• होटल व्यवसायी महासंघको चौंथो पुर्ण बैठक सम्पन्न

    भरतपुर/होटल व्यवसायी महासंघ नेपालको चौथो पूर्ण केन्द्रीय कमिटिको बैठक सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर स्थित होटल न्यू आनन्दमा सम्पन्न भएको छ । उक्त केन्द्रीय कमिटिको बैठक महासंघका अध्यक्ष हिराध्वज शाहको सभापतित्वमा सञ्चालन गरिएको थियो । बैठकले पर्यटन सेवा केन्द्र बनाउनको लागि भिमदत्त नगरपालिकाले उपलब्ध गराएको जग्गामा पर्यटकीय सूचना केन्द्र तथा पर्यटन प्रवद्र्घनको लागि आवश्यक पूर्वाधार निर्माण गर्न नेपाल पर्यटन वोर्ड, संघीय सरका र प्रदेश सरकार तथा स्थानीय सरकारबाट सहयोग लिएर महासंघले होटल व्यवसायी संघ कञ्चनपुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो । सुदुरपश्चिम भ्रमणको लागि महासंघले आवश्यक प्रचारप्रसार गरेर सो प्रदेशमा पर्यटन...

  • राष्ट्रिय युवा संघ भरतपुर ४ को भेला सम्पन्न

    भरतपुर/नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता तथा युवा भेला सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल भरतपुर ४ वडा कमिटीका अध्यक्ष विवेक कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी अधिकारीले एमालेको नेतृत्वमा मात्र मुलुकले सम्वृद्धि हासिल गर्न सक्ने वताउनु भयो । वर्तमान सरकारसंग आम जनताको खासै अपेक्षा नरहेको वताउँदै उहाले मुलुकमा चुनावको विकल्प नभएको वताउनु भयो । आगामी चुनावको तयारीमा केन्द्रित हुन आग्रह गर्दै उहाले आगामी चुनावमा एमाले सवैभन्दा ठुलो पार्टी वन्नवाट कसैले...

  • लोककल्याणकारी साकोसको सेवाकेन्द्र विस्तार

    सन्तोष देवकोटा भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी वचत तथा ऋण सहकारी सस्थाले भरतपुर ५ नवदुर्गाचोकमा सेवाकेन्द्र स्थापना गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच प्रमुख अतिथी नेफ्स्कुनका केन्द्रिय लेखा आयोगका संयोजक नवराज सापकोटाले सेवाकेन्द्रको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले सहकारीलाई सदस्य केन्द्रित कार्यक्रम ल्याउन आग्रह गर्नु भयो । चितवन सहकारीको जननी जिल्ला भएको वताउँदै सापकोटाले नेफ्स्कुनले पछिल्लो समय नीति, विधि र प्रविधिमा जोड दिएको वताउनु भयो । सहकारीको क्षेत्रमा चितवनवाट अन्य जिल्लाहरुले सिक्न पाउने गरि नमुना काम गर्न अनुरोध गर्दै उहाले सहकरीको प्रवद्र्धनमा आफु सदैव लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा वोल्दै...

  • बाल हेल्पलाईनको संरक्षणमा रहेका वालकहरु हाम्रो घरमा पुनस्थापन

    भरतपुर/राष्ट्रिय बाल अघिकार दिवसको अवसरमा ४ जना बालकहरुलाई हाम्रो घरमा पुनस्थापन गरिएको छ । नारायणगढको विभिन्न स्थानबाट बडा प्रहरी कार्यालय नारायणगढ तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी (प.सु.पुर्व) ले उद्दार गरि बाल हेल्प लाइन १०९८ मा अल्पकालीन संरक्षण रहेका ति वालकहरु एक औपचारिक कार्यक्रमका विच हाम्रो घरलाई हस्तान्तरण गरिएको हो । तिव वालकहरुलाई भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको संयोजन तथा समन्वयमा हाम्रो घर संस्थामा संस्थागत पुर्नस्थापनामा भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालद्वारा बालकहरुलाई एक विषेश कार्यक्रम विच हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाको उपप्रमुख, चितवनका प्रमुख जिल्ला अधिकारी, शैक्षिक महाशाखा...

  • तरुण दल चितवनको सदस्यमा पुरुषोत्तम कंडेल ’पुरु’ मनोनित

    भरतपुर/तरुण दल चितवनको जिल्ला सदस्यमा पुरुषोत्तम कंडेल ’पुरु’ मनोनित भएका छन । जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको अनौपचारिक छलफलले कंडेललाई मनोनित गरेको हो । दलको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै कंडेललाई सदस्यमा मनोनित गरेको हो । मंगलबार एक कार्यक्रमका बीच अध्यक्ष राजन ताम्राकार र नेपाली कांँग्रेस चितवनका सह–सचिव एवं महासमिति सदस्य राजन कार्कीले मनोनित कंडेललाई सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर ८, गौरीजञ्ज निवासी कंडेल विद्यार्थीकालदेखि नै नेपाली कांँग्रेसको राजनीतिमा सक्रिय रहंँदै आएका छन् ।

  • जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना

    भरतपुर/भरतपुर ६ स्थित सिद्धेश्वर आधारभुत विद्यालयमा मंगलबार अक्षयकोष स्थापना गरिएको छ । यमतीलसीता स्मृति प्रतिष्ठान भरतपुर ६ चितवनका सदस्य आशुतोष मिश्रको १६ औं जन्मदिनको अवसर पारि प्रतिष्ठानले एक औपचारिक कार्यक्रमका विच सो विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । प्रतिष्ठानका संरक्षक एवं आशुतोष मिश्रका पिता ध्रुवराज मिश्रले उक्त अक्षयकोषको व्याज रकमवाट विद्यालयमा अध्यायनरत अनाथ, असहाय, विपन्न तथा जेहन्दार विद्यार्थीहरुमध्येवाट वार्षिक रुपमा २ जनालाई छात्रवृत्ती प्रदान गरिने जानकारी दिनुभयो । आफ्ना अभिभावक हजुरवुवा यमदग्नि तिवारी, हजुरआमा तिलकुमारी तिवारी र आमा सीता मिश्रको स्मृतिमा वि.सं. २०७० सालमा स्थापना गरिएको उक्त प्रतिष्ठानवाट छैटौ अक्षयकोषको रुपमा सिद्धेश्वर आधारभूत विद्यालयमा ३१ हजार ३१ रुपैयाँ वरावरको...

  • जन्मदिनको अवसरमा रोटरी क्लव मार्फत सानो घरलाई सहयोग हस्तान्तरण

    सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ चितवनले भरतपुर १२ स्थित सानो घरलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार रोटरी क्लव अफ चितवन मार्फत सो सहयोग सामाग्री हस्तान्तरण गर्नु भएको हो । हाम्रो घरमा हस्तान्तरण गरिएका सम्पुर्ण सामाग्रीहरु नारायणगढ स्थित न्यू लोकमान एण्ड सन्स ज्वेलरीले स्पोन्सर गरेको थियो । सो अवसरमा आलु, प्याज, कुर्चि, वाटा, प्लेट, कुकर, पनियो, कापी, चम्चालगायतका सामाग्री हस्तान्तरण गरिएको न्यू लोकमान एण्ड सन्स ज्वेलरीका प्रोपाईटर निलेनमान शाक्यले जानकारी दिनुभयो । क्लका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका सचिव गोपाल भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो...

  • भरतपुर रोटरीको स्थापना दिवस र पदस्थापन कार्यक्रम सम्पन्न

    सन्तोष देवकोटा भरतपुर/रोटरी क्लव अफ भरतपुरको १९ औं स्थापना दिवस र १८ औं पदस्थापन कार्यक्रम शुक्रबार भरतपुर स्थित रोयल सेन्चुरीमा सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पिया प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका निवर्तमान अध्यक्ष डा. रेवन्त भट्टराईले वर्ष २०२१/२२ का अध्यक्ष राजेन्द्र कुमार पियालाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । यसैविच केक काटेर क्लवको स्थापना दिवससमेत मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पियाले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनालाई आत्मसाथ गर्दै मानवीय...

  • मुक्तकः यो देशलाई

    बालकृष्ण खनाल भरतपुर, चितवन कहिले महाकालीले, विवादित बनायो यो देशलाई कहिले एमसिसिले, विभाजित बनायो यो देशलाई । राष्ट्रिय मुद्दामा पनि समान धारणा बनाउन नसक्दा विना मतलवमा, आन्दोलित बनायो यो देशलाई ।

  • नवनियुक्त प्रदेश मन्त्री सुवेदीलाई गणेशधाममा स्वागत तथा वधाई

    सन्तोष देवकोटा भरतपुर/वाग्मती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री विजय सुवेदीलाई भरतपुर ११ स्थित गणेशधाममा बधाई एवं स्वागत गरिएको छ । गणेशधामका संरक्षक एवं परिकल्पनाकार समेत रहनु भएको नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीलाई गणेशधाम संरक्षण संवद्र्धन समितिको आयोजनामा स्वागत एवं सम्मान गरिएको हो । गणेशधाम संरक्षण संवद्र्धन समितिका उपाध्यक्ष वावुराम उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै गणेशधामको संरक्षक प्रदेशको सामाजिक विकास मन्त्री हुनु आम चितवनवासीकै गौरवको कुरा भएको वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीले पद भन्ने कुरा खास अवस्थाको जिम्मेवारी भएको वताउँदै आफु पदमा हुँदा या नहुँदा जुनसुकै अवस्थामा पनि गणेशधामको विकास र...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल