• मुक्तकः काम लाग्छ यार

      बालकृष्ण खनाल भरतपुर, चितवन गोरो मात्र हैन कहिलेकाहीँ कालो पनि काम लाग्छ यार मौका पर्दा कुनामा फालेको टालो पनि काम लाग्छ यार । बरू आफ्नाकै सहयोग नहुन सक्छ स्वार्थी यो दुनियाँमा ठाउँमा हुनु पर्छ दुश्मनको सालो पनि काम लाग्छ यार ।।

    • मुक्तकः डगमगाएको छैन

      बालकृष्ण खनाल भरतपुर, चितवन तेल विनाको यो दियो कहिँ कतै, जगमगाएको छैन माली विनाको यो फूल कहिँ कतै, मगमगाएको छैन । अटल आस्था र भरोसाको जगमा उभिएको छ नाता त्यसैले विश्वास बुलन्द छ कहिँ कतै डगमगाएको छैन ।

    • विपत्तिमा धैर्यता गुमाउनु हुदैन

      नारायण रेग्मी उफ्रदै जाँदा दुइवटा भ्यागुताहरु तताईरहेको पानीको कराईमा परे।कराईबाट बाहिर निस्कन प्रयत्न गरे तर दुबै भ्यागुता सफल भने हुन सकेनन् । कराईको पानीको तापक्रम बढ्दै जान थाल्यो । दुबै भ्यागुताहरुले अगाडिको बाटो असहज देखे । दुई मध्येको एक भ्यागुताले बिस्तारै ज्यान चलाउन छोड्यो । प्रयत्नबाट बच्ने उपाय नदेखिएपछि मृत्युलाई सहज स्विकार गर्न भ्यागुता मानसिक रुपमा तैयार भयो । भ्यागुता बिस्तारै डिप्रेशनमा फस्दै गयो र अन्तमा मर्यो । दुई मध्येको अर्को भ्यागुता भने सकारात्मक सोचको थियो । धैर्यता नगुमाई थप उपायहरु खोजेर बाच्न सकिन्छ भन्नेमा दोस्रो भ्यागुता विस्वस्त थियो । भ्यागुता बाँच्नको लागि प्रयत्न गरिरह्यो । मरेको भ्यागुता पानीमा...

    • इचितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्न

      भरतपुर/मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवन प्रा.लि.द्वारा सञ्चालित इ चितवन खबर डट कमको गौरवमय प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका महासचिव चेत बहादुर सिंह “राजा“ले लक्की मिडिया हाउसले विभिन्न प्रतिकुलता बीच पनि विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । ‘लक्की मिडिया हाउसले कहिले सम्मान कार्यक्रम, कहिले रेडकार्पेट शो, प्रिमियर शो गर्दै आएको छ, उहांँले भन्नुभयो, कोरोना कहरबीच यस्ता कार्यक्रम गर्नु निकै चुनौति छ ।’ लक्की मिडिया हाउसबाट प्रकाशित विभिन्न संस्करण...

    • गितः बाधा बाधा

      बालकृष्ण खनाल भरतपुर, चितवन जति तिमी टाढा टाढा, माँयाँ उति गाढा एकै क्षण नदेख्दा नि, कति बाधा बाधा छेउमै हुँदा बुझिन कि सायद माँयाँ मैले नजिकैको तिर्थ हेलाँ हुन्छ याँहाँ जैले भयौ जसै तिमी टाढा मन भयो आधा एकै क्षण नदेख्दा नि कति बाधा बाधा पिरमा हुँदा तिमी थियौ मनको भारी बिसाउने यस्सो केही पर्दा खेरी दुईचार कुरा मिसाउने भयौ जव तिमी पर रंगिन मन भो सादा एकै क्षण नदेख्दा नि कति बाधा बाधा

    • मुक्तकः कर्णालीमा

      बालकृष्ण खनाल भरतपुर, चितवन गाउँमा अझै झरो बल्छ, विजुली छैन मट्टीतेल छैन कर्णालीमा मोटर गुड्दैन बाटो छैन, सपनामै भएपनि रेल छैन कर्णालीमा । तैपनि हामीलाई सुकुन छ आनन्द छ, यसमै खुशी छौँ सरकार कम्तीमा राजधानीमा जस्तो निद्रा हराउने खेल छैन कर्णालीमा ।

    • गजलः हुँदैन

      बालकृण खनाल भरतपुर, चितवन मेरो दिन हुँदैन, मेरो रात हुँदैन जब तिमीसँग, कुनै बात हुँदैन । म उदास हुन्छु, म उजाड हुन्छु वृक्षमा जस्तै, कुनै पात हुँदैन । मेरो सफलताको अर्थ हुन्न केहि जसमा तिम्रो कहिँ कुनै हात हुँदैन । नपाएसम्म सुन्न सञ्चो विसञ्चो के छ खुशिमा पनि, म मा कुनै मात हुँदैन । मान या नमान, त्यो तिम्रै हो जिम्मा नसंझी खाको एक छाक भात हुँदैन ।

    • स्वतन्त्र गितः निक्कै बेरै

      बालकृष्ण खनाल याद आँउँदा तिम्रो अचेल, भक्कानिन्छु धेरै ।।। सम्झि सम्झि मन बुझाउन, लाग्छ निक्कै बेरै ।। सम्झाई सम्झाई बुझाएका जिन्दगीका पाटोहरू मेरै लागि देखाएका जिउने असल बाटोहरू ।। पल पलमा याद आँउँछन् मलाई जति खेरै ।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।। भएपनि हाम्ले टेक्ने अलग आँगन कर्साहरू ।। नदेखियोस मन फाटेको कहिँ कतै धर्साहरू ।। सँगै हुन नपाउने यो कर्म दोषी मेरै ।।।।।।।। सम्झि सम्झि मन बुझाउन लाग्छ निक्कै बेरै ।।

    • गित

      बालकृष्ण खनाल निन्द्रामा नि तिम्रै नाम लिई, बोलाएँ रे राति दिनमा पनि टोलाएँ रे, भन्छन् संगी साथी । के के गर्याै कसो गर्याै, चलायौ के जादू लाग्छ मलाई कता कता, मन छैन काबू । हेर्दा खासै लाग्दैन खै, के पो भाको छु र गको पनि छैन कहिँ म, तिमी भन्दा दुर । हिजो जे थ्येँ आज त्यै छु, कस्ले देख्यो भिन्नै साँच्चै भाछु फरक कि त, सकेनौ खै चिन्नै । निन्द्रामा खै के के गरेँ, कसरी म जानुँ दिनमा त्यसै व्यस्त थिएँ, अरू के म ठानुँ । पत्तै नपाई आँफैले नि, भाको छु कि केही लौन लौन जान्या भए,...

    • स्व.पुर्व स्वास्थ्य सहायक मन्त्री विद्यादेवीको संझना

      हरिदत्त देवकोटा पालुङ्टार ३, गोरखा (हाल चितवन) थियौं नि विद्या साहसी तिमी, कर्ममा रमायौ त्यो गाउँघरमा उज्यालो ल्यायौ, सुन्दर बनायौ । त्यो तिम्रो काम देखेर आज, मानिस मोहित छ धन्य हुन् विद्या भनेर आज, गुणगान वढ्दै छ । जन्मियौ हर्मी उदायौ तिमी, कार्यमा रमायौ यो जन्मथलो उज्यालो पार्न, सूमार्ग समायौ । कहिले खोला कहिले जंगल, जहाँसुकै हिँडेर आपसमा खेल्यौ रमाई तिमी, गाउँघरमा मिलेर । पीडित थियो गाउँघर पहिले, पानीको अभावले काकाकुल बन्दै धाउँथे पर, उदासी मनले । यो दुःख संझि त्यो मन रोयो, बिलबन गरायो ढाँडखोलाबाट पानी नै ल्याई, सवैलाई पिलायौ । निरक्षर थिए जनता गाउँका, चेतना थिएन प्रौढ...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल