सन्तोष देवकोटा भरतपुर/नारायणगढ स्थित वालकुमारी कलेजको ३५ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्युतीय माध्यमबाट संचालित वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्ली राज शर्मा विशेष अतिथी रहनु भएको थियो । कार्यक्रमा वोल्दै विशेष अतिथी शर्माले वालकुमारी कलेजमा एम.वि.ए. ईन फाइनान्सीयल म्यानेजमेन्ट कार्यक्रम स्वीकृतिको अन्तिम चरणमा रहेको वताउनु भयो । साथै शर्माले कलेजले गुणस्तरीय शिक्षा र अनुसन्धानको क्षेत्रमा गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्नुभयो । यसैगरी विशेष अतिथी शर्माले कलेजले प्रगति हासिल गर्दै गएमा भविश्यमा बालकुमारी कलेज स्वायत्त विश्व विद्यालयको रुपमा स्थापित हुने सम्भावना रहेको वताउँदै शुभकामना व्यक्त गर्नुभयो । बालकुमारी कलेज संचालक समितिका अध्यक्ष जगन्नाथ...
भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले कोरोना वीमीमा सहभागी सदस्यलाई कोरोना वीमा रकम उपलब्ध गराएको छ । शुक्रबार उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष राजु श्रेष्ठले कोरोना वीमा योजनाका विमित प्रधान मिनिरल वाटर एन्ड विभरेज ई. प्रालिका सञ्चालक सुसनलाल प्रधानलाई ५० हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेको लकडाउन, निषेधाज्ञा जस्ता क्रियाकलापले उद्योग व्यवसाय धरासायी भएको अवस्थामा संघले आफ्ना सदस्यलाई राहत उपलब्ध गराउने उद्देश्यले कोरोना वीमा योजना ल्याइएको बताउनु भयो । उहा“ले संघले व्यवसायीको हक, हितको...
भरतपुर/पुर्वी चितवनको रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण बनलाई कोरोना पुष्टि भएको छ । गत भदौ २८ गते स्वाब दिएका नगर प्रमुख वनलाई पाँच दिनपछि कोरोना संक्रमण भएको रिर्पोट आएको हो । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो । नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । उनको स्वावस्थ्य अवस्था सामान्य छ । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।
काठमाण्डौं/असार १ गतेबाट मलमास सुरु भएको छ । हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउनुहुन्छ । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “नित्य कर्महरु, नैतित्यक कर्महरु मलमासभित्र पनि गर्न सकिन्छ ।” यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन,...
काठमाडौं/सहकारी विभागले सहकारीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन गरेको छ । उक्त निर्देशन संगै सहकारी संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको छ । बिहीबार सहकारी विभागले एक सूचना जारी गर्दै समयमै साधारणसभा गर्ने गरि तयारी थाल्न भएको छ । विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ । सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य...
काठमाडौं/मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेसंगै मन्त्रालयले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । स्वस्थ्य मन्त्रालयको निर्देशन संगै शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम बन्द हुने भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको छ । यसरी परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएका थुप्रै केस छन् ।
काठमाडौं/सरकारले अन्तरिक हवाई उडान संगै होटल तथा रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै सावधानी अपनाएर होटल तथा रेष्टुरेण्ट संचालन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए । व्यवसाय संचालन गर्दा मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने समेत मापदण्डमा व्यवस्था गरिएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत...
काठमाडौं/सरकारले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक जिल्लावाट अर्को जिल्लामा जान पाउने गरि लामो दुरीको यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो । चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।
भरतपुर/कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाले मानव जीवनमा पारेको असरबारे आइतबार भरतपुरमा छलफल गरिएको छ । मानव अधिकार सन्जाल चितवनको टोलीले कोरोना संक्रमण र निषेधाज्ञाले देखिएको असरको वारेमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसंग छलफल गरेको हो । छलफल कार्यक्रमा सन्जालको तर्फबाट कोभिडको कारणवाट अन्य रोगका मानिसहरूले उपचार नपाएर मृत्युु हुन पुगेको, सरकारि कार्यलय, ब्यापार ब्यवसाय, बैंक वित्तीय सस्था, उद्योग सन्चालन गर्न दिने तर सेवाग्राहीलाई अनावश्यक सुरक्षाकर्मीहरुले अफ्ठ्यारो वनाएको, धानको उत्पादनको समयमा मलको अभाव भएको, सुरक्षाकर्मीले सुरक्षाका आवश्यक मापदण्ड पूरा नगरि चेक जाँच गरेको, केहि सरकारी कार्यलयमा सुरक्षाका उपायहरू प्रयोग नगरि सेवा दिएको, ईन्टरनेट प्रदायक सस्थाहरुले धेरै एमविपिएसको रकम...
भरतपुर/भरतपुर अस्पतालमा आइतबार स्वागत तथा विदाई कार्यक्रम संगै सम्पन्न भएको छ । अस्पताल परिषरमा अस्पतालका नव नियुक्त मेडिकल सुपरिटेण्डेन्टको स्वागत एवं निवर्तमान मेडिकल सुपरिटेण्डेन्टको विदाई गरेको हो । भरतपुर अस्पतालले आइतबार ४१ औ मेसु डा. राजन पाण्डेलाई स्वागत गरिएको हो भने ४० औ मेसु डा. श्रीराम तिवारीलाई बिदाई गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष डा. भोजराज अधिकारी सहित पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सन्तोष देवकोटा भरतपुर/चितवनका होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले हालैमात्र चितवनमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला...
सन्तोष देवकोटा भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर...
भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न...
भरतपुर/चितवनको भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि...
भरतपुर/चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण...