• खोप उपलब्ध गराउन होटल व्यवसायी संघ चितवनको माग

      भरतपुर/सरकारले विभिन्न क्षेत्र र उमेर समुहका मानिसहरुलाई कोरोना विरुद्धको खोप दिईरहेको अवस्थामा होटल व्यवसायी संघ चितवनले व्यवसायीलाई खोपको व्यवस्था गर्न माग गरेको छ । होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, महासचिव गोपाल श्रेष्ठ, सचिव राम बहादुर गुरुङलगायतको होटल व्यवसायीको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई पत्र वुझाउँदै कोरोना विरुद्धको खोप माग गरेको हो । कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउन दिन प्रतिदिन खुकुलो भएसंगै होटल व्यवसाय संचालनमा आए पनि होटल व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम वढेकोले खोपको मागसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको संघका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । होटल व्यवसाय संचालन...

    • होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

      भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ चितवनले जिल्ला स्थित होटल तथा रेष्टुरेन्ट संचालक र कर्मचारीलाई तत्काल कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउँदै कोभिड विरुद्धको खोप माग गरेको हो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योतिप्रसाद कँडेलद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा अग्रपंतिमा रहेका होटल व्यवसायी र कर्मचारीहरुलाई प्राथमिकता राखी छिटो भन्दा छिटो कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराईदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराईएको छ । होटल व्यवसायीहरुलाई कोभिड विरुद्धको खोप उपलव्ध गराउने सवालमा स्थानीय पालिकाहरुले ध्यान नदिएको वताउँदै विज्ञप्तिमा आन्तरिक तथा बाह्य पर्यटकको...

    • महानगर प्रमुखद्धारा मेनरोड सडक निरिक्षण

      भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १ मा अवस्थित मेनरोडको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरिक्षण गर्नु भएको छ । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, संघका पदाधिकारी, संघका पूर्व अध्यक्ष, मेनरोडका वासीन्दा, महानगरपालिका वडा नं. १ का वडाध्यक्ष जयराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर भरत आचार्य लगायतको टोलीले सडकको निरिक्षण गरेको हो । निरिक्षण कार्यक्रम पूर्व सडकको स्तरोन्नती सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको थियो । छलफल कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन जिल्लाको ऐतिहांसीक एवम् व्यवसायीक हिसावले निकैनै महत्वपूर्ण रहेको मेनरोडको विस्तार तथा विकासले समग्र जिल्लाको सामाजिक एवम् आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुग्ने धारणा ब्यक्त गर्नुभयो । छलफल कार्यक्रममा...

    • स्वतन्त्र गितः निक्कै बेरै

      बालकृष्ण खनाल याद आँउँदा तिम्रो अचेल, भक्कानिन्छु धेरै ।।। सम्झि सम्झि मन बुझाउन, लाग्छ निक्कै बेरै ।। सम्झाई सम्झाई बुझाएका जिन्दगीका पाटोहरू मेरै लागि देखाएका जिउने असल बाटोहरू ।। पल पलमा याद आँउँछन् मलाई जति खेरै ।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।। भएपनि हाम्ले टेक्ने अलग आँगन कर्साहरू ।। नदेखियोस मन फाटेको कहिँ कतै धर्साहरू ।। सँगै हुन नपाउने यो कर्म दोषी मेरै ।।।।।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।

    • शक्ति युवा मञ्चको अध्यक्षमा थापा

      भरतपुर/भरतपुर १० स्थित शक्ति युवा मञ्चको अध्यक्षमा सुर्य बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न मञ्चको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष न्यौपाने, उपाध्यक्षमा कृष्णचन्द्र लोहनी, सचिवमा हरिशंकर दाहाल, कोषाध्यक्षमा खगेन्द्रदत्त लोहनी निर्वाचित हुनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा केशवराज पौडेल, प्रदोष देवकोटा, केशव न्यौपाने, सुवास सुवेदी, वसन्त पोखरेल, सितल अधिकारी, इन्द्र अधिकारी, सविन भट्ट, ठाकुरदत्त लोहनी निर्वाचित हुनु भएको छ । मञ्चका अध्यक्ष सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा सचिव हरिशंकर दाहालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खगेन्द्रदत्त लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु...

    • शर्तसहित हवाई उडान सञ्चालन हुने

      काठमाण्डौं/दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द रहेको आन्तरिक तथा वाह्य हवाई उडान संचालन हुने भएको छ । कोरोना संक्रमण कम हुन थालेसंगै सरकारले विभिन्न शर्तहरुको पालना गरि हवाई उडान संचालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्डको पूर्ण पालना हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति...

    • होटल संघद्धारा सरकारको ध्यानाकर्षण, राहत प्याकेजको माग

      भरतपुर/कोरोना संक्रमण र सरकारले घोषणा गरेको लकडाउनको कारण पर्यटन क्षेत्र सबैभन्दा प्रभावित हुन पुगेको छ । कोरोना संक्रमण र लकडाउनले पर्यटन क्षेत्रको महत्वपुर्ण पाटोको रुपमा रहेको होटल व्यवसाय सबैभन्दा वढि मारमा परेको हो । मुलकको अर्थतन्त्र ठप्प भएसंगै होटल व्यवसाय पुर्ण रुपमा बन्द हुँदा कतिपय होटल व्यवसायीहरु पेशावाटै विस्तापित हुन पुगेको होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीका समस्यालाई मध्यनजर गर्दै सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले राज्यले सहयोग नगर्ने हो भने व्यवसायीहरु होटल व्यवसायमा टिक्न मुस्किल पर्ने वताउनु भयो । पर्यटन विना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने वताउँदै उहाले होटल व्यवसायका...

    • भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघद्वारा सुझाव पेश

      भरतपुर/भरतपुर महानगरपालिकाको आ.व. २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि चितवन उद्योग संघले सुझाव पेश गरेको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले औद्योगिक प्रबद्र्धन, उद्यमी क्षमता अभिवृद्धि र रोजगारी सिर्जना र सीप विकास, राजश्व परामर्श, कृषि तथा पशुपंक्षी सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि संघद्वारा तयार गरिएको सुझाव र संघले...

    • स्व. डा. उपेन्द्र देवकोटाको सम्झना

      हरिदत्त देवकोटा पालुङ्टार, गोरखा (हाल चितवन) क्या चोट प¥यो मुटुमा आज, मन भयो झसंग उपेन्द्र डाक्टर संसार छाड्यौ, मन भयो भरंग । त्यो गाउँघर रोएर वस्छ, अशान्ति मनले हे दैवलिला के गरिस् तैंले, के हुन्छ धनले । इश्वर तैंले रचेको थिइस्, सृष्टीको फुललाई कसरि लगिस् कहाँपो पु¥याईस्, नेपालको ज्योतिलाई । नेपाल आमा रुँदैछिन् आज, त्यो आत्मा गल्दैछ त्यो डाँडापारि जुडीखेत आज, फुटाहा खोज्दैछ । त्यो सिस्नेपानी धाराले आज, उनैलाई खोज्दैछ पोखरी बारी त्यो साउने पानी, उनैलाई रोज्दैछ । डाँडा र काँडा त्यो हरियाली, पाखा र पखेरो डाक्टर दाई नहुँदाखेरी, प्रकृती अध्यारो । त्यो पाठशाला त्यो ठाडो गल्ली, लुईटेल सुदर्शन...

    • ‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री वितरण

      चितवन /चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले विहीबार राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रमलाई बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा रहेर पनि कोराना कहरका बेला हालसम्म यो वस्तीमा कसैको आंँखा नपरेकोले यो वस्तीमा सहयोग गरिएको बताए । ‘बत्ती...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल