• होटल व्यवसायी संघ चितवनको स्थापना दिवस सम्पन्न

      भरतपुर/चितवन जिल्लामा संचालित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनको स्थापना दिवस मनाईएको छ । रजत महोत्सवको पुर्वसन्ध्यामा शनिबार एक समारोहका विच संघको कार्यालय भरतपुर २ आँपटारीमा स्थापना दिवस मनाईएको हो । होटल व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष जिवलाल सापकोटा प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा केक काटेर संघको स्थापना दिवस मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले व्यवसायीक विकासको लागि एकता आवश्यक भएको वताउँदै एक अर्काको समस्यामा सम्पुर्ण व्यवसायी एकजुट हुनपर्नेमा जोड दिनु भयो । होटल व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक रहेको वताउँदै स्थानीय प्रशासनले होटल व्यवसाय माथि हेर्ने नजर परिवर्तन हुनुपर्ने वनाउनु भयो ।...

    • भरतपुर ८ मा बिकास निर्माणले गति लियो

      भरतपुर/स्थानीय निकायको निर्वाचन पछि भरतपुर महानगरपालिका वार्ड नं. ८ ले बिकास निर्माणमा कोल्टे फेरेको छ । वडा भित्रका अधिकाँस बाटाहरु कालोपत्रे भएका छन् भने प्रत्येक टोलमा सडक बत्ती र खानेपानीको सुबिधा भएपछि स्थानीय सरकार भएको आभाष जनताले गर्न पाएका छन् । वडाको बजेट, महानगरको बजेट, प्रदेश सरकारको बजेट तथा केन्द्रिय सरकारको बजेटलाई चरणबद्ध रुपमा प्रयोग गरेर बिकास निर्माणको कामलाई अगाडी बढाईएको वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपाने बताउनुभयो । आफ्नो अधिकारक्षेत्र भित्र रहेर जनताको लागि काम गर्दै आएको अध्यक्ष न्यौपानेको भनाई छ । यस आर्थिक बर्षमा पहिलो तीन महिनामा वडा भित्र करिव दुई किलोमिटर भन्दा बढी सडक कालोपत्रे...

    • चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघ लि.को साधारणसभा सम्पन्न

      भरतपुर/चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघ लि.को सातौं साधारणसभा विहीबार भरतपुरमा सम्पन्न भएको छ । संघमा आवद्ध विभिन्न बहुउदेश्यीय सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेल प्रमुख अतिथी रहनु भएको थियो । चितवन जिल्ला बहुउदेश्यीय सहकारी संघ लिका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रम संघका उपाध्यक्ष जयलाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा हंस वहुउदेश्यीय सहकारी सस्था नारायणगढकी सचिव शारदा शर्मा पौडेल, माडी वहुउदेश्यीय सहकारी सस्था लिका अध्यक्ष विष्णु आचार्यलगायतले वोल्नु भएको थियो ।

    • जापानिज भाषाको पुस्तक ‘वाकारि यासुइ निहोनगो’ वजारमा, जापान जाने विद्यार्थीलाई कोषेढुंगा सावित हुने विश्वास

      भरतपुर/चितवनको स्थापित भाषा प्रशिक्षकको रुपमा परिचित दिपक चन्द्र भट्टराईले जापानिज भाषा पढ्न चाहनेहरुको लागि अतिनै उपयोगि पुस्तक नेपाली वजारमा ल्याउनु भएको छ । अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुलाई उक्त पुस्तक मार्गदर्शकको रुपमा लिइएको छ । शहिदचोक नारायणगढ स्थित निप्पोन एजुकेशनल सेन्टरका प्रमुखसमेत रहनु भएका दिपक चन्द्र भट्टराईले कोरोना संक्रमण र लकडाउनको वावजुद विद्यार्थी एवं अभिभावकहरुको मागलाई मध्यनजर गर्दै पुस्तक प्रकाशन गरेको जानकारी दिनु भयो । लेखक भट्टराईको पहिलो पुस्तक ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक भएसंगै जापान जान चाहाने र भाषा अध्यनको क्रममा रहेका विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । जापानिज भाषा सिक्न चाहने सबैखालका विद्यार्थीहरुको लागि उक्त पुस्तक उपयोगी...

    • चितवन रोटरीद्धारा शैक्षिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवन र रोट्रयाक्ट क्लब अफ चितवनको संयुक्त आयोजनामा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि भरतपुर १७, गोब्रेनी स्थित श्री आधारभूत विद्यालयमा शैक्षिक सामाग्री, मास्क, स्वास्थ्य सामग्री, स्यानिटाईजर वितरण तथा हातधुने कार्यक्रम सम्पन्न भएको छ । चितवन रोटरी क्लबका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम रोट्रयाक्ट क्लव अफ चितवनका अध्यक्ष रोशन खरेलले सञ्चालन गर्नु भएको थियो भने चितवन रोटरी क्लबका मनोनित अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वोल्दै चितवन रोटरी क्लबका अध्यक्ष रोशन पियाले कोरोना महामारीकै बीचमा विशेष सतर्कता सहित विद्यालय सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै कोरोना विरुद्धको लडाइँमा चितवन रोटरी क्लब निरन्तर लागिरहेको...

    • चितवन रोटरीको कोरोना संक्रमण नियन्त्रण अभियान जारी

      भरतपुर/रोटरी क्लव अफ चितवनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस)को संक्रमण नियन्त्रण अभियान चलाएको छ । क्लवले पछिल्लो समय कोरोना संक्रमणसंग जुध्न विभिन्न कार्यक्रम संचालन गरेको छ । कोरोना संक्रमणको संभावित क्षेत्रमा संक्रमण न्यूनिकरण गर्न क्लवले संचालन गरेको अभियान जारी रहेको रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले जानकारी दिनुभयो । सोहि अभियान अन्तरगत विश्व हात धुने दिवसको अवसरमा रोटरी क्लव अफ चितवन र रोट्रयाक्ट क्लब अफ चितवनको संयुक्त आयोजनामा बिहीबार भरतपुर ३ स्थित श्री चमेली देवी माध्यमिक विद्यालयमा हातधुने तथा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । चितवन रोटरी क्लबका अध्यक्ष रोशन पिया र रोट्रयाक्ट क्लब...

    • चितवन रोटरीद्धारा सहयोग सामाग्री हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेसन केन्द्र योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ । उक्त आइसोलेसन केन्द्रमा उपचाररत विरामीहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री एवं खेलकुदका सामाग्री हस्तान्तरण गरिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर एवं कार्यक्रमका प्रमुख अतिथी राजिव पोख्रेलले चिकित्सालयका अध्यक्ष कमल बहादुर मल्ललाई इलेक्ट्रिक गिजर, स्प्रेयर, होलोजेन लाईट, क्यारेम्वोड लगायतका खेल सामाग्री, मास्क, स्यानीटाईजर लगायतका सामाग्री हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा वोल्दै गभर्नर पोख्रेलले उच्च मनोवलले कोरोना जित्न सहयोग गर्ने वताउँदै केन्द्रमा उपचाररत विरामीलाई मनोवल उच्च...

    • होटल व्यवसायी संघ चितवनको अध्यक्षमा श्रेष्ठ

      भरतपुर/कोरोना भाइरसको कारण सवैभन्दा वढि प्रभावित क्षेत्रको रुपमा लिइएको होटल व्यवसायको छाता सस्था होटल व्यवसायी संघ चितवनको २५औँ साधारणसभा तथा १२ औँ अधिवेशन सोमबार नारायणगढमा सम्पन्न भएको छ । सरकारले घोषणा गरेको स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पुर्ण रुपमा पालना गरि उद्योग वाणिज्य संघ चितवनमा आयोजना गरिएको साधारणसभा तथा अधिवेशनले संघको नयाँ कार्य समिति समेत चयन गरेको छ । अधिवेशनवाट होटल व्यवसायी संघ–चितवनको अध्यक्षमा दिल कुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको विधान अनुसार उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा केशव हड्खोले, लोकनाथ भट्ट ‘कृष्ण’, कमला गुरुङ्ग, थानेश्वर सापकोटा रहनुभएको छ । यसैगरी, महासचिवमा गोपाल श्रेष्ठ, सचिवमा रामबहादुर...

    • यो वर्ष नयाँ नोट नपाईने

      काठमाडौं/विगतका वर्षहरुको दशैमा जस्तो यस वर्ष नयाँ नोट नपाईने भएको छ । विशेष गरि नेपालीहरुको मुख्य चाड दशैलाई लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेको थियो । तर यो वर्ष कोरोना संक्रमणको कारण दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको हो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो । नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण...

    • चितवन रोटरीको न्यानो कपडा सहयोग

      भरतपुर/नजिकिदै गरेको चाडवाड र जाडो मौसमलाई मध्यनजर गर्दै रोटरी क्लव अफ चितचवनले भरतपुर स्थित चितवन मानव सेवा आश्रमलाई न्यानो कपडा सहयोग गरेको छ । रोटरी क्लव अफ चितवनको तर्फबाट अध्यक्ष रोशन पियाले दसैंको लागि चितवन मानव सेवा आश्रमा आश्रीत ४६ जना बुबा आमा तथा बच्चाहरूको लागि न्यानो कपडा वितरण गर्नुभएको हो । उक्त कार्यक्रममा क्लका पुर्व अध्यक्ष शरद गोपाल न्याच्छौं, निर्वाचित अध्यक्ष होम बहादुर बस्नेत, कोसर्जेँट आर्म जनक ढकल मानव सेवा आश्रमको तर्फबाट सचिव देवी अचार्य लगायतको उपस्थिती रहेको थियो । रोटरी क्लव अफ चितवनले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको छ । सो अवसरमा क्लवका अध्यक्ष रोशन पियाले...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल