बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेसन १२ जुलाई, युएई ।’हाम्रो गौरव हाम्रो सान, बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ बिर्घा स्याङ्जा सहयोग समाज युएईको तेस्रो अधिबेशन बरदुबईमा सम्पन्न भएको छ । कार्यक्रममा कृष्ण पाण्डेको सभापतित्वमा तथा स्याङ्जा सहयोग समाजका बरिस्ठ उपाध्यक्ष प्रेम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कायृक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा समाजका सचिब कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गर्दै समाजले स्थापनादेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित, सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी गराएका थिए । समाज स्याङ्जा जिल्लाको बिर्घा गबिसबाट...
आफ्नो नेतृत्व हरेक अमेरिकन नेपालीहरुको पहिलो आफ्नो घर वा सस्था एनआरएन हो भन्ने भावनाको बिकसित गराउ आव्हान गर्दै महिला संयोजक मा उम्मेद्वार दिनु भएको इन्दिरा त्रिपाठी ले अपिल गर्नु भएको विज्ञप्ति ::: नमस्कार !!! सम्पूर्ण अमेरिकामा रहनु भएका NRNNCCUSA का प्रत्याशी अदक्ष्यहरु केशब पौडेल, गौरी जोशि , रबिना थापा , कृष्ण पोख्रेल र राम पोख्रेल ज्यू लगाएत सम्पूर्ण सदस्यहरुलाई, आदरणीय अग्रजहरू, एनआरएन अभियंताहरू, पत्रकार मित्रहरू, कलाकार मित्रहरू, समाजका समाजसेवीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरू लगायत पूर्व मेचि देखी पस्सिम महाकालीकाबाट अमेरिकाको बिभिन्न राज्यमा पाल्नु भयको आमा बुवा दाज़ु भाई दीदी बैनिहरूलाई मेरो न्यानो अभिवादन राख्न चाहन्छु | NRN को “एक...
पेशाले इन्जिनियरिंग-कन्ष्ट्रक्सन कम्पनिमा लामो समयदेखि आवद्ध थलराज पन्तले बोर्ड अफ डाईरेक्टरमा उम्मेदवारी दिनु भएको छ । विगत १३ बर्षदेखि टेक्सासमा बस्दै आएका पन्त एन. आर. एन. – एन. सी. सी. अमेरिकाको लाईफ़ टाईम मेम्बर, जनसंपर्क समिति डालास च्याप्टरको सल्हाकार एवं फाउण्डिंग मेम्बर, टेक्सासमा रहेको एक मात्र नेपाली मन्दिरको फाउण्डिंग मेम्बर तथा बोर्ड अफ ट्रष्टी, टियू-लाईन्स ब्लड ट्रान्सफ्यूजन तथा रिसर्च सेन्टरको फाउण्डिंग मेम्बर, यू.एस.ए.-नेपाल कम्यूनिटी आऊटरिच नेटवर्क संस्थाको फाउण्डिंग डिरेक्टर, डालास एभरेष्ट लायन्स क्लवको प्रथम उपाध्यक्ष्य, ब्लड डोनर अफ अमेरीकाको लाईफ़ टाईम मेम्बरका साथै डालासका नेपाली ब्यापारी हरूको संस्था यती चेम्बर अफ कमर्सको संस्थापक कार्यकारी सदस्य हुँदै विभिन्न संस्था मार्फत...
कतारमा नेपाली कामदारलाई १२ लाख रुपैया पुरस्कार कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको छ । खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए । फिरोजले आफु उत्कृष्ट भएपछि निकै उत्साहित भएको वताए । त्यस कम्पनीले आफ्ना भुकुम्प पीडित कामदारको भवन बनाउन समेत सहयोग गरेको थियो । त्यसको लागि पीडित कामदारहरुलाई झन्डै ५ लाख रियाल सहयोग गरेका थिए ।
डालस, टेक्सास। नेपाली समाज टेक्सासले जुलाई १६ देखि ३० सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा १५ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली समाज टेक्सासका अध्यक्ष श्री कृष्ण लामिछानेले जानकारी गराउनु भएको छ। प्रवासी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा बालबालिकाहरु हाम्रो सामाजिक दायराबाट फुत्किने र त्यसले परिवार र समाजले...
अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्ने अनुमति चाहन्छु । नेपालको लमजुगं जिल्लामा जन्मेर प्रारम्भिक विद्यार्थी जीवन चितवनमा विताएको थिएँ । लमजुगंवाट बसाईसराईसंगै हाम्रो परिवार चितवन रत्ननगर नगरपालिकामा स्थायी रूपमा बसोवार गरेका थियौँ । सन् १९९७ मा म उच्चशिक्षा अध्ययनका लागि अमेरिका आएको हुँ । अमेरिकामा शुरुवाती चरणमा मैलेपनि धेरै दुख्ख र हण्डरहरु भोगें । अमेरिका लगायत प्रवासमा बस्ने सबै नेपालीका जस्तै मेरा...
कोलोराडो(अमेरिका)- एनआरएन अमेरिका कोलोराडो च्याप्टरमा पदाधिकारीहरू निर्विरोध चयन हुने भएका छन् । कोलोराडो च्याप्टर अध्यक्ष, उपाध्यक्ष लगायतका पदमा एक जनाको मात्र उम्मेदवारी परेको बताइएको छ । च्याप्टर अध्यक्ष पदमा राज (लिलानाथ) ढुंगानाको मात्र उम्मेदवारी परेको छ । उनी यस अघि च्याप्टरमा उपाध्यक्ष थिए । वर्तमान च्याप्टर अध्यक्ष वासुदेव खनालले भने एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कुमारजंग कार्की, सचिवमा राम सी पन्त र कोषाध्यक्षमा शंकर गुरुगंको मात्र उम्मेदवारी परेको जानकारीमा आएको छ । सदस्यमा मछेन्द्र श्रेष्ठ, पद्मराज तामागं लगायतले उम्मेदवारी दिएको जानकारी एनआरएन कोलोराडो च्याप्टरका पदाधिकारीले दिएका छन् । एनआरएन अमेरिकामा आउने कार्यकालका लागिउम्मेदवारी दिने समय...
टेक्सस(अमेरिका)- टेक्ससको ड्यालसमा बस्दै आउनुभएका राम सी पोखरेलले एनआरएन अमेरिकाको अध्यक्षमा शनिबार उम्मेदवारी दिनुभएको छ । वर्तमान उपाध्यक्ष समेत रहेका पोखरेलले आफ्नो कुनै प्यानल भन्दा पनि अमेरिका भर रहेका सबै नेपालीलाई समेटेर उम्मेदवारी दिएको बताएका छन् । एनआरएन साझा संस्था भएकोले आफू प्यानल वा गुट भन्दा पनि सबैको साझा अध्यक्ष भएर एनआरएन सञ्चालन गर्ने उद्धेश्यका साथ अध्यक्षको उम्मेदवार भएको पोखरेलले बताएका छन् । वर्तमान बोर्डमा रहँदा पनि आफू सदैव न्याय र एनआरएन संस्थाको हितमा लागेको बताउँदै पोखरेलले आफू एनआरएन सुधारको मुख्य योजना बोकेकाले सबैको साथ र समर्थन पाउने पोखरेलको दाबी छ । पोखरेलले निम्न एजेण्डा समेत अगाडि सार्नुभएको छ: –...
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको टेक्सस च्याप्टरको अध्यक्षमा मैले दुई साता अघि उम्मेदवारी घोषणा गरेपछि नेपाली समुदाय तरंगीत भएको महसुस भएको छ । विशेषगरि ड्यालस, अस्टिन, ह्युस्टनमा रहनुभएका नेपाली समुदायमा मेरो उम्मेदवारीको विषयमा निकै चासो व्यक्त भएको मैले व्यक्तिगत रुपमा र मित्रजन, आफन्तहरु मार्फत महसुस गरिराखेको छु । मैले उम्मेदवारी किन दिनुपर्ने अवस्था आयो भन्नेतिर जानुभन्दा अघि म को हुँ भन्नेबाट प्रसंग अघि बढाउने अनुमति चाहन्छु । सन् १९९७ मा उच्चशिक्षा अध्ययनको योजना बुनेर नेपालको भरतपुरबाट अमेरिका आइपुगेको थिएँ म । जतिखेर नेपाली समुदाय असाध्यै पातलो थियो अमेरिकामा । अझ टेक्ससमा त निकै कम थियौँ नेपालीहरु । आजजस्तो...
टेक्सास (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा डालसका समाजसेवी कृष्ण लामिछाने निर्विकल्प उम्मेद्धारमा दरिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा तल्लिन हुनुहन्छ । हाल नेपाली समाज टेक्सासका अध्यक्ष लामिछानेले नेपाली जन सम्पर्क समितीको संस्थापक महासचिव, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापती, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटिसक्नुभएको छ । समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु लामिछानेले भन्नुभयो- “सबैको...
भरतपुर/भरतपुर वीरेन्द्र क्याम्पस गेट अगाडि अत्याधुनिक सुविधा सम्पन्न ग्रिन लेफ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । रेष्ट्रोमा थकाली,...
काठमाडौं/अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि...
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा मेघौलीमा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सम्पन्न भएको छ...
भरतपुर/होटल व्यवसायी संघ चितवनले बिहीबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरेको छ । हालै जिल्ला...
भरतपुर/हंस वहुउदेश्यीय सहकारी सस्था चितनवनको आयोजनामा सोमबार गोलाघाटमा अन्तरक्रिया एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । सहकारीका शिक्षा समितिका...