• ठुलो परिमाणमा अवैध धानको बिउ नष्ट

    भरतपुर/अवैध रुपमा नेपाल भित्रिएको ठुलो परिमाणको धानको विउ आइतबार भरतपुरमा नष्ट गरिएको छ । विभिन्न सरोकारवालाहरुको रोहवरमा कृषि ज्ञान केन्द्र चितवनले नेपाल सरकारले प्रतिबन्दित गरेको गोरखनाथ ५०९ जातको धानको विउ खाल्टोमा गाडेर नष्ट गरेको हो । नेपाल सरकारको सुचिकरणवाट हटेको धानको विउ विक्रि वितरणको लागि ल्याइएको अवस्थामा प्रहरीको सहयोगमा कृषि ज्ञान केन्द्र चितवनले वरामत गरेको हो । चितवन र अन्य जिल्लाका विभिन्न एग्रेभेटहरुको माग बमोजिम विक्रीको लागि ल्याइएको उक्त धानको विउ मध्ये अधिकांश नारयणगढको एक टान्सपोर्टवाट बरामद गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । वरामद गरिएको मध्ये थोरै धानको विउ जिल्लाका विभिन्न एग्रेभेटहरुवाट वरामद गरिएको...

  • दिवाकर स्मृति विद्यालयको अध्यक्षमा पुनः पाण्डे

    माडी/पश्चिम चितवनको माडी क्षेत्रकै अग्रणी विद्यालयको रुपमा परिचित दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको व्यवस्थापन समिति अध्यक्षमा पुनः ओवनाथ पाण्डे चयन हुनुभएको छ । शुक्रबार सम्पन्न प्रतिनिधीमूलक अभिभावक भेलाले पाण्डेको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा प्रजापति तिवारी, अम्बिका सुनार, निर्मला पोख्रेल, वडाध्यक्ष रामबन्धु पोखरेल र सदस्य सचिवमा विद्यालयका नवनियुक्त प्रधानाध्यापक राजु अधिकारी चयन हुनुभएको छ । अध्यक्ष पाण्डे यसअघि पनि सो विद्यालयको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । त्यसअघि, उहाँ सोमेश्वर सार्वजनिक शैक्षिक गुठीमार्फत निजी क्षेत्रबाट स्थापित तात्कालीन दिवाकर स्मृति विद्यालयको अध्यक्ष रहनुभएको थियो । उक्त विद्यालय र आधारभूत विद्यालय रमाइलोडाँडाबिच २०७५ जेठमा समायोजन...

  • ‘नमस्ते ग्रुप’द्धारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री वितरण

    चितवन /चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले विहीबार राहत सामाग्री वितरण गरेको हो । ग्रुपले मागेर पनि खान नसक्ने, असहाय, अपांग , बृद्धबृद्धालाई लक्षित गरी चामल,तेल, नुल , दाल। सोयाविन वितरण गरेको हो । कोरोना कहरको बेला सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरण गरिएको ग्रुपले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रमलाई बोल्दै ग्रुपका संयोजक दिपेश श्रेष्ठले शहरको आडैमा रहेर पनि कोराना कहरका बेला हालसम्म यो वस्तीमा कसैको आंँखा नपरेकोले यो वस्तीमा सहयोग गरिएको बताए । ‘बत्ती...

  • मितेरी फाउण्डेशनद्धारा राहत वितरण

    भरतपुर/मितेरी फाउन्डेसन नेपालको आयोजनामा राप्ती नगरपालिका वडा न १३ को च्याउदिङगमा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बान्द्राङ, सागम, बाङसीलीङ लगायत आसपासका अति सीमान्तकृत चेपाङ बस्तिमा लकडाउनको समस्यामा परेका ७५ घरधुरीहरुलाइ राहत वितरण गरिएको हो । प्रति घर ३० के. जि. चामल, २ के.जि दाल, ३ के.जि नुन १ लिटर तेल, आधा किलो मस्यौरा बितरण गरिएको छ । मितेरी फाउन्डेसन नेपालका सल्लाहकार राजेश्वर खनालले जेष्ठ नागरिक केशरसिङ चेपाङलाई राहत दिदै कार्यक्रमको सुरुवात गर्नु भएको हो । सस्थाका सदस्य बालकृष्ण थपलियाले बिकट पहाडी भेगमा खाद्यान्न अभाबको जानकारी पाएपछि राहत कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । परोपकारमुलक काम गर्ने उदेश्यले...

  • देवघाट क्षेत्रमा माछा मार्न निषेध

    भरतपुर/देवघाट क्षेत्र विकास समिति तनहुँले देवघाट क्षेत्रमा माछा मार्न निषेध गरेको छ । देवघाट स्थित नदी क्षेत्रका स्नानस्थल र शवदाहस्थलको नजिक वातावरणमा नै खलल पुग्ने गरि माछा मार्ने गरिएको र सो कार्यवाट देवघाटधामको गरिमा र महिमामा ह्रास आउनुको साथै अमर्यादित र अशोभनीय भएको ठहर गर्दै समितिले सार्वजनिक सूचना मार्फत देवघाट क्षेत्रका नदिमा माछा मार्न निषेध गरेको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेद्धारा बुधबार जारी सार्वजनिक सूचनामा त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलबाट तीनैतर्फ ५ सय मिटर (कालीगण्डकी तर्फ सीतागुफा, त्रिशुली तर्फ झोलुंगे पुल र नारायणी तर्फ दाहसंस्कार स्थल)सम्म माछा मार्न निषेश गरिएको छ ।...

  • वातावरण दिवसमा शान्ति समाज चितवनद्वारा वृक्षारोपण

    भरतपुर/विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवनले शनिबार वृक्षारोपण गरेको छ । प्रकृतिको संरक्षण गरौं, रुख रोपौं भन्ने नारा सहित वातावरण दिवसको दिन शान्ति समाजले वृक्षारोपण गरेको हो । समाजले नव जागृत सामुदायिक वन उपभोक्ता समूहको वनमा वृक्षारोपण गरेको मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले जानकारी दिनुभयो । वृक्षारोपणका लागि अधिकारकर्मीहरु पुर्णचन्द्र चापागाई, रबिन खतिवडा, रितु न्यौपाने, सुप्रिया सापकोटा लगायतकाको उपस्थिति रहेको थियो । सन् १९७२ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजित सम्मेलनबाट घोषणा गरी प्रत्येक वर्ष ५ जुनका दिन वातावरण संरक्षण तथा सचेतनामा जोड दिँदै विश्व वातावरण दिवस मनाइन्छ ।

  • नेपाल अर्वुद रोग निवारण संस्था चितवनद्वारा सचेतना कार्यक्रम सम्पन्न

    भरतपुर/नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाद्वारा विश्व धुम्रपान रहीत दिवस २०२१ को अवसरमा सोमबार विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र रहेका निजी तथा सामुदायीक विद्यालयहरु लाई सहभागी वनाई जुम प्रविधि मार्फत विश्व धुम्रपान रहीत दिवस २०२१ को नारा सुर्ति जन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौ का साथ विद्यालय स्तरीय क्यान्सर सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । नेपाल अर्वुद रोग निवारण संस्था, चितवन शाखाका सभापती गोविन्द प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहजकर्ताको रुपमा काठमाण्डौं क्यान्सर सेन्टरका कार्यक्रम निर्देशक एवम् वि.पि. कोइराला मेमोरीयल क्यान्सर अस्पतालका क्यान्सर रोग रोकथाम, नियन्त्रण तथा अनुसंधान विभागका पुर्व विभागिय...

  • अग्रवाल परिवारद्धारा विपन्न मजदुरलाई खाद्यान्न सहयोग

    भरतपुर/समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा अश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १ लिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो । लडकडाउनको कारण ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान वेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उहाँहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिनुभयो । विगतमा समेत विभिन्न ठाँउका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपाएका कारण समस्यामा देखिपछि यो पटक समेत आफुहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । सो अवसरमा चामल, सोयाविन...

  • अर्थात् तेस्रो आँखा

    नारायण प्रसाद रेग्मी चितुवा सबैभन्दा बढी कुद्न सक्ने मांसाहारी जंगली जनावर । चितुवा प्रति घण्टा ११० कि.मि कुद्न सक्छ । तिब्र गति बलिष्ठ शरिर बलिया दाह्रा नङग्राले गर्दा शिकार गर्न चितुवालाई सहज हुन्छ भन्ने ठम्माई छ । करिव६०/७० कि.मि कुद्न सक्ने मृगलाई चितुवाले सहजै शिकार गर्नु धेरैलाई सामान्य घटना लाग्न सक्छ । मृग नजिकिएको अनुभुति हुदा चितुवा झाडीमा शरिर लुकाएर शान्त मुद्रामा रहन्छ । समूहमा उमङ्ग हुदै वरपर जङगलका घास टिप्दै मृग अगाडि बढिरहेको दृश्य चितुवाले बेस्सरी नियाल्छ । जति जति मृग चितुवा नजिक पुग्छ, चितुवा अझ सम्यमित बन्छ । मृग अनायस आँखा अगाडि चितुवा देख्दा अत्तालिन्छ । मृग...

  • निषेधाज्ञाको पालना गर्न उवासंघ चितवनको अपील

    भरतपुर/मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण झनै वढेको हुँदा नेपाल सरकारद्धारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पालना गर्न उद्योग वाणिज्य संघ चितवनले अपील गरेको छ । कोरोना संक्रमण वढिरहेको वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालय चितवनले फेरि लकडाउनको समय थप गरेको वताउँदै संघले सदस्यहरुलाई कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्नुको विकल्प नभएको भन्दै सो अपिल गरेको हो । संघका कार्यकारी निर्देशक निल बहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै दोस्रो लहरको कोरोना संक्रमणको कारण दिप्रतिदिन संक्रमित र मृत्युदर वढेको वताउँदै वर्तमान अवस्थामा निषेधाज्ञाको पालना गर्नु उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको कर्तब्य भएको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल