• कर सहयोगी श्रमिक संगठन चितवनमा पुनः पौडेलको नेतृत्व

    भरतपुर/नेपाल कर सहयोगी श्रमिक संगठन चितवनको अध्यक्षमा पुनः गोकुल पौडेल निर्वाचित भएका छन् । संगठनको शनिबार सम्पन्न जिल्ला अधिवेशनले पौडेललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार १५ सदस्यीय कार्यसमिति चयन भएको हो । संगठनको प्रथम उपाध्यक्षमा पुरुषोत्तम आचार्य, द्धितीय उपाध्यक्षमा शंकर अधिकारी र तृतीय उपाध्यक्षमा सम्झना तिवारी चयन भएका छन् । यस्तै सचिवमा नवराज पोख्रेल, कोषाध्यक्षमा प्रकाश कुमार झा तथा सह–सचिवमा सुनिल आचार्य चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षे हुनेछ । संगठनले व्यवसायी र आन्तरिक राजश्व कार्यालयकाबीच सहयोगीको रुपमा काम गर्ने गर्दछ ।

  • चितवनमा जेएलसिटी भाषा परीक्षा सम्पन्न

    भरतपुर/शैशिक परामर्श व्यवसायी संघ (ईक्यान) चितवन को आयोजनामा शनिबार जापानीज ल्याङ्वेज क्यापाविलिटी टेष्ट (जेएलसिटी) भाषा परिक्षा समम्पन्न भएको छ । चितवनमा ईक्यान चितवनको संयोजनमा शनिबार तेस्रो पटकको परिक्षा सम्पन्न भएको हो । भरतपुर स्थित मिलिनियम मोडल कलेजमा आयोजना गरिएको उक्त परिक्षामा ४२० जना परिक्षार्थी सहभागी भएका छन् । एन फाइवमा ४०२ र एन फोमा १८ जना परिक्षार्थीले सहभागिता जनाएका छन् । चितवनमा जेएलसिटीको परीक्षा संचालन भएपछि उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाले विद्यार्थीहरुलाई भाषा परिक्षाको लागि काठमाडौं जानु पर्ने बाधयताको अन्त्य भएको ईक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले जानकारी दिनुभयो । विगतमा भएका जेएलसिटी परीक्षाहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न...

  • चितवनमा होटल स्तरिकरण तिव्र, अशोका र भेटघाट अतिउत्तम

    सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले जिल्लाका होटल तथा रेष्टुरेण्टहरुको स्तरीकरणलाई तिव्रता दिएको छ । विभिन्न मापदण्डको आधारमा वार्षिक कार्यक्रम अन्तरगत कार्यालयले जिल्लाका होटलहरुको स्तरीकरण गरेको हो । कार्यालयले विभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा शुक्रवार पनि भरतपुर नारायणगढ क्षेत्रका होटलहरुको स्तरीकरण गरेको छ । कुल सय पुर्णाङ्कमा ५० देखि ६४ प्रतिशत अंक ल्याउनेलाई समान्य, ६५ देखि ७९ प्रतिशत अंक ल्याउनेलाई सन्तोषजनक (एक तारा), ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई उत्तम (दुई तारा), ९० भन्दा धेरै प्रतिशत अंक ल्याउने होटललाई अतिउत्तम (तीन तारा) गरि चार तहमा वर्गिकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ...

  • मेचि–महाकाली पर्यटन प्रवद्र्धन अभियानका टोलीलाई चितवनमा स्वागत

    भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलबस्तुको मेचि–महाकाली पर्यटन प्रवद्र्धन अभियानका टोलीलाई चितवनमा स्वागत एवं सम्मान गरिएको छ । कपिलवस्तु जिल्लाका पर्यटकीय क्षेत्रको जानकारी सहित आफ्नो ठाउँमा घुम्नको लागि निम्तो वाँड्दै हिडेको टोलीलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी संद्ध चितवनले एक औपचारिक कार्यक्रम आयोजना गरि स्वागत गरेको हो । कपिलवस्तु जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र एवं गतिविधिको वारेमा देशव्यापी प्रचार गर्ने उदेश्यले यहि चैत्र ३ गते कपिलिवस्तुवाट सुरु भएको मेचि महाकाली पर्यटन प्रवद्र्धन अभियान देशका विभिन्न जिल्लामा पुगेर यहि चैत्र १४ गते समापन हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपालबहादुर खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै उहाले आम चितवनवासीलाई कपिलवस्तु...

  • चितवन रोटरीद्धारा वन्दिपुरमा निर्मित सडकवत्ती हस्तान्तरण

    भरतपुर/रोटरी क्लव अफ चितवनले पर्यटकीय स्थल वन्दिपुरमा निर्माण गरेको रोटरी बन्दीपुर सडक वत्ती परियोजना बुधबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन एवं हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ चितवनको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक वत्ती स्थानीय सरकारको रुपमा रहेको वन्दिपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले सडक वत्तीको उद्घाटन एवं हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका वोल्दै प्रमुख अतिथी मेहताले रोटरीको लगानीमा निर्माण सम्पन्न भएको सडक वत्तीले वन्दिपुरको पर्यटकीय प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । वन्दिपुरलाई युरोप र त्यहाका पर्यटकीय क्षेत्रसंग तुलना गर्दै मेहताले जिवनकालमा एकपल्ट परिवारसहित घुम्नुपर्ने ठाउँको...

  • उवासंघ–चितवनमा घरेलु समिति गठन

    भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले घरेलु, लघु, मझौला तथा साना उद्योगको विकास, प्रबद्र्धन र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले घरेलु तथा साना उद्योग समिति गठन गरेको छ । उद्योग वाणिज्य संघ–चितवनमा मंगलबार सम्पन्न उद्यमीहरुको भेलाले उक्त समिति गठन गरेको हो । घरेलु, साना तथा मझौला उद्योग क्षेत्रको विकास, विस्तार तथा पबद्र्धनका लागि नेपाल सरकार एवं सम्बन्धित संघ संस्थाहरु संग समन्वय एवं सहकार्य गरि कार्य गर्नका लागि समिति गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समिति बिभाग अन्र्तगत उक्त समिति गठन गरिएको र समितिले महासंघ संग सहकार्य गरि कार्यक्रमहरु आयोजना गर्ने संघका निबर्तमान...

  • मिलनरोड टोल सुधारको अधिवेशन सम्पन्न

    भरतपुर/नारायणगढ स्थित मिलनरोड टोल सुधार समितिको छलफल तथा अधिवेशन सम्पन्न भएको छ । टोल सुधार समितिको अधिवेशनले चित्रबहादुर विकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ई. सचिन पिया, सचिवमा दिनेश पिया, कोषाध्यक्षमा निलेनमान शाक्य, सहसचिवमा राज्यलक्ष्मि कर्माचार्य, सदस्यहरुमा सुवास श्रेष्ठ, विद्यामान शाक्य, सुनिता न्याच्छौं, तीर्थ सापकोटा, रोशन घले, विकास वर्मा, रवि श्रेष्ठ, निरज श्रेष्ठ रहनु भएको छ ।

  • हंसको सहकारी शिक्षा अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न

    भरतपुर/हंस बहुउदेश्यीय सहकारी संस्था लि. टाँडी सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुका लागि आयोजना गरिएको सहकारी शिक्षा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाको शिक्षा उप समितिको आयोजनामा सौराहचोक, टाँडी स्थित होटल गंगोत्रि हाईवेमा भएको कार्यक्रमको अध्यक्षता शिक्षा उप समिति संयोजक शारदा शर्मा पौडेलले गर्नु भएको थियो भने कार्यक्रमा प्रमुख अतिथि हंस बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष दिनेश कुमार चुके रहनु भएको थियो । उक्त कार्यक्रममा महिला समिति संयोजक अनिता मैनाली र शेयर सदस्य भवानी अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालन शिक्षा उप समितिका सदस्य विदुर के.सी.ले गर्नु भएको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत...

  • होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको स्थापना दिवस मनाईयो

    भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो स्थापना दिवस शनिबार मनाईएको छ । एक औपचारिक समारोहको आयोजना गरि मनाईएको कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष चुकेले होटल व्यवसायले पर्यटन विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । पर्यटन प्रवद्र्धन विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै उहाले व्यवसायीक सफलताको लागि व्यवसायीहरुका विचमा एकता अनिवार्य रहेको वताउनु भयो । होटल व्यवसाय र व्यवसायीलाई राज्यले हेर्ने दृटिकोण परिवर्तन हुनु आवश्यक रहेको वताउँदै उहाले होटललाई पनि उद्योग सरहको मान्यता दिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशेष अतिथी...

  • समाजसेवी पौडेल र अग्रवालद्धारा आर्थिक एवं खाद्यान्न सहयोग

    भरतपुर/नेपाली काँग्रेस चितवन क्षेत्र नं. २ क प्रदेश सभापति टंकनाथ पौडेलले बुधबार एक कार्यक्रमका विच गुम्वालाई आर्थिक सहयोग गर्नु भएको छ । भरतपुर स्थित मैयादेवी कन्या कलेजका अध्यक्ष समेत रहनु भएका समाजसेवी पौडेलले भरतपुर २९ भोर्ले स्थित चन्द्रसुर्य वौद्ध गुम्वालाई २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो । विगतमा गरिएको सहयोगको प्रतिवद्धता अनुसार आर्थिक सहयोग हस्तान्तरण गरेको जानकारी दिँदै पौडेलले आवश्यकताको आधारमा अझै पनि सहयोग गर्न तयार रहेको वताउनु भयो । सरकारी क्षेत्रको सहयोग विना भोर्लेका स्थानीयले नमुना गाउँ निर्माणको लागि वाटो र गुम्वा लगायतका संरचना निर्माण गरिरहेको स्थानीय समाजसेवी सुर्यबहादुर गुरुङले जानकारी दिनुभयो । यसैविच सोहि...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल