• मुक्तकः आभाष हुन्छ

      बालकृष्ण खनाल भरतपुर, चितवन उनको छोटो साथ पनि, जीवनभरको आभाष हुन्छ एउटा सुन्दर जिन्दगीको, धरोहरको आभाष हुन्छ । शितल शितल समीर सँगै, मखमली माँयाँ पाउँदा छेउमै छु उभिएको, मानसरोवरको आभाष हुन्छ ।

    • मुक्तकः बाहाना

      बालकृष्ण खनाल भरतपुर, चितवन कहिले काहीँ याद, जिउने बाहाना बन्छ कहिले काहीँ याद, पिउने बाहाना बन्छ । रिसैले हेरेको भएनि, उनको एक नजरले फाटेको मुटु मेरो, सिउने बाहाना बन्छ ।

    • मुक्तकः ट्रक साम्राज्य

        बालकृष्ण खनाल भरतपुर, चितवन सडकमा ट्रकको साम्राज्य तोडिएर बस कहिलेसम्म गुड्ने होला बन्द रहेका यि एयरपोर्टहरू खुलेर प्लेन कहिलेसम्म उड्ने होला । मुक्ति पाउने छाँट देखिएन कोरोनाको कहरबाट यो जगतले अव छानीछानी यसरी हामीलाई निलेर प्राण कहिलेसम्म चुड्ने होला ।

    • मुक्तकः मुटु र प्रेम

      बालकृष्ण खनाल भरतपुर ८, चितवन जब मुटु भित्र धड्कनमा, कसैको बास हुन्छ चाहिँदैन कुनै दिवस, हरक्षण त्यसै खास हुन्छ । त्यहीँ हुन्छ प्रेमको इजहार र गुलाफ साटासाट जाहाँ दुई आत्माहरूले फेर्ने, एउटै सास हुन्छ ।

    • मुक्तकः बाढी पहिरो

      बालकृष्ण खनाल कतै आकाश आँसु बनेर मानव वस्तीहरूमा खसिरहेको देखिन्छ कतै आकाश बाढी बनेर गरिबको झुपडीमा पसिरहेको देखिन्छ । आक्रान्त भएको छ हाम्रो देश यति बेला, बाढी पहिरोले जताततै जनता निरीह बनेर उद्दार र राहतको पर्खाइमा बसिरहेको देखिन्छ ।

    • स्व. डा. उपेन्द्र देवकोटाको सम्झना

      हरिदत्त देवकोटा पालुङ्टार, गोरखा (हाल चितवन) क्या चोट प¥यो मुटुमा आज, मन भयो झसंग उपेन्द्र डाक्टर संसार छाड्यौ, मन भयो भरंग । त्यो गाउँघर रोएर वस्छ, अशान्ति मनले हे दैवलिला के गरिस् तैंले, के हुन्छ धनले । इश्वर तैंले रचेको थिइस्, सृष्टीको फुललाई कसरि लगिस् कहाँपो पु¥याईस्, नेपालको ज्योतिलाई । नेपाल आमा रुँदैछिन् आज, त्यो आत्मा गल्दैछ त्यो डाँडापारि जुडीखेत आज, फुटाहा खोज्दैछ । त्यो सिस्नेपानी धाराले आज, उनैलाई खोज्दैछ पोखरी बारी त्यो साउने पानी, उनैलाई रोज्दैछ । डाँडा र काँडा त्यो हरियाली, पाखा र पखेरो डाक्टर दाई नहुँदाखेरी, प्रकृती अध्यारो । त्यो पाठशाला त्यो ठाडो गल्ली, लुईटेल सुदर्शन...

    • मुक्तकः बेरोजगार

      बालकृष्ण खनाल मान्छे बेरोजगार छ, तैपनि खई काँहाँबाट पिएर आउँछ भट्टी छिर्छ घर बिर्सन्छ, टन्न दुई चार बोतल दिएर आउँछ । थाहा छ उसलाई, घरमा अन्नको दाना छैन खानका लागि बुद्दु अझ उल्टै झन्, बाहिरबाट पाहुना पो लिएर आउँछ ।

    • मुक्तकः लेण्डुपको डमी

      वालकृष्ण खनाल छदम भेषी कोही उत्तरको कोही दक्षिणको लमी हुन सक्छ फरक यत्ति कि मात्रामा मात्र केही वेसी या कमी हुन सक्छ । विचार गरौँ हामीले आदर्श मानि छातीमा राखेको व्यक्ति पनि नव अवतारमा देखिएको उही लेण्डुपको कुनै डमी हुन सक्छ ।

    • गजलः कोरोना

      विन्दु देवकोटा घिमिरे पालुङ्टार ४, गोरखा कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो । एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो । दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो । खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो । भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

    • आफ्नै लगानीमा अनाथ, असहायहरुको लागि बिद्यालय संचालन गर्छुः श्रेष्ठ

      नेपालको एैतिहासिक जिल्ला गोरखामा जन्मिनु भएको राजनैतिक योद्धा कार्यकर्ता, रानैतिक पीडित, समाजसेवी राष्ट्रसेवक मिलनसार, मिहिनेती, कर्मठ, लगनशील, शिक्षा प्रेमी एैतिहासिक जनआन्दोलन २०४६ र ०६२/०६३ सालको जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनको अध्यक्ष र एस.एण्ड पी अडिटिङ कम्पनीको संचालक श्री सूर्य श्रेष्ठ संग गणतन्त्र दिवसको सन्दर्भमा गरिएको कुराकानी । १. लोकतन्त्र दिबश र गणतन्त्र दिबशमा के फरक छ ? उत्तरः– लोकतन्त्र दिबश बैशाख ११ गते र गणतन्त्र दिवश जेष्ठ १५ गते मानिन्छ । नेपाली जनताले देशमा शान्ति, सुब्यवस्था कायम गर्न, शुद्ध प्रजातन्त्र ल्याउन सुरक्षाकर्मीको गोली, र लाठीसंग संघर्ष गरी आफनो जिउ–ज्यानको पर्वाह नगरी लोकतन्त्र प्राप्ती गरीे आन्दोलन सफल भएको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल