• कालिकामा सगुन बहुउदेश्यीय सहकारीको उद्घाटन

    भरतपुर/चितवन स्थित कालिका नगरपालिका वडा न ७ सगुनटोलमा शनिबार एक कार्यक्रमका विच सगुन बहुउद्देश्यीय सहकारी सस्था लिको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले सहकारीको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले उक्त सहकारीले स्थानीय जनतालाई वचत गर्ने वानिको विकास गरि आर्थिक रुपमा सवल वनाउन सहयोगी बन्ने वताउनु भयो । कार्यक्रममा विशेष अतिथी कालिका ७ का अध्यक्ष डिल्लीराम दवाडी, वडा न ३ का वडा अध्यक्ष टिकाराज रिजाललगायतले वोल्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरिक द्धय पियारी भण्डारी र क्षेत्र बहादुर भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका सचिव सचीव सुबाश...

  • दालमोठ उत्पादकलाई खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि गोष्ठि

    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्वन्धि गोष्ठि सम्पन्न भएको छ । कार्यालयले शुक्रबार शिवघाट स्थित प्रिन्स भिलेज रिर्सोटमा जिल्ला स्थित दालमोठ उत्पादक उद्योगीहरुको लागि सो गोष्ठि आयोजना गरेको हो । खाद्य पदार्थमा स्वच्छता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित उक्त तालिम मुलक गोष्ठिमा जिल्ला स्थित २२ जना दालमोठ उत्पादक उद्योगीहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षण दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले दालमोठ उत्पादक उद्योगीहरुलाई गुणस्तरीय उत्पादनमा जोड दिनु पर्ने वताउनु भयो । दालमोठ जनुसुकै उमेर समुहका उपभोक्ताहरुले पनि प्रयोग...

  • ठिमुरामा निःशुल्क आँखा जाँच शिविर

    भरतपुर/नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजना तथा भरतपुर महानगरपालिका १ नं. वडा कार्यलय, राईनो क्लब नारायणगढ र ठिमुरा टोल बिकास संस्थाको सह आयोजनामा ठिमुरा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । उक्त शिविरमा महिला, पुरूष र बालबालिकाहरू गरेर जम्मा ११७ जनाले आँखाको परिक्षण गरिएको थियो । शिविरमा आँखा जाँच गरिएका मध्ये दश जनामा मोतिबिन्दुको समस्या रहेको र निजहरूलाई यातायात खर्च सहित भरतपुर आँखा अस्पतालमा लगेर निःशुल्क शल्यकृया गरिने क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताउनु भयो । शिविरमा नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालका आठ जना नेत्र बिशेषज्ञहरूद्धारा बिरामीहरूको आँखा जाँच...

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनद्धारा बजार अनुगमन तीब्र

    भरतपुर/नेपालीहरुको मुख्य चाडपर्व नजिकिएसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले बजार अनुगमनलाई तीब्र बनाएको छ । दशैं, तिहार लगायतका चाडवाड नजिकिएसंगै बजारमा हुने गरेको अनियमितता नियन्त्रण गर्न कार्यालयले बजार अनुगमनलाई तीब्र वनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनु भयो । विशेषगरि चाडवाडको समयमा बजारमा कालोवजारी र अखाद्य वस्तुको प्रयोग वढि हुने गरेको भनि गुनासो आएपछि अनुगमनलाई तीब्र बनाईएको जानकारी दिँदै उहाले अनुगमनको क्रममा समस्या देखिए पहिलो चरणमा सम्झाउने र गल्ति नदोहो¥याउने प्रतिवद्धता गर्न लगाउने जानकारी दिनुभयो । समय समयमा अनुगमन गरिने जानकारी दिँदै उहाले दोस्रो पटक पनि गल्ति फेला परे...

  • होटल ह्याप्पी होम पाँचौं वर्षमा प्रवेश

    भरतपुर/स्थापनाको छोटो समयमा लोकप्रिय बन्न सफल होटल ह्याप्पी होम चौंथो वर्ष पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको छ । नारायणगढको कमलनगर स्थित होटल ह्याप्पी होमले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो चौंथो वार्षिकोत्सव मनाएको हो । सो अवसरमा केक काटेर वार्षिकोत्सव मनाईएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले होटलको सफलताको शुभकामना व्यक्त गरेका थिए । गुणस्तरीय खाना र सेवाको कारण होटल ह्याप्पी होम छोटो समयमा आम ग्राहकको मन जित्न सफल भएको होटल ह्याप्पी होमका संचालनक कृष्ण महतोले जानकारी दिनुभयो । वार्षिकोत्सवको कार्यक्रममा उपस्थितहरुले एक आपसमा खुसी साँटेर होटलको सफलताको शुभकामना व्यक्त गरेका थिए । २०७८ असोज ६ गते होटल ह्याप्पी...

  • लस्कर फुड्सले ल्यायो आकर्षक अफर

    काठमाडौं/अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा बिशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले आज देखी अन्लाइन प्रतियोगिता समेटको आयोजना गरि २ जनालाई फुड कुपन भाउचरको ब्यबस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्न्नु हुनेछ । एक हजार पाँच सहय रुपैया बराबरको खानेकुरा एप बाट मगाइ वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताउनु हुन्छ । ग्राहकले केही नियमको पालनागरी...

  • सापकोटाद्धारा प्रदेश अधिवेशन प्रतिनिधिमा उमेद्वारी घोषणा

    भरतपुर/भरतपुर ४ निवासी रघुनाथ सापकोटाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफ्नो उमेद्वारी घोषणा गर्नु भएको छ । सापकोटाले नेपाली काँग्रे चितवन क्षेत्र नं. २ ख वागमती प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । नगरप्रदिप युवा क्लबको अध्यक्ष, धारापानी टोल बिकास भरतपुर –४ को सस्थापक अध्यक्ष, धारापानी सामुहिक बचत तथा ऋृण सहकारी सस्थाको सस्थापक अध्यक्ष, भएर काम गरिसक्नु भएका सापकोटासंग सहिद स्मृति कलेज नेबिसंघको सदस्य, तत्कालीन भरतपुर –५ (प्रतिबन्धित कालमा) नेपालि काग्रेसको सस्थापक सचिब, नेपाली कागेस चितवनको सह सचिब भई जिल्ला नेतृत्वमा रहेर काम गरेको अनुभव छ । यसैगरी सापकोटाले ०४६ सालको आन्दोलनमा १९ दिन प्रहरी हिरासतमा...

  • वरिष्ठ समाजसेवी चेतनाथ कुँवर जनसेवाश्री पदकबाट विभूषित

    भरतपुर/विगत लामो समय देखि अहोरात्र समाजसेवामा समर्पित वरिष्ठ समाजसेवी चेतनाथ कुँवर नेपाल सरकार, सम्माननीय राष्ट्रपतिबाट २०७८ असोज ३ गते संविधान दिवसको दिन जनसेवाश्री पदकबाट बिभूषित हुनुभएको छ । श्री भवानी बिद्यापिठ उच्च माध्यमिक बिद्यालयको पूर्व प्रधानाध्यापक, श्री गहते अम्बोट आधारभूत बिद्यालयको संस्थापक एवं वर्तमान अध्यक्ष, श्री सामूदायिक अध्ययन केन्द्रको अध्यक्ष, शान्ती समिति मुडिकुवाको संयोजक, नेपाल निवृत शिक्षक समाज पर्वतको सल्लाहकार लगायत दर्जनौ सामाजिक संस्थाको नेतृत्व सम्हाल्दै, शैक्षिक क्षेत्रमा ४ दशक लामो उच्च योगदान पु¥याउनु भएका कुँवरलाई सो पदक प्रदान गरिएको हो । यो बिभुषणले स्वार्थरहित तवरबाट सेवामा सर्मपण हुन अझै प्रेरणा मिलेको वताउँदै सम्मानित कुँवरले वाँकी जिवन सामाजिक क्षेत्रमै...

  • भ्रष्टाचार आरोपमा छानबिनको माग

    भरतपुर/भरतपुर २१ मा अख्तियारले छापा मारेको विषयमा विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य भुपेन्द्रराज वस्नेतले छानविनको माग गर्नु भएको छ । वडाअध्यक्षवाट गलत काम हुनेमा सोच्न पनि नसकिने वताउँदै विज्ञप्तिमा अख्तियारको पत्र र समाचारले आफुलाई चिन्तित वनाएको जनाईएको छ । वडा अध्यक्षको सम्मानका लागि पनि छानबिन र सफाई पाउनु जरुरी रहेको वताउँदै विज्ञप्तिमा अख्तियारले अनुसन्धान प्रकृया अगाडि बढाएको अवस्थामा सहज बातावरणको सिर्जना गर्न आग्रह गरिएको छ । पार्दर्शिता, पद्दति, जनसहभागीता होस, बिकास निर्माणामा भ्रष्टाचारको गन्ध पनि नआओस् भन्ने अहिलेको जनचाहना रहेको वताउँदै वस्नेतले एउटा सानो टोलको सडक निर्माणमा यस्तो हुन सक्ने सम्भावना रहेछ भने वडामा बनेको खानेपानी, सपिङ कम्प्लेक्स, स्वास्थ्य्य्...

  • मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

    भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाको आयोजनामा अन्तर्राष्ट्रिय शान्ति दिबस २१ सेप्टेम्बर का अबसरमा मंगलबार चौबिसकोठिमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । आणबिक अस्त्ररहित बिश्वका लागि आणबिक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर भन्ने ब्यानर र प्ले कार्ड सहित बिहान ७ः३० बजे देखि ८ः०० बजे सम्म प्रदर्शन गरिएको हो । शाखा सभापति शम्भु राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज वाग्मती प्रदशे सचिव बावुहरी आचार्य विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी आचार्यले समाजको अबधारणा पत्र वाचन सहित उपस्थिति सबैलाई धन्यवाद र आभार सहित समापनको घोषणा गर्नु भएको थियो । सो अबसरमा नेपाली...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल