• रोटरी र रोट्याक्ट चितवनको स्वास्थ्य शिविर सम्पन्न

      भरतपुर/रोटरी क्लव अफ चितवनको अयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ चितवनले संचालन गरेको रोटरी करुणालय देवघाटमामा संचालन भएको उक्त स्वास्थ्य तथा दन्त शिविरमा करुणालयमा आश्रीत जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । रोटरी क्लव अफ चितवनका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य र रोट्याक्ट क्लव अफ चितवनका अध्यक्ष सौगात अर्यालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं रोटरी करुणालय देवघाटका अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । शिविरमा करुणलयमा आश्रीत ३७ जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य एवं दाँत परिक्षण गरिएको थियो । कार्यक्रममा निशुल्क औषधिसमेत वितरण गरिएको थियो । रोट्याक्ट...

    • घरभाडा छुट गरिदिन होटल संघ चितवनको आग्रह

      भरतपुर/होटल व्यवसायी संघ चितवनले होटल व्यवसायीका घरधनीहरुलाई भाडा छुट गरिदिन आग्रह गरेको छ । संघले पत्रमार्फत भाडामा होटल व्यवसाय संचालन भएका घरका घरधनीहरुलाई भाडा छुट दिन आग्रह गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहरका कारण होटल व्यवसाय धरासायी हुन पुगेको वताउँदै पत्रमा समस्यामा परेका होटल व्यवसायीलाई घरभाडा छुट गरि सहयोग गर्न घरधनीहरुलाई आग्रह गरिएको छ । मुलुकमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले मिति २०७८ बैशाख १६ गते देखि लगाएको लकडाउनका कारण सवैभन्दा वढि पर्यटन क्षेत्र प्रभावित भएको वताउँदै संघका अध्यक्ष दिलकुमार श्रेष्ठद्धारा जारी अनुरोध पत्रमा लकडाउनले पर्यटन क्षेत्रको देरुदण्डको रुपमा रहेको होटल...

    • टोकला मसला चिया अब नयाँ प्याकमा

      काठमाडौं/मुलुककै सर्वाधिक लोकप्रिय एवं गुणस्तरीय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।

    • भरतपुर १० द्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण

      भरतपुर/भरतपुर महानगरका अगुवा महिलाहरुले भरतपुर महानगरमा प्रमुख उपप्रमुख र प्रवक्ता लाई आगामी कार्यकाल पनि आफुहरुले निरन्तरता गराउन चाहेको बताएका छन् । आफुहरुले पार्टीको झण्डा भन्दा माथि उठेर उनीहरुलार्ई बिजयी बनाउन अगाडी बढ्ने महिलाहरुले अठोट प्रकट गरेका हुन् । भरतपुर महानगरमा आशा गरिएभन्दा बढि विकास हुनुमा तिनै जनाको उचित समन्वय र सबै जनप्रतिनिधि र कर्मचारीको सक्रियताको परिणाम भएको भन्दै उनीहरुले आगामी कार्यकाल पनि मेयर रेनु दाहाल उपमेयरमा पार्वति शाह र प्रवक्तामा अरुण पिडित भण्डारी सहितको टिम नै आफुहरुले देख्न र त्यही टिमसंग काम गर्न चाहेको बताएका हुन् । भरतपुर महानगर वडा नम्वर १० की अगुवा महिला तथा ओम शान्ति टोल...

    • खोप उपलब्ध गराउन होटल व्यवसायी संघ चितवनको माग

      भरतपुर/सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको अवस्थामा होटल व्यवसायी संघ चितवनले व्यवसायीलाई खोपको व्यवस्था गर्न माग गरेको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, महासचिव गोपाल श्रेष्ठ, सचिव राम बहादुर गुरुङलगायतको होटल व्यवसायीको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई पत्र वुझाउँदै कोरोना विरुद्धको खोप माग गरेको हो । कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन दिन प्रतिदिन खुकुलो भएसंगै होटल व्यवसाय संचालनमा आए पनि होटल व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम वढेकोले खोपको मागसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको संघका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसाय संचालन...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

      भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनले जिल्ला स्थित होटल तथा रेष्टुरेन्ट संचालक र कर्मचारीलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै कोभिड विरुद्धको खोप माग गरेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कँडेलद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा अग्रपंतिमा रहेका होटल व्यवसायी र कर्मचारीहरुलाई प्राथमिकता राखी छिटो भन्दा छिटो कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराईदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ । होटल व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप उपलव्ध गराउने सवालमा स्थानीय पालिकाहरुले ध्यान नदिएको वताउँदै विज्ञप्तिमा आन्तरिक तथा बाह्य पर्यटकको...

    • नेपालमै पहिलो पटक महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

      भरतपुर/भरतपुर महानगरले नेपालमा नै पहिलो पटक ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो । नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले औपचारिक कार्यक्रमका विच सम्मान र बिदाइ गरेको हो । कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ३५ वर्ष भन्दा पहिले देखि लगातार...

    • स्व.पुर्व स्वास्थ्य सहायक मन्त्री विद्यादेवीको संझना

      हरिदत्त देवकोटा पालुङ्टार ३, गोरखा (हाल चितवन) थियौं नि विद्या साहसी तिमी, कर्ममा रमायौ त्यो गाउँघरमा उज्यालो ल्यायौ, सुन्दर बनायौ । त्यो तिम्रो काम देखेर आज, मानिस मोहित छ धन्य हुन् विद्या भनेर आज, गुणगान वढ्दै छ । जन्मियौ हर्मी उदायौ तिमी, कार्यमा रमायौ यो जन्मथलो उज्यालो पार्न, सूमार्ग समायौ । कहिले खोला कहिले जंगल, जहाँसुकै हिँडेर आपसमा खेल्यौ रमाई तिमी, गाउँघरमा मिलेर । पीडित थियो गाउँघर पहिले, पानीको अभावले काकाकुल बन्दै धाउँथे पर, उदासी मनले । यो दुःख संझि त्यो मन रोयो, बिलबन गरायो ढाँडखोलाबाट पानी नै ल्याई, सवैलाई पिलायौ । निरक्षर थिए जनता गाउँका, चेतना थिएन प्रौढ...

    • मुक्तकः आभाष हुन्छ

      बालकृष्ण खनाल भरतपुर, चितवन उनको छोटो साथ पनि, जीवनभरको आभाष हुन्छ एउटा सुन्दर जिन्दगीको, धरोहरको आभाष हुन्छ । शितल शितल समीर सँगै, मखमली माँयाँ पाउँदा छेउमै छु उभिएको, मानसरोवरको आभाष हुन्छ ।

    • मानव अधिकार तथा शान्ति समाजको सचेतनामुलक कार्यक्रम

      भरतपुर/मानव अधिकारको क्षेत्रमा सक्रिया मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । भरतपुर स्थित साहाराको घरमा रहेका बालबालिकालाई लागू औषध विरुद्ध सचेतता मुलुक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत र सदस्य पूर्ण चन्द्र चापागाइले लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असर एवं मानव अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल