• चितवन रोटरीद्वारा सामुदायिक विद्यालयमा स्वीटर वितरण

    चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब र स्पाउस् क्लब अफ आर.सी. चितवनले संयूक्त रुपमा स्वीटर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधान र स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालको संयूक्त अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष केशब महर्जन प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्रकुमार पिया रहनु भएको थियो । स्पाउस् क्लबका सचिब पार्वती बगाले सुबेदीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालले राख्नुभएको थियो ।...

  • हंस सहकारीको अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित

    भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा दिनेश कुमार चुके निर्विरोध निर्वाचित भएका छन् । बुधबार नारायणगढमा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा बाबुराम अधिकारी, सचिवमा शारदा शर्मा पौडेल, कोषाध्यक्षमा प्रमोद कुमार श्रेष्ठ, सञ्चालक सदस्यहरुमा प्रा.डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुवकुमार ओझा, अनिता मैनाली, देशबन्धु अधिकारी, सन्देश पाठक र सूर्य बराल निर्विरोध चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोबिन्द प्रसाद पौडेल, सदस्यमा गोबिन्द सुबेदी र कृष्णहरि तिमल्सेना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले मंसिर १८ गते टाँडी सेवाकेन्द्र, १९ गते विजयनगर सेवाकेन्द्र र २० गते प्रधान कार्यालय नारायणगढमा एकाइगत बैठक...

  • हंसको टाँडी सेवाकेन्द्रको इकाई वैठक सम्पन्न

    सन्तोष देवकोटा टाँडी/हंस वहुउदेश्यीय सहकारी संस्था लिको १९ औं वार्षिक साधारणसभा अन्तरगत आइतबार १३ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम तथा टाँडी सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको इकाई बैठक सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । सहकारीका उपाध्यक्ष बावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि., टाँडी शाखा प्रवन्धक नरेश कामती, रत्ननगर अस्पतालका देवेन्द्र कुमार श्रेष्ठलगायतले वोल्नु भएको थियो । उक्त इकाई वैठकले सहकारीको साधारणसभामा सहभागिताको लागि प्रतिनिधिहरुसमेत चयन गरेको छ । बैठकले भवानी अधिकारी, किरण अधिकारी, चण्डिका...

  • पश्चिम चितवनको जितपुरमा हंस सहकारीको सेवाकेन्द्र उद्घाटन

    सन्तोष देवकोटा भरतपुर/नारायणगढको सहिदचोक स्थित मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहकारी सस्था लि.ले पश्चिम चितवनको जीतपुरमा सेवाकेन्द्र स्थापना गरेको छ । भरतपुर २८ का वडा सदस्य शेर बहादुर कुमाल र हंस वहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले शनिबार एक औपचारिक कार्यक्रमका विच सेवाकेन्द्रको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वडा सदस्य कुमालले जीतपुरमा आर्थिक कारोवार गर्ने विश्वासिलो वित्तीय सस्थाको अभाव रहेको वताउँदै हंस वहुउदेश्यीय सहकारीलाई स्वागत गर्नु भयो । सहकारीले कृषिमा आधारित कार्यक्रम ल्याउनु पर्ने बताउँदै उहाँले उत्पादन मुलक काममा लगानी गर्नुपर्ने वताउनु भयो । जीतपुर क्षेत्र पर्यटकीय हिसावले संभावना वोकेको क्षेत्र भएको वताउँदै...

  • सुनचाँदी साकोस र दियालो फुडल्याण्ड विच छुट सम्झौता

    सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.र क्षेत्रपुर स्थित दियालो फुडल्याण्ड होटल विच छुट सम्झौता भएको छ । उक्त सम्झौता अन्तरगत सुनचाँदी साकोसका शेयर सदस्यहरुले दियालो फुडल्याण्डका वस्तु तथा सेवामा विशेष छुट पाउने भएका छन् । सम्झौता पत्रमा सहकारीका तर्फवाट अध्यक्ष रुविन रामुदामु तथा उपाध्यक्ष टुलक प्रसाद विश्वकर्मा र होटलका तर्फवाट प्रवन्ध निर्देशक रमेश चन्द्र अधिकारी र प्रतिनिधि शंकर न्यौपानेको हस्ताक्षर रहेको छ । सम्झौता भएसंगै सहकारीका सदस्यहरुले रेष्टुरेन्ट फुड आईटममा १५ प्रतिशत र वेवरेज आईटममा ५ प्रतिशत छुट पाउने भएका छन् । यो संगै होटलका रुम (कोठा) लगायतका अन्य सेवामा पनि आकर्षक छुटको सम्झौता...

  • अथर्वको सेवाकेन्द्र स्तरीय साधारणसभा सम्पन्न

    सन्तोष देवकोटा भरतपुर/भरतपुर १२ मालपोत चोकमा मुख्य कार्यालय रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को विभिन्न सेवाकेन्द्र स्तरीय २४ औं साधारणसभा सम्पन्न भएको छ । सहकारीको साधारणसभा अन्तरगत बुधबार भरतपुर १२ लताकुञ्ज लिजर सेन्टर एण्ड पार्टी प्यालेसमा फुलबारी र आमा सेवाकेन्द्रका सदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न भएको हो । यसैगरी बुधबार नै राम्रो सेवा केन्द्र पार्वतीपुर र सहयात्री सेवाकेन्द्र खोलेसिमल अन्तरगतका शेयर सदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न भएको छ । भरतपुर १२ मा सम्पन्न फुलबारी र आमा सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न साधारणसभा सहकारीकी सचिव सृजना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । शिक्षा समितिका संयोजक सुरज पाठकले संचालन गर्नु...

  • देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण

    भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । युवाहरु देश बिकासका मेरुदण्ड हुन् उप प्रमुख अधिकारीले भन्नूभयो, परि आए युवाहरुले देशको बागडोर सम्हाल्न सक्ने छन् । ज्योति युवा क्लब भरतपुर ८ गौरीगञ्जको २२ औ बार्षिक साधारणसभा तथा १२ औ अधिबेशनलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले युवा बर्गहरु देशकै ज्योति भएको बताउनु भयो । युवाहरु बिना देशको बिकास असम्भव छ अधिकारीले भन्नूभयो, देश बिकास गर्ने युवाहरु उत्पादन गर्ने काम ज्योति युवा क्लबले गरेको छ । समाज रुपान्तरणमा युवाहरुको ठुलो भुमिका रहेको बताउदै उहाँले पछिल्लो समय टोल, वडा देखि नगर जिल्ला...

  • दशैको सामाजिक पक्ष 

    बाबुराम दवाडी भरतपुर ९ चितवन नेपालीहरुको प्रमुख चारु मध्ये दशै पनि एक हो। दशैलाई नेपालको राष्ट्रिय चाडको रुपमा समेत मानिन्छ। दशैलाई बडादशै, बिजया दशमी, नवरात्री, नौरथा दशहरा आदि नामले चिनिन्छ। बर्षा ऋतु सकिएर शरद ऋतु शुरु भएपछि दशै शुरु हुन्छ। हामी कहाँ प्रयोग हुने  पात्रो पृथ्वीवाट देखिने  सूर्यको अबस्थिति अनुसार परिवर्तन हुने “सौर्यमास” र चन्द्रमाको अबस्थिति अनुसार गणना हुने ” चन्द्रमास” को  मिश्रित रुप हो। हाम्रा चाडपर्वहरु केही सौर्यमासको गते अनुसार मनाइन्छ भने केही चाडपर्वहरु चन्द्रमासको तिथिका आधारमा मनाइन्छ। नव बर्ष, असार पन्द्र, साउने सक्रान्ती, पुस पन्द्र, माघे संक्रान्ति अथवा माघी आदि सौर्यमासको गतेका आधारमा मनाइने चाडपर्बहरु हुन। बुद्ध...

  • रोटरी करुणालयको अध्यक्षमा चुके निर्विरोध निर्वाचित

    भरतपुर/रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्त देवघाटको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट करुणालयको अध्यक्षमा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुके निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरु र करुणालयलाई विभिन्न किसिमले योगदान पु¥याउनुहुने महानुभावहरुलाई नगद जिन्सी र सम्मानपत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा करुणालयका निवर्तमान सचिब उत्तमलाल चुकेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष मित्रराज दवाडीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो...

  • सैनिक नमुना टोलविकास सस्थाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    सन्तोष देवकोटा भरतपुर/विजय दशमी, शुभ दिपावली, छट एवं ल्होसार पर्व २०७९ को उपलक्षमा सैनिक नमुना टोल विकास सस्थाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष अम्विका पौडेल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । वडादशैं, शभदिपावली लगायतका चाडवाडको शभकामना व्यक्त गर्दै प्रमुख अतिथी खनालले विकास र समृद्धिको लागि राजनीतिक स्थायीत्वको आवश्यकता रहेको वताउनु भयो । सस्थाका सदस्यहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष राम प्रसाद घले, पोदराज पौडेल, नरफागी गुरुङ एवं नेपाल अवुर्द रोग निवारण सस्था चितवन शाखाका सचिव कृष्णहरी तिमल्सेनालगायतले कार्यक्रममा शुभकामना...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल