• फोर्ब्स कलेजले निशुल्क आई.टी. तालिम संचालन गर्ने

      भरतपुर/टेक्निकल विषय अध्यापनको अग्रणी शैक्षिक सस्था फोर्ब्स कलेज भरतपुर -२, क्षेत्रपुरले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै आई.टी. सम्वन्धि निशुल्क तालिम संचालन गर्ने भएको छ । मंसिर २२ गतेवाट सुरु हुने निशुल्क तालिमको सम्पुर्ण तयारी पुरा भएको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । तालिम कार्यक्रममा ए प्लस, नेटवर्कीङ एण्ड साईबर सेक्युरिटी, सि सि एन ए लगायतका विषयमा प्रशिक्षण दिईने जानकारी दिँदै प्राचार्य पाठकले कलेजका शिक्षक तथा सोहि कलेजमा अध्ययनरत सिसिएनए सर्टिफाइड विद्यार्थीहरुले तालिम दिने वताउनु भयो । व्याचलर इन होटल म्यानेजमेन्ट र व्याचलर अफ कम्पुटर साईन्स, नेटवर्क टेक्नोलोजी एण्ड साईबर सेक्युरिटी विषयमा पढाई हुँदै...

    • आदर्श बचतको साधारणसभा सकियो

      भरतपुर/भरतपुर स्थित आदर्श बचत तथा ऋण सहकारी सस्था लिको २३ औ वार्षिक साधारणसभा आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन र आगामी नयाँ कार्यक्रम तथा योजना पास गर्दे बिहीबार सम्पन्न भएको छ । यहि मंसिर १२ गतेबाट सुरु भएको साधारणसभा क्षेत्रीय रुपमा सुझाब संकलन गर्दै सम्पन्न भएको हो । साधारणसभाको पहिलो दिन मंसिर १२ गते लक्ष्मि वैंकटेश्वर मन्दिर लंकुमा सुझाब संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथीमा पुर्व अध्यक्ष मीना खरेल, विष्णुमायाँ पुरी, इन्दु पण्डित, इन्दिरा सुवेदी रहनु भएको थियो । त्यसैगरि दोस्रो दिन १३ गते...

    • भरतपुरका सामुदायिक विद्यालयमा दरवन्दि मिलान, सवैभन्दा वढि नारायणी नमुनामा थपियो, वालकुमारी कन्यामा कटौती

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका नगर शिक्षा समितिले महानगर भित्रका सामुदायिक विद्यालयहरुमा दरवन्दि मिलान गरेको छ । लामो समयको प्रयास पछि भरतपुरमा शिक्षक दरवन्दि मिलानको कामले पुर्णता पाएको हो । नगर शिक्षा अधिकारीको संयोजकत्वमा गठित दरवन्दि मिलान कार्यदलले सिफारिस गरि महानगर प्रमुखको नेतृत्वमा रहेको निर्देशक समितिले पास गरेपछि नगर शिक्षा समितिले स्वीकृत गरेपछि दरवन्दि मिलानको काम अगाडी वढ्ने भएको हो । आगामी दिनमा उक्त निर्णय वमोजिम दरवन्दि मिलानको कामलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले कार्यान्वयनको तहमा अगाडी वढाउने छ । दरवन्दि मिलानको क्रममा भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयमा सवैभन्दा वढी शिक्षक दरवन्दि थपिएको छ भने वालकुमारी कन्या माध्यमिक विद्यालयमा...

    • हिमशिखा सहकारीको साधारणसभा सम्पन्न

      भरतपुर/भरतपुर १० स्थित हिमशिखा बचत तथा ऋण सहकारी संस्थाको १२औ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण सवै शेयरसदस्यहरुलाई एकै दिन सहभागी गराउन नसकिएको कारण तीन दिन लगाएर सहकारीको साधारणसभा सम्पन्न गरिएको हो । यहि कार्तिक २५ गते बाट शुरू भएको साधारणसभा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो । साधारणसभामा कोषाध्यक्ष देविप्रसाद पौडेलले आर्थिक र सचिव गंगा तिमिल्सिनाले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । सस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष तुलसि गुरुङले संचालन गर्नु भएको थियो भने पुर्व अध्यक्ष सम्भु त्रिपाठी लगायतको सहभागिता रहेको थियो । सहकारीमा ४१२ जना...

    • पत्रकार पराजुलीद्धारा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग

      भरतपुर/वरिष्ठ पत्रकार तथा लेखक वसन्त पराजुलीले शुक्रबार एक कार्यक्रमका विच अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गर्नु भएको छ । कुमाता कथासंग्रहका लेखक तथा पत्रकार पराजुलीले नानी बिवु फाउन्डेसनमा अक्षयकोष स्थापनार्थ पाँच हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुली र साहित्यक सर्जक नानी बिवुलाई सो रकम हस्तान्तरण गरिएको हो । गैंडाकोट निवासी स्रष्टा बिवुको अनुक्रोश उपन्यास प्रकाशित छ । पराजुलीले प्रथम दाताको रुपमा नानी बिवु फाउन्डेसनलाई आर्थिक सहयोग गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका सदस्यहरू लेखराम सापकोटा र शान्ति शर्माको उपस्थिति थियो ।

    • रंगशाला धान्याचल महोत्सव स्मारिका विमोचन

      भरतपुर/गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धान्याचल महोत्सव स्मारिका २०७७ विहीबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा विभिन्न अतिथीहरुले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् । कार्यक्रममा वोल्दै राष्ट्रिय सभा अन्र्तगत राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावलले हरेक व्यक्तिव्यक्तिको सहयोगमा सातै प्रदेशको प्रतिनिधित्व गर्दै चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु महत्वपूर्ण भएको बताएकी छन् । सभापति रावलले अहिलेको प्रतिकुल अवस्थामा पनि रंगशाला निर्माण भइरहनु खुसीको कुरा भएको बताइन् । राष्ट्रिय गौरवको आयोजना भएकोले पनि रंगशाला निर्माणमा तीनै तहको सरकारको साथ र सहयोग रहने उनले आश्वासन दिइन् । कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद विजय सुवेदीले...

    • एकैदिन १९१३ कोरोना संक्रमित थपिए, २३४९ डिस्चार्ज

      काठमाडौं/पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३४९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    • चिसापद्धारा साहित्यिक पुरस्कार वितरण

      भरतपुर/चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीबार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो । साहित्यकार जीवा लामिछानेले पिता खेमलाल लामिछानेको स्मृतिमा परिषद्ले वितरण गर्ने गरि स्थापना गरिएको चिसाप खेमलाल लामिछाने पुरस्कार २०७६ चितवनका चर्चित निबन्धकार रामबाबु घिमिरेलाई नगद रु ५० हजार ४५ सहित समर्पण गरिएको छ । यसैगरि परिषद्का पूर्व अध्यक्ष साहित्यकार राजकृष्ण कडेलको स्मृतिमा स्थापना गरिएको चिसाप राजकृष्ण कडेल साहित्य पुरस्कार २०७६ बीरगञ्जका उपन्यासकार गणेश प्रसाद लाठ र चितवनका कथाकार वसन्त पराजुलीलाई संयुक्तरूपमा प्रदान गरिएको छ । लाठको औपन्यासिक...

    • खाद्य स्वच्छता तालिम सकियो, पर्यटन विकासमा सहयोग पुग्ने विश्वास

      भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सम्पन्न दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम मंगलबार सकिएको छ । तालिमको समापन कार्यक्रममा वोल्ने वक्ताहरुले खाद्य स्वच्छता विना पर्यटन प्रवद्र्धन असम्भव रहेको वताएका छन् । पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको होटल व्यवसायमा खाद्य स्वच्छता नभएसम्म पर्यटन प्रवद्र्धनको कल्पना गर्न नसकिने वक्ताहरुको भनाई थियो । खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित तालिममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी श्रेष्ठले तालिमले शिवघाट क्षेत्रका होटलमा स्वच्छ खाद्यवस्तु उत्पादन गर्न सहयोग गर्ने...

    • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सुरु

      भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबारवाट दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सुरु भएको छ । होटल व्यवसायी संघ चितवन र होटल व्यवसायी संघ चितवन अन्तरगतको शिवघाट इकाईसंगको सहकार्यमा आयोजना गरिएको तालिममा शिवघाट क्षेत्रका २० जना होटल संचालकहरुको सहभागिता रहेको छ । खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित तालिममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै विशेष अतिथी श्रेष्ठले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो । तालिम लिनु ठुलो कुरा नभएको वताउँदै तालिमले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल