• मुक्तकः चाहन्छु म

    बालकृष्ण खनाल तिम्रो सफलताको एउटा सानो हिस्सा बन्न चाहन्छु म तिम्रो जिन्दगीको एउटा सुन्दर किस्सा बन्न चाहन्छु म । व्यबहारबाटै सम्बन्धको औचित्यताको पुष्टि गर्न सक्ने तिम्रो भरोसाको एउटा मजबुत निस्सा बन्न चाहन्छु म ।

  • मुक्तकः आएँ

    बालकृष्ण खनाल हिजो तिम्ले जाँहाँ पाईला टेक्यौ त्याँहाँ मैलेपनि टेकेर आएँ थोरै मात्र भए पनि मनोरम प्राकृतिक छटाहरू देखेर आएँ । तर प्लीज मलाई माफ गरिदेउ है, मेरो प्रिय मनको मान्छे तिमीलाई नसोधि सुटुक्क हाम्रो नाम, ढुङ्गामा खोपेर आएँ ।

  • मुक्तकः छैन

    बालकृष्ण खनाल यो कंक्रिटको शहरमा बंगला छन् गाडी छन् तर मान्छेहरूको मन छैन डिस्को र बारमा खर्चिने पैसा छन् तर ढोका उभिने जोगीलाई धन छैन । झन् बालक देखि बृद्धसम्म पवजी र टिकटकमा रमाउन थाले देखि त ककटेल भएको छ धर्म संस्कृतिमा पनि कतै केही मौलिक पन छैन ।

  • मुक्तकः यो देशलाई

    बालकृष्ण खनाल भरतपुर, चितवन कहिले महाकालीले, विवादित बनायो यो देशलाई कहिले एमसिसिले, विभाजित बनायो यो देशलाई । राष्ट्रिय मुद्दामा पनि समान धारणा बनाउन नसक्दा विना मतलवमा, आन्दोलित बनायो यो देशलाई ।

  • गजलः जिन्दगानी

    बालकृण खनाल भरतपुर, चितवन घडी पला दिन गर्दै चल्छ जिन्दगानी थाहै हुन्न कुन बेला ढल्छ जिन्दगानी । उमेर छँदा सान सौकत सवै दायाँबायाँ त्यसै त्यसै धप धपी बल्छ जिन्दगानी । भान हुन्छ कसैलाई संसारै छ बसमा लाग्छ यसैगरी फूल्छ फल्छ जिन्दगानी । हेर्दाहेर्दै समयले नेटो काट्छ आँखै अघि पत्तै नपाई भित्र भित्रै गल्छ जिन्दगानी । स्थायी छैन केहिपनि नाशवान सवै यहाँ आखिरीमा खरानी भई जल्छ जिन्दगानी ।

  • गजलः हेर्नुस्

    बालकृष्ण खनाल भरतपुर, चितवन मख्ख नपर्नुस् छिमेकीको कुनै सहयोगमा उसको दाउमा हेर्नुस् बदलामा सिमाना काँहाँ छ मिचिएको बोर्डर छेउ छाउमा हेर्नुस् । मझधारमा हुनुहुन्छ सिंगै देश बोकेर हिँडनु भएको छ काँधमा दाँयाँवाँयाँ नजर लाउने छुट छैन मात्र आफू सवार नाउमा हेर्नुस् । महंगीले आकाश छोएको छ ठगिएका छन् किसान र ग्राहकहरू जानुस् पहिला विचौलिया र साहुले तोक्ने बजार भाउमा हेर्नुस् । तपाईंले केही कुरा पनि सोध्नै पर्दैन आफ्ना सल्लाहकारहरू सँग आँफैले उठाउने हरेक कदम, टेक्ने धर्ती अनि आफ्नै पाउमा हेर्नुस् । देश दुखेको हेर्न कहिँ टाढा जानू पर्दैन प्लेन र हेलिकप्टरहरूमा रगतमा लतपतिएका सहिदका सपना र घाइतेका घाउमा हेर्नुस्...

  • मुक्तकः स्वतन्त्र

    बालकृष्ण खनाल भरतपुर, चितवन शकुनि र दूर्याेधनको वैशाखीमा धुन्धुकारी हिने अरे पहिल्यै देखि बैना लगाको घरको भाउ नि छिने अरे । सुने, खुल्ला भाछ विज्ञापन नि खाली कोठा भर्नलाई छिट्टै गए मन परेको कोठाहरू छानी छानी दिने अरे ।

  • गजलः अछाम एक संझनामा

    बालकृष्ण खनाल भरतपुर, चितवन फूलोटको उकालोमा भेटिएकि गोरी बाजुराकी मैयाँ हौ कि अछामकी छोरी ? चट्ट परि कता हो नि पल्लो गाउँ कि घट्ट पिठ्युँमा नि भारी रैछ कोदो हो कि तोरी ? बाटो काट्न सजी हुन्थ्यो यसो बोल्न पाए मिल्छ भने दुई चार वात मारम न त मोरी । मेरैलाई हो ठानुँ भने बोली वचन भाको छैन कस्का लागि हिँडेकी हौ छड्के कपाल कोरी । नागवेली चाल तिम्रो मन्द मुस्कान ओठले फर्कि फर्कि हेर्दै मैयाँ लग्गौ नि मन चोरी । कहिले त एकै भेट नि काफी हुन्छ मायाँ बस्न नपत्याए तिम्रो तस्बिर हेर मेरो दिल यो फोरी ।

  • मुक्तकः हजुरको

    बालकृष्ण खनाल भरतपुर, चितवन कहिले दायाँ कहिले वायाँ छ हजुरको जता जान्छु त्यतै त्यतै छायाँ छ हजुरको । प्रेमिल लाग्छ किन किन वातावरण नै सबै सायद वरिपरी मायाँ नै मायाँ छ हजुरको ।

  • मुक्तकः काम लाग्छ यार

    बालकृष्ण खनाल भरतपुर, चितवन गोरो मात्र हैन कहिलेकाहीँ कालो पनि काम लाग्छ यार मौका पर्दा कुनामा फालेको टालो पनि काम लाग्छ यार । बरू आफ्नाकै सहयोग नहुन सक्छ स्वार्थी यो दुनियाँमा ठाउँमा हुनु पर्छ दुश्मनको सालो पनि काम लाग्छ यार ।।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल