• कोरोना संक्रमण फैलन नदिन भरतपुर विमानस्थलमा उच्च सतर्कता

      सन्तोष देवकोटा भरतपुर/विश्वव्यापी फैलिएको कोरोना संक्रमणको कारण लामो समय बन्द भई हालै मात्र पुन संचालनमा आएको भरतपुर विमानस्थलमा उच्च सतर्कता अपनाईएको छ । यहि असोज ५ गतेबाट पुनः सुचारु भएको भएको भरतपुर विमानस्थलमा कोरोना संक्रमण फैलिन नदिने उदेश्यले स्वास्थ्य परिक्षणमा सतर्कता अपनाईएको हो । भरतपुर विमानस्थल परिसरमा हेल्थ डेस्क नै स्थापना गरेर हरेक यात्रुको स्वास्थ्य परिक्षण गरिएको छ । झण्डै ६ महिना पछि सरकारले आन्तरिक उडान सुचारु गरेसंगै भरतपुर विमानस्थलमा पनि व्यवसायिक उडान सुरु भए पछि यात्रुहरुलाई सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरिएको छ । विमानस्थल प्रशासनले यात्रुहरुलाई मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरि सामाजिक तथा भौतिक...

    • अधिकांश क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

      काठमाडौं/नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको,’ जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ । मौषम सक्रिय भएसंगै देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम,...

    • झण्डै ६ महिना पछि भरतपुरमा नियमित उडान सुरु

      भरतपुर/कोरोना संक्रमणको कारण निकै लामो समय देखि वन्द अवस्थामा रहेको भरतपुर विमानस्थलमा नियमित उडान सुरु भएको छ । गत चैत्र ११ गतेदेखि वन्द भएको नियमित व्यवसायीक उडान झण्डै ६ महिना पछि सोमबारवाट सुरु भएको हो । भरतपुरमा सोमबार यती एयर र वुद्ध एयरले अडान सुरु गरेका हुन । सोमबार दुबै एयरलाईन्सले दुई/दुई वटा उडान भरेका छन् । ६ महिना पछिको पहिलो दिन भएकाले दुवै एयर लाईन्सले चालक दलमा दुबै जना क्याप्टेन राखेर जहाज उडान सुरु गरेका हुन । लकडाउन अघि दैनिक पाँच वटा वुद्धले र ३ वटा यतीले उडान भर्दै आएका थिए । दुबै एयरलाईन्सले एउटा उडान पोखरा र...

    • वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट संचालित वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्ली राज शर्मा विशेष अतिथी रहनु भएको थियो । कार्यक्रमा वोल्दै विशेष अतिथी शर्माले वालकुमारी कलेजमा एम.वि.ए. ईन फाइनान्सीयल म्यानेजमेन्ट कार्यक्रम स्वीकृतिको अन्तिम चरणमा रहेको वताउनु भयो । साथै शर्माले कलेजले गुणस्तरीय शिक्षा र अनुसन्धानको क्षेत्रमा गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्नुभयो । यसैगरी विशेष अतिथी शर्माले कलेजले प्रगति हासिल गर्दै गएमा भविश्यमा बालकुमारी कलेज स्वायत्त विश्व विद्यालयको रुपमा स्थापित हुने सम्भावना रहेको वताउँदै शुभकामना व्यक्त गर्नुभयो । बालकुमारी कलेज संचालक समितिका अध्यक्ष जगन्नाथ...

    • उवासंघ चितवनको कोरोना वीमा रकम हस्तान्तरण

      भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले कोरोना वीमीमा सहभागी सदस्यलाई कोरोना वीमा रकम उपलब्ध गराएको छ । शुक्रबार उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना वीमा योजनाका विमित प्रधान मिनिरल वाटर एन्ड विभरेज ई. प्रालिका सञ्चालक सुसनलाल प्रधानलाई ५० हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेको लकडाउन, निषेधाज्ञा जस्ता क्रियाकलापले उद्योग व्यवसाय धरासायी भएको अवस्थामा संघले आफ्ना सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले कोरोना वीमा योजना ल्याइएको बताउनु भयो । उहा“ले संघले व्यवसायीको हक, हितको...

    • रत्ननगरका नगर प्रमुखलाई कोरोना पुष्टि

      भरतपुर/पुर्वी चितवनको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो । नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वावस्थ्य अवस्था सामान्य छ । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।

    • मलमास, के गर्ने के नगर्ने ?

      काठमाण्डौं/असार १ गतेबाट मलमास सुरु भएको छ । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउनुहुन्छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन,...

    • साधारणसभाको तयारी गर्न सहकारी विभागको निर्देशन

      काठमाडौं/सहकारी विभागले सहकारीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन गरेको छ । उक्त निर्देशन संगै सहकारी संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको छ । बिहीबार सहकारी विभागले एक सूचना जारी गर्दै समयमै साधारणसभा गर्ने गरि तयारी थाल्न भएको छ । विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ । सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य...

    • मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्यको निर्देशन

      काठमाडौं/मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेसंगै मन्त्रालयले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वस्थ्य मन्त्रालयको निर्देशन संगै शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम बन्द हुने भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् ।

    • असोज १ गतेबाट होटल तथा रेष्टुरेण्ट पनि खुल्ने

      काठमाडौं/सरकारले अन्तरिक हवाई उडान संगै होटल तथा रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सावधानी अपनाएर होटल तथा रेष्टुरेण्ट संचालन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए । व्यवसाय संचालन गर्दा मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने समेत मापदण्डमा व्यवस्था गरिएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल