• युनिक साकोसको १६ औ स्थापना दिवश सम्पन्न

      रत्ननगर/पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाले १६ बार्षिकोत्सवको अबसरमा विशेष कार्यक्रम आयोजना गरि प्रगति विवरण सार्वजनिक गरेको छ । मुलुकमा देखिएको आर्थिक संकटका कारण बैंक बित्तीय संस्था सहित सहकारीको कारोबार खस्किदो अबस्थामा रहेका बेला युनिक साकोसको कारोवार तथा बित्तीय अबस्था भने मजबुत देखिएको छ । सामान्य किफायती तवरले बार्षिकोत्सव मनाएको सो सहकारीले मुख्य कार्यालय सहित सेवा केन्द्रहरुमा आजको दिनमा सेवा लिन आउने सेवाग्राही सदस्यहरुबाट दीप प्रज्ज्वलन गरेर सेवा शुभारम्भ गरेको थियो । २०६५ साल असार ९ गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता गरि २ लाख ७० हजार शेयर पूजीबाट कारोवार सुरुवात...

    • जिल्ला नेता ढकालले नेकपा (बहुमत) छोडे

      भरतपुर/धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) का जिल्ला नेता दिपक ढकालले पार्टी छोडेका छन् । नेकपा (बहुमत) को जिल्ला सचिवालय सदस्य साथै भरतपुर महानगरपालिका ७, ८ र ९ को इन्चार्जको जिम्मेवारीमा रहि काम गर्दै आएका ढकालले पार्टी परित्याग गरेका हुन् । अहिले उक्त पार्टी नेकपा (बहुमत) मा आफ्नो राजनीतिक एवं संगठानिक अन्योलता रहेको कारण आगामी दिनहरूमा जनताका मुद्दा उठाउन नसक्ने र पार्टी नै विघटनको दिशातिर गएको वताउँदै ढकालले नेकपा (बहुमत) को कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरेका हुन् । चैत्र १८ गते श्रमिक दिवासको दिन नेकपा (बहुमत) र मोहन वैध्यले नेतृत्व गरेको क्रान्तिकारी नेकपा माओवादी एकीकरण भइ क्रान्तिकारी नेकपा...

    • चितवन रोटरीद्वारा ह्विल चेयर वितरण

      भरतपुर/चितवन रोटरी क्लबले बुधबार भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष विकास थापाको समन्वयमा शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर भएका स्थानीय व्यक्तिहरूलाई उनीहरूकै निवासमा गएर ४ थान ह्विल चेयर वितरण गरेको छ । क्लबका सचिव तथा कार्यक्रम संयोजक राजन पियाले संचालन गर्नु भएको कार्यक्रममा क्लबका अध्यक्ष दीपक प्रधानले उक्त ह्विल चेयरहरू वितरण गर्नु भएको हो । शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई उनिहरूकै निवासमा गएर ह्विल चेयर वितरण गर्न पाउँदा आत्मसन्तुष्टि र खुशी मिलेको वर्ष २०२३÷२४ का लागि क्लबका निर्वाचित अध्यक्ष चन्द्रेश्वर भट्टराईले बताउनु भयो । ह्विल चेयर वितरण कार्यमा वडा सदस्य राम लोहनीको सहयोग प्राप्त भएको संयोजक पियाले बताउनु भयो...

    • सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

      भरतपुर/सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा जारी छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको प्रदर्शनिको दोस्रो दिन शनिबार नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा एकदिने गोष्ठीको आयोजना गरिएको थियो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक पाठशाला विभागका संयोजक युग राज वस्तीले स्वागत मन्तव्य सहित मेक इन नेपाल स्वदेशी अभियानका बारेका प्रकाश पार्नुभएको थियो । गोष्ठीमा नेपाल उद्योग परिसंघका उपनिर्देशक रोमिता लामिछानेले “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा प्रस्तुतिकरण गर्नुभएको...

    • जय सन्तोषी माँ सुनचाँदी पसलको सहयोगमा लन्डनमा नयाँवर्ष कार्यक्रम

      भरतपुर/लन्डनको फेल्थाममा नयां वर्ष मनाइएको छ । गत सप्ताहन्त फेल्थाम एसेम्ली हलमा आयोजित कार्यक्रममा झण्डै तीनसय जना सहभागी थिए । जय सन्तोषी माँ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी सोरुम, माँ सन्तोषी सुनचाँदी पसल मिलनरोड नारायणगढ चितवन र जय सन्तोषी माँ ज्वेलर्स हन्सस्लो लण्डनको विशेष सहयोगमा हन्स्लो काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङ, सबु सेन्चुरी, दिल घले र हर्क गुरुङ मिलेर नयां वर्ष कार्यक्रम गरेका हुन् । प्रमुख अतिथी फेल्थाम एण्ड हेस्टन क्षेत्रबाट लेवर पार्टीकी सांसद सीमा मल्होत्रा र विशेष अतिथी हन्स्लो मेयर काउन्सिलर रघवीन्दर सिद्युले कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा लन्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव रामबाबु...

    • होटल व्यबसायी संघ चितवन अन्तरगत मुग्लिन इकाईको अध्यक्षमा श्रेष्ठ

      भरतपुर/होटल व्यबसायी संघ चितवन अन्तरगत मुग्लिङ इकाईको साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले मिन बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा पुरुषोत्तम पोखरेल, सचिवमा कमल श्रेष्ठ, सहसचिवमा विकास तुलाचन, कोषाध्यक्षमा रिता त्रिपाठी गुरुङ, सदस्यहरुमा क्षेत्र बहादुर गुरुङ, सुरेश नारायण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, सक्षम सिलवाल, शिव प्रसाद पन्त, अव्दुल जब्बर मिया र जिल्ला सदस्यमा नारायण प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रममा वागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल प्रमुख अतिथी रहनु भएको थियो भने ईच्छाकामना गाउंपालिका उपाध्यक्ष माया सिलवाल, होटल व्यबसायी संघ चितवनका निवर्तमान अध्यक्ष एवं निर्वाचन अधिकृत दिल कुमार श्रेष्ठ,...

    • बार्षिकोत्सवको अवसरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तिय सस्थाद्धारा शैक्षिक सामाग्री वितरण

      सन्तोष देवकोटा भरतपुर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो तेह्रौ बार्षिक उत्सवको अवसरमा आफ्ना समुह सदस्यका सरकारी विद्यालयमा अध्ययनरत छोराछोरीलाइ घरदैलो गरी शैक्षिक सामाग्री वितरण गरेको छ । पर्सा देखि कञ्चनपुर सम्म १९ जिल्लाका ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो कारोबार गर्दै आएको यस सस्थाले हरेक वर्ष बाषर््िाकउत्सवको अवसर पारेर विभिन्न सामाजिक कामहरु गर्दे आइरहेको छ । पुरानो शैक्षिकसत्रको समापन भइ नयाँ शैक्षिक सत्रको सुरुवात हुदै गरेको अवसर पारेर विधार्थीलाइ शैक्षिक सामाग्रीका साथसाथै हौसला र उज्वल भविश्य एव शैक्षिक प्रगतिको शुभकामना दिन उदेश्यले आफ्ना समुह सदस्यका गरिव तथा जेहेन्दार विधार्थी छनोट गरी करिव १० वटा केन्द्र मा ६० जनालाइ घरदैलोमै...

    • मिलनरोड टोल विकास संस्थाको शुभकामना आदान प्रदान तथा भित्तेपाज्ञो विमोचन

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १ नारायणगढ स्थित मिलनरोड टोल विकास संस्थाको आयोजनामा आइतबार नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । मिलनरोड टोल विकास संस्थाका अध्यक्ष चित्र बहादुर खाती वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथी रहनु भएको थियो । टोल विकास संस्थाका कोषाध्य एवं भित्तेपात्रो प्रकाशन समितिका संयोजक निलेनमान शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी महर्जन सहित अन्य अतिथीहरुले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष एवं प्रमुख अतिथी केशव महर्जन, भरतपुर १ का वडा सदस्य मनोज घिमिरे, राममायाँ पिया, वडा...

    • नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुरको बनभोज तथा नगर परिषद् सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/नेपाल राष्ट्रिय शिक्षक सगठन भरतपुर महानगरको चौंथो नगर परिषद् एवं बनभोज विविध साँस्कृतिक कार्यक्रम सहित ज्ञानेश्वर सामुदायीक बनको पिकनिक स्थलमा सम्पन्न भएको छ । गौरवशाली विगत चुनौतीपुर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगर समितिका अध्यक्ष दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्र भुषाल, पुर्व महासचिव रमाकान्त सापकोटा, महानगर उपाध्यक्ष सिर्जना कार्की, बुद्धिजीवि संगठनका चितवन जिल्ला अध्यक्ष लक्ष्मिकान्त चालिसे, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व...

    • होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ बजार इकाईमा भुषाल

      भरतपुर/होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ बजार इकाईको सातौं साधारणसभा तथा चौंथो अधिवेशन बिहीबार नारायणगढ स्थित पर्व व्याङ्क्युटमा सम्पन्न भएको छ । इकाई अध्यक्ष कृष्ण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खोले प्रमुख अतिथी रहनु भएको थियो । अधिवेशनले विष्णु भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा पोमराज भट्टराई, सचिवमा राज केसी, सह–सचिवमा नविन कँडेल, कोषाध्यक्षमा विष्णु गिरी सर्वसम्मत चयन हुनु भएको छ । यस्तै कार्यसमिति सदस्यहरूमा सन्ध्या पौडेल, हरिप्रसाद अधिकारी, विमल अर्याल, कल्पना श्रेष्ठ, गोकुल घिमिरे, प्रकाश खड्का, प्रदीप पौडेल र सुजन पाण्डे चयन हुनु भएको छ भने जिल्ला सदस्यमा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल