुको छानविन गरिरहेको जानकारी दिँदै उहाँले केही हप्तामै परिचय पत्र समेत वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो । उजुरी परेकामध्ये केहीले परिचय पत्र पाइसक्नु भएको बताउँदै अन्यको पनि छानविन प्रकृया अन्तिम चरणमा पुगेको उहाँको भनाई थियो । द्वन्द्वका घाउ, पीडा र...

    • ठिमुरामा निःशुल्क आँखा जाँच शिविर

      भरतपुर/नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना तथा भरतपुर महानगरपालिका १ नं. वडा कार्यलय, राईनो क्लब नारायणगढ र ठिमुरा टोल बिकास संस्थाको सह आयोजनामा ठिमुरा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त शिविरमा महिला, पुरूष र बालबालिकाहरू गरेर जम्मा ११७ जनाले आँखाको परिक्षण गरिएको थियो । शिविरमा आँखा जाँच गरिएका मध्ये दश जनामा मोतिबिन्दुको समस्या रहेको र निजहरूलाई यातायात खर्च सहित भरतपुर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यकृया गरिने क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनु भयो । शिविरमा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका आठ जना नेत्र बिशेषज्ञहरूद्धारा बिरामीहरूको आँखा जाँच...

    • सापकोटाद्धारा प्रदेश अधिवेशन प्रतिनिधिमा उमेद्वारी घोषणा

      भरतपुर/भरतपुर ४ निवासी रघुनाथ सापकोटाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफ्नो उमेद्वारी घोषणा गर्नु भएको छ । सापकोटाले नेपाली काँग्रे चितवन क्षेत्र नं. २ ख वागमती प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । नगरप्रदिप युवा क्लबको अध्यक्ष, धारापानी टोल बिकास भरतपुर –४ को सस्थापक अध्यक्ष, धारापानी सामुहिक बचत तथा ऋृण सहकारी सस्थाको सस्थापक अध्यक्ष, भएर काम गरिसक्नु भएका सापकोटासंग सहिद स्मृति कलेज नेबिसंघको सदस्य, तत्कालीन भरतपुर –५ (प्रतिबन्धित कालमा) नेपालि काग्रेसको सस्थापक सचिब, नेपाली कागेस चितवनको सह सचिब भई जिल्ला नेतृत्वमा रहेर काम गरेको अनुभव छ । यसैगरी सापकोटाले ०४६ सालको आन्दोलनमा १९ दिन प्रहरी हिरासतमा...

    • वरिष्ठ समाजसेवी चेतनाथ कुँवर जनसेवाश्री पदकबाट विभूषित

      भरतपुर/विगत लामो समय देखि अहोरात्र समाजसेवामा समर्पित वरिष्ठ समाजसेवी चेतनाथ कुँवर नेपाल सरकार, सम्माननीय राष्ट्रपतिबाट २०७८ असोज ३ गते संविधान दिवसको दिन जनसेवाश्री पदकबाट बिभूषित हुनुभएको छ । श्री भवानी बिद्यापिठ उच्च माध्यमिक बिद्यालयको पूर्व प्रधानाध्यापक, श्री गहते अम्बोट आधारभूत बिद्यालयको संस्थापक एवं वर्तमान अध्यक्ष, श्री सामूदायिक अध्ययन केन्द्रको अध्यक्ष, शान्ती समिति मुडिकुवाको संयोजक, नेपाल निवृत शिक्षक समाज पर्वतको सल्लाहकार लगायत दर्जनौ सामाजिक संस्थाको नेतृत्व सम्हाल्दै, शैक्षिक क्षेत्रमा ४ दशक लामो उच्च योगदान पु¥याउनु भएका कुँवरलाई सो पदक प्रदान गरिएको हो । यो बिभुषणले स्वार्थरहित तवरबाट सेवामा सर्मपण हुन अझै प्रेरणा मिलेको वताउँदै सम्मानित कुँवरले वाँकी जिवन सामाजिक क्षेत्रमै...

    • मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाको आयोजनामा अन्तर्राष्ट्रिय शान्ति दिबस २१ सेप्टेम्बर का अबसरमा मंगलबार चौबिसकोठिमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर भन्ने ब्यानर र प्ले कार्ड सहित बिहान ७ः३० बजे देखि ८ः०० बजे सम्म प्रदर्शन गरिएको हो । शाखा सभापति शम्भु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज वाग्मती प्रदशे सचिव बावुहरी आचार्य विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी आचार्यले समाजको अबधारणा पत्र वाचन सहित उपस्थिति सबैलाई धन्यवाद र आभार सहित समापनको घोषणा गर्नु भएको थियो । सो अबसरमा नेपाली...

    • राष्ट्रिय युवा संघ भरतपुर ४ को भेला सम्पन्न

      भरतपुर/नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता तथा युवा भेला सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ वडा कमिटीका अध्यक्ष विवेक कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले एमालेको नेतृत्वमा मात्र मुलुकले सम्वृद्धि हासिल गर्न सक्ने वताउनु भयो । वर्तमान सरकारसंग आम जनताको खासै अपेक्षा नरहेको वताउँदै उहाले मुलुकमा चुनावको विकल्प नभएको वताउनु भयो । आगामी चुनावको तयारीमा केन्द्रित हुन आग्रह गर्दै उहाले आगामी चुनावमा एमाले सवैभन्दा ठुलो पार्टी वन्नवाट कसैले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल