• होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको कृष्णपुर इकाई गठन

      भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवन अन्तरगत कृष्णपुर इकाईको विशेष भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले वासु गौतमको अध्यक्षतामा इकाइ समिति गठन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा खिमराज तिमिल्सिना, सचिवमा राम प्रसाद चपाईं, सहसचिवमा कुमार गुनी, कोषाध्यक्षमा बाबुराम खनाल, सदस्यहरुरुमा विष्णु कुमार श्रेष्ठ, रिता श्रेष्ठ, पार्वती रिजाल, युवराज अधिकारी, मिठु भट्टराई, विद्या सुवेदी रहनु भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका निवर्तमान महासचिव एवं सल्लाहकार देव शर्मा पौडेलले संचालन गर्नु भएको कार्यक्रममा संघका सल्लाहकार कुस्माखर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका जिल्ला सल्लाहकार तोयानाथ भट्टराई प्रमुख अतिथी रहनु भएको थियो...

    • उवासंघ चितवनद्धारा जनप्रतिनिहरुलाई स्वागत तथा सम्मान

      भरतपुर/उद्योग वाणिज्य संघ चितवनले बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना शहर बन्ने दिशामा अगाडि बढी सकेको बताउनुभएको छ । मेयर दाहालले नमुना शहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना शहर बन्ने उल्लेख गर्नुभयो । मेयर दाहालले भरतपुर शिक्षाको शहर, स्वास्थ्यको शहर, कृषिको शहर, झिलिमिलि बत्तिको शहर, पर्यटनको शहरको हुँदै बहुआयमिक शहरका रुपमा अघि बढी रहेको बताउनुभयो । ‘महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यको त हब नै हो । कृषि उत्पादनलाई यस वर्ष प्राथामिकतामा राखेका छौ । मूख्य बाटोमा स्र्माट बत्ति...

    • सस्थापक सचिव पन्तलाई हंस सहकारीद्धारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

      भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका संस्थापक सचिव लेखराज पन्त (हरि)लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं. १२ को वडा अध्यक्षमा निर्वाचित हुनुभएकोमा उहाँलाई संस्थाको तर्फबाट सोमबार एक औपचारिक कार्यक्रमका बीच बधाई, सम्मान तथा शुभकामना प्रदान गरेको हो । संस्थाको प्रधान कार्यालय शहिदचोक नारायणगढमा आयोजीत कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका अध्यक्ष पन्तले आफू निश्वार्थ भावनाले जनताको सेवा गर्ने र आफ्नो तलब समेत सामाज सेवामा समर्पित गर्ने बताउनु भयो । साथै आफू सहकारीकर्मी समेत भएकाले महानगरपालिका संग समन्वय गरेर सहकारी क्षेत्रको लागि बिभिन्न कार्यक्रम गर्ने बताउनु...

    • मन्त्री दाहाललाई ठिमुरामा सम्मान

      सन्तोष देवकोटा भरतपुर/बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल अविनासलाई आइतबार भरतपुर १ ठिमुरामा सम्मान गरिएको छ । ठिमुराका विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा मन्त्री दाहाललाई सम्मान गरेका हुन् । ठिमुराको शिक्षा, संस्कृति एवम् पुर्वाधार विकासको लागि अतुलनीय योगदान पु¥याएको भन्दै मन्त्री दाहाललाई औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको राष्ट्रिय आधारभूत विद्यालय ठिमुराका प्रधानाध्यापक ज्योतिनारायण ढकालले जानकारी दिनुभयो । ठिमुराका विभिन्न संघ संस्था तथा सर्वपक्षीय बुद्धिजीवीहरुको भेलाले ठिमुराको शिक्षा, संस्कृति एवम् पुर्वाधार विकासको लागि अतुलनीय योगदान गर्नु भएका बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई सम्मान गर्ने निर्णय गरे बमोजिम सम्मान कार्यक्रम आयोजना गरिएको...

    • न्यू होराइजनमा किशोरी सचेतना कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/भरतपुर २ क्षेत्रपुर स्थित न्यू होराइजन इङ्लिस स्कुलको आयोजनामा एक दिने किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । व्यक्तिगत स्वास्थ्य र दृढ आत्मविश्वासका लागि भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतना कार्यक्रममा किशोरी अवस्थाका मुख्य चुनौतीको वारेमा चर्चा गरिएको थियो । भरतपुर १० स्थित मनकामना हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको उक्त तालिममा सफल मानिस बन्नको लागि समयको व्यवस्थापन गर्नुपर्ने, असल साथीको संगत वढाउनु पर्ने, कुलत तर्फ ध्यान नदिने, पढाईमा निरन्तरता दिने, भविश्य राम्रो वताउने तर्फ सोच राख्ने, हतास र निरास नभई जोस र जाँगरका साथ काम गर्ने, सकारात्मक सोच गर्ने, अभिभावक र समाज प्रति चनाखो र संवेदनशिल...

    • चितवन मानव ओसारपोसारको ट्रान्जिट पोइन्ट बन्दै

      भरतपुर/चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ । भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ । विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाले बताउनु भयो । अधिबक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको छ...

    • चेम्वर वहुउदेश्यीय सहकारी सस्थाको उद्घाटन

      सन्तोष देवकोटा भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पहलमा स्थापित चेम्वर वहुउदेश्यीय सहकारी सस्था लि.को शुभारम्भ गरिएको छ । वागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मिलनवावु श्रेष्ठले शुक्रबार एक औपचारिक कार्यक्रमका विच उक्त सहकारीको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रमका वोल्दै प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले उद्योमशिलता र उद्योगको विकास नभएसम्म आर्थिक समृद्धि असम्भव हुने वताउँर्दै उक्त सहकारीले उद्यमशिलता र उद्योगको विकासमा जोड दिनु पर्ने वताउनु भयो । आम प्रचलनको रुपमा चलिएको बचत तथा ऋणको काम गरेर मात्र सहकारीको मान्यता स्थापित नहुने वताउँदै उहाँले कृषि र औद्योगिक प्रवद्र्धनमा सहकारीले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सहकारीको माध्यमवाट मात्रै...

    • आधारभूत विद्यालय मंगलपुरमा अक्षयकोष स्थापना

      भरतपुर/भरतपुर १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंगलपुरमा १ लाख ११ हजार १ सय ११ रुपैया रकम वरावरको अक्षयकोष स्थापना गरिएको छ । पूर्व विद्यार्थी सन्तोष भट्टराईको निधन भएको पहिलो वार्षिक पुण्यतिथिमा भट्टराई परिवारले उक्त अक्षयकोष स्थापना गरेको हो । स्वर्गी भट्टराईको स्मृतिमा परिवारद्धारा स्थापना गरिएको उक्त अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर विकासमा महत्वपुर्ण योगदान पु¥याउने राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण नेपालले आशा व्यक्त गर्नु भयो । स्वर्गीय पुर्व विद्यार्थी भट्टराई प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रधानाध्यापक नेपालले अक्षयकोष स्थापनाको लागि पहल गर्नुहुने एन.आर.एन. सदस्य अर्जुन श्रेष्ठ, शान्ति भट्टराई, विद्यालयका पुर्व प्रधानाध्यापक हरिमाया प्रधानलगायत भट्टराई परिवारका सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गर्नु...

    • गरिवी नियन्त्रण आजको आवश्यकताः खनाल

      भरतपुर/सौराहा लेडि जेसीजले रत्ननगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका निबर्तमान राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले गरिबी राष्ट्रिय समस्या भएको वताउँदै यसको नियन्त्रण्मा ध्यान दिनुपर्ने वताउनु भयो । अर्को प्रसंगमा वोल्दै प्रमुख अतिथी खनालले स्वतन्त्र उम्मेदवारहरुले काठमाडौं लगायत धरान, धनगडीमा जित्नु ठुला दलहरुको लागि यो लज्जा, चुनौती र सिकाइको कुरा भएको वताउनु भयो । साथै दलहरुले आत्माअलोचना गर्दै सचियर जनतामा जानुपर्ने खनालको भनाई थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आफ्नो पाँच वर्षे कार्यकालमा कुरा भन्दा काम गरेर देखाउने लक्ष्य लिएको वताउनु भयो । कार्यक्रममा बीसहजार जेसीजका शाखा अध्यक्ष बेदराज न्यौपाने, सौराहा लेडी जेसीजकी...

    • हावाहुरीले मैयाँदेवी कन्या कलेजमा करिव २५ लाखको क्षती

      भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा ठुलो क्षति पुगेको छ । हावाहुरीले कलेजको टिनको छाना र सवैभन्दा माथिल्लो तलामा लगाईएको जिप्सन भत्काएर क्षती पु¥याएको हो । हावाहुरीको कारण करिव २५ लाख रुपैयाँ वरावरको क्षती भएको मैयाँदेवी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । हावाहुरीले वैठक हल र पुस्तकालय कक्षमा लगाईको जिप्सन भत्काएको हो । हावाहुरीको कारण जिप्सन भत्किँदा कलेजलाई ठुलो नोक्सानी हुन पुगेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । हावाहुरीले जिप्सन भत्काउँदा कलेजमा जडान गरिएको पंखा, एसीलगायतका सामान पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको उहाँको भनाई...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल