• हंसको क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न

      सन्तोष देवकोटा भरतपुर/हंस बहुद्देशीय सहकारी संस्था लि.को आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारीले कार्यसमिति तथा विभिन्न उपसमितिहरुको लागि उक्त कार्यक्रम आयोजना गरेको हो । फागुन २६ र २७ गते बेनिघाट धार्दिङ स्थित त्रिशुली रिभर बिच रिर्सोटमा संचालन भएको कार्यक्रममा इन्द्रज्योति पौडेल प्रशिक्षक रहनु भएको थियो । कार्यक्रममा सहजकर्ता इन्द्रजेति पौडेलले सहकारीमा समिति तथा उपसमितिहरुको काम, कर्तव्य, अधिकार तथा दायित्व, वर्तमान समसामयिक परिस्थितीमा सहकारी संस्था, असर तथा चुनौती एवं सुरक्षाको लागि अवलम्बन गर्नुपर्ने उपायहरु, भाखा नाघेको ऋण व्यवस्थापनमा अवको रणनीति, बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्थाको संभावित व्यवसाय, सहकारी र सुशासन, ऐन तथा नियमावली लगायतका...

    • नारायणी नमुना माविको अध्यक्षमा पुनः थापा निर्वाचित

      सन्तोष देवकोटा भरतपुर/देशकै उत्कृष्ट शैक्षिक सस्थाको रुपमा स्थापित भरतपुर स्थित नारायणी नमुना माध्यमिक विद्यालयको अध्यक्षमा पुनः टेक बहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ । विहीबार विद्यालयमा सम्पन्न अभिभावकहरुको वृहत भेलाले पुनः टेक बहादुर थापाको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मेघनाथ सुवेदी, राधा न्यौपाने दवाडी, सीता वोट, विजया लम्साल, रामु ज्ञवाली रहनु भएको छ । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल रहनु भएको छ भने सदस्य सचिवको रुपमा विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद दवाडी रहनु भएको छ । यसैगरी भेलाले नवराज मरहट्टाको अध्यक्षतामा शिक्षक अभिभावक संघ...

    • चितवन रोटरीद्वारा सामुदायिक विद्यालयमा स्वीटर वितरण

      चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब र स्पाउस् क्लब अफ आर.सी. चितवनले संयूक्त रुपमा स्वीटर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधान र स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालको संयूक्त अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष केशब महर्जन प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्रकुमार पिया रहनु भएको थियो । स्पाउस् क्लबका सचिब पार्वती बगाले सुबेदीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालले राख्नुभएको थियो ।...

    • देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण

      भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । युवाहरु देश बिकासका मेरुदण्ड हुन् उप प्रमुख अधिकारीले भन्नूभयो, परि आए युवाहरुले देशको बागडोर सम्हाल्न सक्ने छन् । ज्योति युवा क्लब भरतपुर ८ गौरीगञ्जको २२ औ बार्षिक साधारणसभा तथा १२ औ अधिबेशनलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले युवा बर्गहरु देशकै ज्योति भएको बताउनु भयो । युवाहरु बिना देशको बिकास असम्भव छ अधिकारीले भन्नूभयो, देश बिकास गर्ने युवाहरु उत्पादन गर्ने काम ज्योति युवा क्लबले गरेको छ । समाज रुपान्तरणमा युवाहरुको ठुलो भुमिका रहेको बताउदै उहाँले पछिल्लो समय टोल, वडा देखि नगर जिल्ला...

    • मा.वि. गंगानगरले राष्ट्रिय बालदिबश विभिन्न कार्यक्रम गरी मनायो

      भरतपुर/माध्यमिक बिद्यालय गङगानगरले राष्ट्रिय बाल दिबश २०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ । बिद्यालयमा आयोजित विभिन्न कार्यक्रमको समापन बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अबसरमा बाल कक्षा पि.जि .देखि १ सम्म तातो आलु प्रतियोगिता, कक्षा २ देखि ८ सम्मका बिधार्थीहरुले म्युजिकल चियर, सट फुटबल पेनाल्टी (बल स्कोर), स्लो साइकल रेस, छोटो दुरिको दौड प्रतियोगिता र कक्षा ९ र १० का बिद्यार्थीहरुले हाम्रो भरतपुर सफा र सुन्दर उत्कृष्ट पर्यटकिय गन्तब्य बिषयमा बक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको सभापतित्व मा.बि.गङगानगर बाल क्लब संयोजक पुजा कडरियाले गर्नुभएको थियो भने संचालन कक्षा १२ का बिश्व अधिकारीले...

    • भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच भेटघाट

      आशिष अधिकारी भरतपुर/भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच शनिबार भेटघाट भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन र बेलायतको रस्मोर ब्रो काउन्सिलका डेपुटी लिडर मौरिस सियान बिच भेटघाट भएको हो । भेट्का क्रममा नेपाल र बेलायत बिच लामो र ऐतिहासिक सम्बन्धको बारेमा कुराकानी भएको छ । भेटमा भरतपुर महानगर प्रमुख दाहालले सन १८१६ बाट नेपाली र बेलायत बिच सौहार्द पुर्ण र मैत्रीपूर्ण औपचारिक सम्बन्ध स्थापित भएको बारेमा जानकारी गराउनु भएको छ । त्यस्तै सन १९२३ मा नेपाली र बेलायत बिच मैत्री सन्धिले दुई देश बिचको सम्बन्धलाई थप औपचारिकता दिएको पनि प्रमुखले अवगत...

    • बालकुमारी मा.वि.मा अक्षयकोष स्थापना

      भरतपुर/नारायणगढ स्थित बालकुमारी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । एस.एल.सी व्याच २०४७ का पूर्वविद्यार्थी स्वर्गीय स्वीकृत सूवेदीको स्मृतिमा बाबु–आमा नभएका गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा १–१२ कक्षासम्मको अध्ययनको लागि दुईजनालाई छात्रवृत्ति प्रदान गर्न बुवा बालकृष्ण सुवेदी, बहिनिहरू लिलि सुवेदी र लक्ष्मी सुवेदी साथै बालमाविद् अलम्नाइ एसोसियसनका उपाध्यक्ष तथा ज्वाई भरत कुमार आचार्य र डा.मोहनचन्द्र रेग्मीबाट स्व.स्वीकृत सुवेदीको भाद्र १० गते परेको जन्मदिनको सम्झनामा एकलाख दुई हजार तीनसय पच्चीस रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको शैक्षिक उन्न्नयनमा सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गर्नु भएकोमा सो अक्षयकोषले भावी दिनहरुमा विगतका दिनहरुको झल्को दिने विश्वास गरिएको दाताहरुको तर्फबाट ई. भरत...

    • चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता

      सन्तोष देवकोटा भरतपुर/भरतपुर १० अस्पताल रोड स्थित चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंक विच उपचार छुट संझौता भएको छ । अस्पतालका अध्यक्ष भरतराज रेग्मी र बैंककी नारायणगढ शाखा प्रमुख दिल कुमारी सापकोटाले संझौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । संझौता अनुसार ज्योति विकास बैंकका ग्राहकहरुले चितवन एभरेष्ट अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सेवा र औषधिमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । विभिन्न प्रकारका उपचार सेवा र औषधिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष रेग्मीले सुविधा लिनको लागि विरामीले ज्योति विकास वैकमा खाता रहेको प्रमाण पेश गर्नुपर्ने वताउनु भयो । अस्पतालमा अर्थो, हाडजोर्नी तथा नसारोगको उपचार, जनरल फिजिसियन,...

    • समस्यापूर्ति काव्य गोष्ठी हुँदै

      भरतपुर । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा १५७ ओं मोती जयन्तिको अवसरमा खुल्ला प्रतियोगितात्मक समस्यापूर्ति काव्यगोष्ठी हुने भएको छ । आगामी  भाद्र ११ गते शनिबार भरतपुर महानगरपालिकाको सभाकक्षमा हुने प्रतियोगितात्मक गोष्ठीका लागि “अहङ्कारको आयु लामो हुदैन” भन्ने   शीर्षक चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा बढीमा  १२० शब्दसम्म मात्र शब्द सीमा तोकिएको छ । प्रतिष्ठानले एक सूचना सार्वजनिक गर्दै आगामी भाद्र ०६ गतेसम्म प्रतिष्ठानको सचिवालय वा  इमेल ठेगाना  pragyapratisthanbhr078@gmail.com मा आइपुग्नेगरी रचना आव्हान गरेकोे छ । प्रतियोगिताका विजयीहरूलाई आकर्षक नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

    • मार्गदर्शन साकोसद्धारा हिंसा पीडित महिला तथा बालबालिकालाई सहयोग हस्तान्तरण

      सन्तोष देवकोटा भरतपुर/भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थीत मार्गदर्शन साकोसले आफ्नो ११ औ स्थापना दिवसको अवसरमा दोश्रो दिन आदर्श गृह नेपालमा आश्रित हिंसा पीडित महिला तथा बालबालिका व्यवस्थापन लागि नगद तथा स्टेशनरी सामग्री सहयोग हस्तान्तरण गरेको छ । सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा आदर्श गृह नेपालका सस्थापक मिना खरेलले अहिलेसम्म महिला हिंसा र बालबालिकाको व्यस्थापनको लागि आदर्श गृह नेपालले गरेको कार्यहरुको जानकारी गराउदै मार्गदर्शन साकोसले आफ्नो स्थापना दिवसको अवसरमा गरेको सहयोग हस्तान्तरणको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो । सहकारीका उपाध्यक्ष डोलबहादुर गुरङले कार्यक्रम आयोजना माथी प्रकाश पार्दै सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत बर्षदेखीनै...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल