भरतपुर/लोकप्रिय गायिका एवम् नायिका तुलसी क्षेत्रीको पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ“ बजारमा आएको छ । क्षेत्रीको अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ । तुलसी क्षेत्रीको यो लोक तथा दोहोरी गीत मायाप्रेममा केन्द्रीत रहेको छ । एक अर्काको रुप, सुन्दरता, बोली, व्यवहार र आनीबानीले मोहनी लगाएकोले मोहनी फुकाई देउ भन्दै गीतमा अनुनय बिनय गरेका छन् । गायक गायिका सङ्गै अन्य थुप्रै कलाकारहरुलाई पनि यस गीतको भिजुयलमा देख्न सकिन्छ । गीत र गीतको भिजुयल निकै दमदार बनेको आम दर्शकको भनाई...
बालकृष्ण खनाल देशको अबस्था बुझ्न त्रिशूलीमा बालुवा चाल्ने आमाहरूलाई हेर्नुपर्छ मात्र छाक टार्नकै लागि अरूको भित्तो टाल्ने आमाहरूलाई हेर्नुपर्छ । ईन्डक्सन चुलो र बिजुली गाडीको कुरा गरेर मात्रै हुँदैन है सरकार पहिला बत्तिलाई झरो र चुल्होमा दाउरा बाल्ने आमाहरूलाई हेर्नुपर्छ ।
बालकृष्ण खनाल सम्बन्ध हेर्दा नदेखिने तर नहुँदा महशुस हुने नून जस्तै हुनुपर्छ बरू बाहिर आफू चिसिएर भित्र न्यानो दिने ऊन जस्तै हुनुपर्छ । देखिन नक्कली पनि सक्कली जस्तै देखिन्छ जलप रहँदासम्म जतिसुकै कसी लाएनी फरक नपर्ने अकबरी सुन जस्तै हुनुपर्छ । लाखौं भएर न उज्यालो दिने धर्तीमा न बाटो देखाउने तारा भन्दा एक्लै झुल्किएर संसारलाई उज्यालो बनाउने जून जस्तै हुनुपर्छ । वाक्य एउटै हो कुनैले दवाई हुन्छ कुनैले तवाही हुन्छ जगतमा वोली त सुनेरै निदाईने आमाको मिठो लोरी धून जस्तै हुनुपर्छ । बर्षाैँ सम्म सहेर नि आँधीहुरी, घामपानी कयौँ असहजताहरू पलपल घर चम्काईरहने भित्तामा पोतिएको चून जस्तै हुनुपर्छ ।
बालकृष्ण खनाल आँगन भरि सयपत्री र मखमली फूले फूलसँगै संझनाका ती पाना पनि खुले । टालाटुली, भाँडाकुटी बालापनका खेलहरू जित्नलाई गरेका ती मिठा मिठा झेलहरू । एकएक गरि मनका तरेलीमा उनिएर आए सम्झीसम्झी रोयो मन आँखा सुनिएर आए । उनी दुखी हुँदा सँगै रून्थे हाँस्दा सँगै हाँस्थे सजाउँला कुनै दिन पुतली झैँ भन्ने रहर साँच्थेँ । उमेर छँदै अनायासै भगवानकी भएर गईन मनका ईच्छा मनमै मर्दा आँखा हुन्छ मईन । अधुरो लाग्छ भाईटिका उनी विना जैले बोलाउँछिन कि तगराबाट लाग्छ मलाई कैले । मनमा सँधै ताजै छ्यौ तिमी जाँहाँ भए पनि याद मात्रै यता छोडी तिमी पर गए पनि...
बालकृष्ण खनाल मन अल्ली कस्तो भारी अनि समय बिरानी थियोे खै के ले हो कुन्नी छेउमै भिजेको सिरानी थियो । धमिलो देखियो दृश्य पनि रसाए कि नयन लाग्यो छामी हेरेँ नभन्दै दुई आँखा भरि पानी पानी थियो ।
बालकृष्ण खनाल अक्सर दुई आत्मिक मनहरूको विचमा भुगोलको एउटा दुरी हुन्छ बाहिर देखिँदैन भित्रभित्रै रेटिईरहने परिस्थितिको एउटा छुरी हुन्छ । मिलन गराउने चाहना नहुने त काँहाँ होला र खै ? देउतालाई पनि सायद भगवानको समेत आफ्नै किसिमको बाध्यता र मजवुरी हुन्छ ।
बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।
बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।
बालकृष्ण खनाल यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन । झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।
बालकृष्ण खनाल भरतपुर, चितवन कहिले महाकालीले, विवादित बनायो यो देशलाई कहिले एमसिसिले, विभाजित बनायो यो देशलाई । राष्ट्रिय मुद्दामा पनि समान धारणा बनाउन नसक्दा विना मतलवमा, आन्दोलित बनायो यो देशलाई ।
भरतपुर/यहि जेठ ६ गते शुक्रवार साँझ र ८ गते आइतवार आएको हावाहुरीको कारण भरतपुर १० स्थित मैयाँदेवी कन्या कलेजमा...
भरतपुर/रोटरी क्लव अफ चितवनले बुधबार बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा छात्रवृत्ति वितरण गरेको छ । क्लबले कक्षा ९ बाट सर्वोत्कृष्ट...
भरतपुर/कोभिड १९ को संक्रमण तथा विविध कारणवश वितरण गर्न बाँकी रहेका छात्रवृत्ति, पुरस्कार र पदकहरु बालकुमारी माध्यमिक विद्यालयले बुधबार...
भरतपुर/यहि बैसाख ३० गतेको लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदबार तथा...
सन्तोष देवकोटा भरतपुर\भरतपुर ४ लंकु स्थित नहरछेउमा क्युमिन रिसोर्ट संचालनमा आएको छ । पुर्ण पारिवारिक वतावरण सहितको उक्त रिसोर्ट...