• महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङ बिच सम्झौता

      काठमाण्डौं/महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जासेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङप्रा. लि.सँग शुक्रवार सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार सिप्रदि ट्रेडिङप्रा. लि.बाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुकासाथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ । देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि.का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

    • गजलः अछाम एक संझनामा

      बालकृष्ण खनाल भरतपुर, चितवन फूलोटको उकालोमा भेटिएकि गोरी बाजुराकी मैयाँ हौ कि अछामकी छोरी ? चट्ट परि कता हो नि पल्लो गाउँ कि घट्ट पिठ्युँमा नि भारी रैछ कोदो हो कि तोरी ? बाटो काट्न सजी हुन्थ्यो यसो बोल्न पाए मिल्छ भने दुई चार वात मारम न त मोरी । मेरैलाई हो ठानुँ भने बोली वचन भाको छैन कस्का लागि हिँडेकी हौ छड्के कपाल कोरी । नागवेली चाल तिम्रो मन्द मुस्कान ओठले फर्कि फर्कि हेर्दै मैयाँ लग्गौ नि मन चोरी । कहिले त एकै भेट नि काफी हुन्छ मायाँ बस्न नपत्याए तिम्रो तस्बिर हेर मेरो दिल यो फोरी ।

    • कालिका नगरपालिकामा आर्दशको सम्पर्क समिती विस्तार

      भरतपुर/महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई ससक्त बनाउन आर्दश नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिती तथा शाखा विस्तार कार्य सोमबारवाट शुरु गरेको छ । न्यायमुलक र हिंसा रहित समाजको अभियानलाई गाउं र वडा स्तरमा फैलाउंदै कालिका नगरपालिकामा सोमबार सम्पर्क समिति गठन गरियो । अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल रहनुभएको छ । यसैगरि सदस्यहरुमा सपना गिरी, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहनुभएको छ । समितीको पहिलो बैठकबाट चेपाङं र दलित समुदायबाट १/१ जना मनोनित गरिने संयोजक...

    • मुक्तकः हजुरको

      बालकृष्ण खनाल भरतपुर, चितवन कहिले दायाँ कहिले वायाँ छ हजुरको जता जान्छु त्यतै त्यतै छायाँ छ हजुरको । प्रेमिल लाग्छ किन किन वातावरण नै सबै सायद वरिपरी मायाँ नै मायाँ छ हजुरको ।

    • मुक्तकः काम लाग्छ यार

      बालकृष्ण खनाल भरतपुर, चितवन गोरो मात्र हैन कहिलेकाहीँ कालो पनि काम लाग्छ यार मौका पर्दा कुनामा फालेको टालो पनि काम लाग्छ यार । बरू आफ्नाकै सहयोग नहुन सक्छ स्वार्थी यो दुनियाँमा ठाउँमा हुनु पर्छ दुश्मनको सालो पनि काम लाग्छ यार ।।

    • मुक्तकः डगमगाएको छैन

      बालकृष्ण खनाल भरतपुर, चितवन तेल विनाको यो दियो कहिँ कतै, जगमगाएको छैन माली विनाको यो फूल कहिँ कतै, मगमगाएको छैन । अटल आस्था र भरोसाको जगमा उभिएको छ नाता त्यसैले विश्वास बुलन्द छ कहिँ कतै डगमगाएको छैन ।

    • गणेश पार्कमा लायन्स र लियो क्लवको बृक्षारोपण

      भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स तथा लियो क्लवहरुको संयुक्त आयोजनामा भरतपुरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ चितवन माउण्ट ऐभरेष्ट, लायन्स क्लव अफ चितवन डाँफे र लियो क्लव अफ चितवन माउण्ट ऐभरेष्टको संयुक्त आयोजनामा सोमबार भरतपुर ३ नारायणी नदी किनार स्थित गणेश पार्कमा बृक्षारोपण गरिएको हो । कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटु नेपालका डिष्ट्रिक गभर्नर राम प्रसाद भट्ट प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी भट्टले बृक्षारोपणले वातावरण संरक्षणमा सहयोग पु¥याउनु वताउँदै बृक्षारोपणमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथी लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटुका जोन चियर पर्सन पुरन थापमगरले...

    • रोटरी क्लव अफ नारायणी मिडटाउनद्धारा दश जना विद्यार्थीको अभिभावकत्व ग्रहण

      भरतपुर/रोटरी क्लव अफ नारायणी मिडटाउनबाट सोमबार पंञ्चदिप आधारभुत विद्यालय रत्ननगर १२ मा अध्यायनरत १० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । रोटरीले कक्षा के.जि, १ र २ मा अध्ययनरत बाल बालिकाहरुलाई शैक्षिक सत्र २०७८÷७९ बाट कक्षा १० सम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गर्ने दोस्रो चरणको कार्यक्रम अगाडी बढाएको हो । “स्वार्थ भन्दा माथी सेवा” भन्ने मुल नाराबाट स्थापीत रोटरी क्लबले सोमबार क्लवका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा आरसी नारायणी मीडटाउनका पुर्व अध्यक्ष डा.केशव भुर्तेल, निवर्तमान अध्यक्ष यमनाथ दनै, सचिव अनुज पन्त, कार्यक्रम संयोजक कृष्णलाल दहाल, सहित १२ जना रोटरीयनहरु र विद्यालयका प्राचार्य सर्मिला भट्ट, संस्थापक अध्यक्ष श्याम बराल, शिक्षाविद्...

    • नारायणी पव्लिकमा सिएको परीक्षा सेन्टर स्थापना

      भरतपुर/भरतपुर महानगरपालिका ११ स्थित नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) परीक्षाको सेन्टर स्थापना भएको छ । जिल्लामा नै पहिलो पटक नारायणी पब्लिक कलेजमा सीए परिक्षाको सेन्टर तोकिएको हो। नेपाल चार्टर एकाउन्टेन्टका परीक्षा संयोजक सनोज भट्टाराईले सिए सेन्टर स्थापना भएसँगै चितवनमा सीए अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिए बन्न इच्छुक विद्यार्थीहरुले घरमा नै बसेर सजिलै परीक्षा दिन पाउने हुनाले सिए प्रतिको आकर्षक बढीहुने बताउनु भयो । नारायणी पब्लिक कलेजका अध्यक्ष एवं प्रवन्ध निर्देशक तथा परिक्षा सेन्टरका केन्द्राध्यक्ष राजेश्वर खनालले +२ पछि सीएका लागि काठमाडौं नै जानु पर्ने वाध्यता अन्त्य हुने बताउनु भयो । कलेज...

    • रोटरी क्लव अफ चितनवद्धारा ह्वीलचियर र आर्थिक सहयोग

      भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर २ क्षेत्रपुर आलेटोल स्थित मोहम्मद सिदिकलाई ह्वीलचियर र आर्थिक सहयोग गरेको छ । विगत एक वर्ष अगाडी प्यारलाईसिस भई दैनिक जिवनयापनमा समस्या देखिएको कारण ह्वील चियर हस्तान्तरण गरिएको क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । सो अवसरमा विरामी मोहम्मद सिदिकका श्रीमती स्यानी मियाँ र छोरा मोहम्मद फारुलाई ह्वीलचियर र नगद हस्तान्तरण गरिएको हो । स्वास्थ्यमा समस्या भएपछि आम्दानीको अवस्था पनि कमजोर भएकाले उपचारमा सहयोग पु¥याउने उदेश्यले नगद पाँच हजार रुपैयाँ पनि सहयोग गरिएको अध्यक्ष शाक्यले वताउनु भयो । रोटरी क्लवद्धारा हस्तान्तरण गरिएको ह्वील चियरले मोहम्मदको दैनिक जिवनयापनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष शाक्यले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल