• रत्ननगरका नगर प्रमुखलाई कोरोना पुष्टि

      भरतपुर/पुर्वी चितवनको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो । नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वावस्थ्य अवस्था सामान्य छ । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।

    • मलमास, के गर्ने के नगर्ने ?

      काठमाण्डौं/असार १ गतेबाट मलमास सुरु भएको छ । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउनुहुन्छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन,...

    • साधारणसभाको तयारी गर्न सहकारी विभागको निर्देशन

      काठमाडौं/सहकारी विभागले सहकारीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन गरेको छ । उक्त निर्देशन संगै सहकारी संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको छ । बिहीबार सहकारी विभागले एक सूचना जारी गर्दै समयमै साधारणसभा गर्ने गरि तयारी थाल्न भएको छ । विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ । सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य...

    • मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्यको निर्देशन

      काठमाडौं/मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेसंगै मन्त्रालयले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वस्थ्य मन्त्रालयको निर्देशन संगै शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम बन्द हुने भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् ।

    • असोज १ गतेबाट होटल तथा रेष्टुरेण्ट पनि खुल्ने

      काठमाडौं/सरकारले अन्तरिक हवाई उडान संगै होटल तथा रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सावधानी अपनाएर होटल तथा रेष्टुरेण्ट संचालन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए । व्यवसाय संचालन गर्दा मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने समेत मापदण्डमा व्यवस्था गरिएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत...

    • असोज ५ गतेवाट लामो दुरीको यातायात र आन्तरिक उडान खुल्ने

      काठमाडौं/सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक जिल्लावाट अर्को जिल्लामा जान पाउने गरि लामो दुरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो । चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

    • निषेधाज्ञाले पारेको असर बारे प्रमुख जिल्ला अधिकारीसंग मानव अधिकार सन्जालको छलफल

      भरतपुर/कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाले मानव जीवनमा पारेको असरबारे आइतबार भरतपुरमा छलफल गरिएको छ । मानव अधिकार सन्जाल चितवनको टोलीले कोरोना संक्रमण र निषेधाज्ञाले देखिएको असरको वारेमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसंग छलफल गरेको हो । छलफल कार्यक्रमा सन्जालको तर्फबाट कोभिडको कारणवाट अन्य रोगका मानिसहरूले उपचार नपाएर मृत्युु हुन पुगेको, सरकारि कार्यलय, ब्यापार ब्यवसाय, बैंक वित्तीय सस्था, उद्योग सन्चालन गर्न दिने तर सेवाग्राहीलाई अनावश्यक सुरक्षाकर्मीहरुले अफ्ठ्यारो वनाएको, धानको उत्पादनको समयमा मलको अभाव भएको, सुरक्षाकर्मीले सुरक्षाका आवश्यक मापदण्ड पूरा नगरि चेक जाँच गरेको, केहि सरकारी कार्यलयमा सुरक्षाका उपायहरू प्रयोग नगरि सेवा दिएको, ईन्टरनेट प्रदायक सस्थाहरुले धेरै एमविपिएसको रकम...

    • पाण्डेलाई स्वागत, तिवारीको विदाई

      भरतपुर/भरतपुर अस्पतालमा आइतबार स्वागत तथा विदाई कार्यक्रम संगै सम्पन्न भएको छ । अस्पताल परिषरमा अस्पतालका नव नियुक्त मेडिकल सुपरिटेण्डेन्टको स्वागत एवं निवर्तमान मेडिकल सुपरिटेण्डेन्टको विदाई गरेको हो । भरतपुर अस्पतालले आइतबार ४१ औ मेसु डा. राजन पाण्डेलाई स्वागत गरिएको हो भने ४० औ मेसु डा. श्रीराम तिवारीलाई बिदाई गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष डा. भोजराज अधिकारी सहित पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    • अब मात्र दुई हजारमा पीसीआर परीक्षण

      भरतपुर/पीसीआर परिक्षणको लागि चर्को मुल्य तिर्दै आएका आम नागरिकले अव दुई हजार रुपैयामा सेवा लिन पाउने भएका छन् । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएर दुई हजार रुपैया कायम गरेको हो । सरकारको यो निर्णय संगै आम मानिसहरुलाई पीसीआर परिक्षणमा थप राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी...

    • होटल सञ्चालनको माग गर्दै सिडियोलाई ज्ञापनपत्र

      भरतपुर/होटल व्यवसायी संघ चितवनले कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञको कारण वन्द अवस्थामा रहेका होटलहरु संचालन गर्न पाउनु पर्ने माग गरेको छ । लामो समयसम्म होटल तथा रेष्टुरेण्टहरु बन्द हुँदा व्यवसायीहरु मारमा परेको वताउँदै संघले आइतबार होटल व्यवसाय संचालनको माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाएको हो । घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । कोरोना (कोभिड १९) का कारण लागु गरिएको लकडाउन र निषेधाज्ञाका कारण सबैभन्दा...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल