सन्तोष देवकोटा भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान र अपहेलित गरेको भन्दै आपत्ति जनाएको छ । यहि चैत्र ३ गते साँझ संकटा वाईन एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेको क्यानभास वाईनको प्रवद्धनको लागि नारायणगढको कमलनगर स्थित पर्व व्याङ्क्युटमा आयोजना गरिएको कार्यक्रममा आयोजकले होटल व्यवसायीलाई अपमान र अपहेलित गरेको संघका महासचिव सुरेन्द्र केसीद्धारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । उक्त कार्यक्रममा होटल व्यवसायी संघ चितवनलाई अतिथीको रुपमा आमन्त्रण गरिए बमोजिम संघका पदाधिकारी तथा सदस्यहरु कार्यक्रममा सहभागि भएका थिए । आयोजकले होटल व्यवसायीहरुलाई अपमान गरेपछि संघको नेतृत्वमा होटल व्यवसायीहरुले...
भरतपुर/अद्धैत संस्था चन्द्रनगर शाखा अद्धैत मार्ग भरतपुर चितवनमा राष्ट्रव्यापी बृहत सत्संग समारोह (ज्ञानमहायज्ञ) सुरु भएको छ । अद्धैत संस्थाका केन्द्रिय सभापति अनन्तलाल सरस्वतीले धुप दीप बालेर ज्ञान महायज्ञको उद्घाटन गर्नु भएको हो । साथै कार्यक्रममा प्रमुख अतिथी अनन्तलाल सरस्वतीले ब्रम्हाज्ञानी गुरुदेव डा. क्षितीशचन्द्र चक्रवर्तीद्धारा रचित नेपाली वेद अमृत बचन बाचन गर्नु भएको थियो । मंगल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रचण्ड ब्रम्हज्ञानी गुरुदेवद्धारा रचित नेपाली बेद अमृतबचन समेत बाचन गरिएको थियो । कार्यक्रममा विष्णुदास उपाध्याय, गोपालचन्द्र पौडेल, अनन्तराज आचार्य, चेतलाल भुषाल, नविन प्रकाश उपाध्याय, सरिता उपाध्याय, नरनाथ पौडेल, बावुराम सापकोटा, जगत बहादुर भण्डारी, पद्मराज पौडेल, नरेन्द्रराज सुवेदी, एक बहादुर...
सन्तोष देवकोटा भरतपुर/हंस बहुद्देशीय सहकारी संस्था लि.को आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारीले कार्यसमिति तथा विभिन्न उपसमितिहरुको लागि उक्त कार्यक्रम आयोजना गरेको हो । फागुन २६ र २७ गते बेनिघाट धार्दिङ स्थित त्रिशुली रिभर बिच रिर्सोटमा संचालन भएको कार्यक्रममा इन्द्रज्योति पौडेल प्रशिक्षक रहनु भएको थियो । कार्यक्रममा सहजकर्ता इन्द्रजेति पौडेलले सहकारीमा समिति तथा उपसमितिहरुको काम, कर्तव्य, अधिकार तथा दायित्व, वर्तमान समसामयिक परिस्थितीमा सहकारी संस्था, असर तथा चुनौती एवं सुरक्षाको लागि अवलम्बन गर्नुपर्ने उपायहरु, भाखा नाघेको ऋण व्यवस्थापनमा अवको रणनीति, बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्थाको संभावित व्यवसाय, सहकारी र सुशासन, ऐन तथा नियमावली लगायतका...
सन्तोष देवकोटा भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत शनिबार कृष्णपुर इकाई गठन गरिएको छ । होटल व्यवसायी संघ चितवन कृष्णपुर इकाईको ११ औं साधारणसभा तथा १० औं अधिवेशनले वासु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा राम प्रसाद चपाई, सचिवमा युवराज अधिकारी, सहसचिवमा कुमार गुनी, कोषाध्यक्षमा वावुराम खनाल, सदस्यहरुमा मिठ्ठु भट्टराई, गंगा विसी, विद्या सुवेदी, सिता भुजेल, प्रज्वल कुँवर, विष्णु श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी इकाई समितिको तर्फवाट जिल्ला सदस्यमा कल्पना शर्मा चयन हुनु भएको छ । इकाई अध्यक्ष वासु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फागु पूर्णिमा पर्व २०७९ तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम सोमवार नारायणगढमा सम्पन्न गरेको छ । संस्थाको युवा, स्वास्थ्य, संस्कृती, सञ्चार तथा वातावरण उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुके रहनु भएको थियो । कार्यक्रममा प्रमुख आतिथि चुकेले हंसले समय सापेक्ष संस्कृतीको जगेर्ना गर्दै विभिन्न दिवशहरू समेत मनाउँदै आएको बताउनु भयो । संस्थाको आगामी क्रियाकलापहरुको जानकारी दिदै संस्थाको गतिविधीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संस्थाकी सचिव शारदा शर्मा पौडेल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल,...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १ शहिदचोक स्थित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा आइतबार उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा सहकारीका तर्फबाट अध्यक्ष रुविन रामुदामु र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण शेयर सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् । उपचार छुट पाउनको लागि सहकारीका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका सहकारीका शेयर सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २५ प्रतिशत...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १५ स्थित श्री गौतम आधारभूत विद्यालयले स्थापनाको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानु जंग लामा रहनु भएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानु जंग लामाले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रदेश सभा सदस्य लामाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयलाई प्रदेशको बजेटमार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।...
सन्तोष देवकोटा भरतपुर/बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद्को कार्यालय हेटौडा मकवानपुरको आर्थिक सहयोगमा भरतपुर ९ हाकिमचोक स्थित कान्तिपुर बहुप्राविधिक शिक्षालयमा दुई महिने (३९० घण्टा) निशुल्क व्युटिपार्लर तालिम सुरु भएको छ । निशुल्क शीपमुलक तालिम अन्तरगत कान्तिपुर बहु प्राविधिक शिक्षालयको प्राविधिक सहयोग र व्यवस्थापनमा सुरु भएको तालिमको बिहीवार वागमती प्रदेश सभाका सदस्य एवं पुर्व मन्त्री कृष्ण खनालले औपचारिक समारोहका विच उद्घाटन गर्नु भएको हो । तालिम उद्घटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले तालिमले रोजगारीको सृजना र जीविकोपार्जनमा सहयोग पु¥याउनु पर्ने वताउनु भयो । पछिल्लो प्रतिस्पर्धात्मक समयमा जो कोहि पनि आयआर्जनसंग जोडिनु आवश्यक रहेको वताउँदै खनालले तालिमका सिकेको...
सन्तोष देवकोटा भरतपुर/भरतपुर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले सामाजिक उत्तरदायित्व बहन गर्दै सस्थाको वार्षिकोत्सवको अवसरमा बुधबार सामाजिक सस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा भरतपुर १२ नवरत्न टोल स्थित आमाको मायाँ छात्रावासलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुनचाँदी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रुविन रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्मा, सहकोषाध्यक्ष विक्रम घिमिरे, संचालक गुन बहादुर रामदाम, उत्सव खाती, रुपा बराली,...
सन्तोष देवकोटा भरतपुर/देशकै उत्कृष्ट शैक्षिक सस्थाको रुपमा स्थापित भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेक बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । विहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको वृहत भेलाले पुनः टेक बहादुर थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता वोट, विजया लम्साल, रामु ज्ञवाली रहनु भएको छ । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल रहनु भएको छ भने सदस्य सचिवको रुपमा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दवाडी रहनु भएको छ । यसैगरी भेलाले नवराज मरहट्टाको अध्यक्षतामा शिक्षक अभिभावक संघ...
सन्तोष देवकोटा भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान...
भरतपुर/अद्धैत संस्था चन्द्रनगर शाखा अद्धैत मार्ग भरतपुर चितवनमा राष्ट्रव्यापी बृहत सत्संग समारोह (ज्ञानमहायज्ञ) सुरु भएको छ । अद्धैत संस्थाका...
सन्तोष देवकोटा भरतपुर/हंस बहुद्देशीय सहकारी संस्था लि.को आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न भएको छ ।...
सन्तोष देवकोटा भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत शनिबार कृष्णपुर इकाई गठन गरिएको छ...
भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फागु पूर्णिमा पर्व २०७९ तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान...