• अग्रवाल परिवारद्धारा विपन्न मजदुरलाई खाद्यान्न सहयोग

      भरतपुर/समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले भरतपुर नारायणी नदी किनार लिलाचोकमा अश्रित विपन्न मजदुरलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १ लिलाचोकमा रहेका ५० घर परिवारलाई अग्रवाल परिवारले खाद्यान्न सहयोग गरेको हो । लडकडाउनको कारण ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान वेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उहाँहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी उमाशंकर अग्रवालले जानकारी दिनुभयो । विगतमा समेत विभिन्न ठाँउका विपन्न तथा गरिबलाई सहयोग गर्दै आएका अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपाएका कारण समस्यामा देखिपछि यो पटक समेत आफुहरुले १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । सो अवसरमा चामल, सोयाविन...

    • अर्थात् तेस्रो आँखा

      नारायण प्रसाद रेग्मी चितुवा सबैभन्दा बढी कुद्न सक्ने मांसाहारी जंगली जनावर । चितुवा प्रति घण्टा ११० कि.मि कुद्न सक्छ । तिब्र गति बलिष्ठ शरिर बलिया दाह्रा नङग्राले गर्दा शिकार गर्न चितुवालाई सहज हुन्छ भन्ने ठम्माई छ । करिव६०/७० कि.मि कुद्न सक्ने मृगलाई चितुवाले सहजै शिकार गर्नु धेरैलाई सामान्य घटना लाग्न सक्छ । मृग नजिकिएको अनुभुति हुदा चितुवा झाडीमा शरिर लुकाएर शान्त मुद्रामा रहन्छ । समूहमा उमङ्ग हुदै वरपर जङगलका घास टिप्दै मृग अगाडि बढिरहेको दृश्य चितुवाले बेस्सरी नियाल्छ । जति जति मृग चितुवा नजिक पुग्छ, चितुवा अझ सम्यमित बन्छ । मृग अनायस आँखा अगाडि चितुवा देख्दा अत्तालिन्छ । मृग...

    • निषेधाज्ञाको पालना गर्न उवासंघ चितवनको अपील

      भरतपुर/मुलुकमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमण झनै वढेको हुँदा नेपाल सरकारद्धारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पालना गर्न उद्योग वाणिज्य संघ चितवनले अपील गरेको छ । कोरोना संक्रमण वढिरहेको वर्तमान अवस्थामा जिल्ला प्रशासन कार्यालय चितवनले फेरि लकडाउनको समय थप गरेको वताउँदै संघले सदस्यहरुलाई कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड र निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्नुको विकल्प नभएको भन्दै सो अपिल गरेको हो । संघका कार्यकारी निर्देशक निल बहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै दोस्रो लहरको कोरोना संक्रमणको कारण दिप्रतिदिन संक्रमित र मृत्युदर वढेको वताउँदै वर्तमान अवस्थामा निषेधाज्ञाको पालना गर्नु उद्यमी व्यवसायी लगायत आम सर्वसाधारणको कर्तब्य भएको...

    • धुम्रपान रहित दिवसमा विद्यालय स्तरीय सचेतना कार्यक्रम

      भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखको आयोजनामा विश्व धुम्रपान रहित दिवस २०२१ को अवसरमा विद्यालय स्तरीय क्यान्सर सचेतनामुलक कार्यक्रम हुने भएको छ । सुर्तीजन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौं भन्ने मुल नाराका साथ भरतपुर महानगरपालिका, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र हंस वहुउदेश्यीय सहकारी सस्थाको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यहि जेठ १७ गते (मे ३१ तारिख) को दिन जुम प्रविधिमार्फत विहान ११ वजे आयोजना हुने उक्त कार्यक्रममा भरतपुर महानगरपालिका भित्रका निजी तथा सामुदायीक विद्यालयहरुमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्यायनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द प्रसाद पौडेलले...

    • लोकतन्त्र दिवसमा दीप प्रज्वलन

      भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाको आयोजनामा १५ औ लोकतन्त्र दिबसको अवसरमा शनिबार भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरिएको छ । सो कार्यक्रममा नेपाली काँग्रेस चितबनका पार्टीका सचिब उतम जोशी प्रमुख अतिथि रहनु भएको थियो । दिप प्रज्वलन कार्यक्रममा सचिब जोसिले लोकतन्त्र प्राप्तिको लागि शान्ति समाजको महत्वपूर्ण भुमिकाको चर्चा गर्नु भएको थियो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव बाबुहरि आचार्यले कार्यक्रम माथि प्रकाश पार्नु भएको कार्यक्रममा आजीवन सदस्य शंकर कँडेल, पूर्ब शाखा सभापतिहरु दिल बहादुर बोगटी, राजेन्द्र पौडेल, नेपाल शिक्षक संघ चितबनका सचिब प्रेम पौडेल लगायतको सहभागिता रहेको थियो । शाखा सभापति शम्भु राउतको सभापतित्वमा भएको कार्यक्रम...

    • चितवन रोटरीद्धारा वन्दिपुरमा निर्मित सडकवत्ती हस्तान्तरण

      भरतपुर/रोटरी क्लव अफ चितवनले पर्यटकीय स्थल वन्दिपुरमा निर्माण गरेको रोटरी बन्दीपुर सडक वत्ती परियोजना बुधबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन एवं हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ चितवनको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक वत्ती स्थानीय सरकारको रुपमा रहेको वन्दिपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले सडक वत्तीको उद्घाटन एवं हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका वोल्दै प्रमुख अतिथी मेहताले रोटरीको लगानीमा निर्माण सम्पन्न भएको सडक वत्तीले वन्दिपुरको पर्यटकीय प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । वन्दिपुरलाई युरोप र त्यहाका पर्यटकीय क्षेत्रसंग तुलना गर्दै मेहताले जिवनकालमा एकपल्ट परिवारसहित घुम्नुपर्ने ठाउँको...

    • हंस सहकारीको अन्तरक्रिया र वनभोज कार्यक्रम

      भरतपुर/हंस वहुउदेश्यीय सहकारी सस्था चितनवनको आयोजनामा सोमबार गोलाघाटमा अन्तरक्रिया एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । सहकारीका शिक्षा समितिका संयोजक वावुराम देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउनु भयो । सहरकारीले न्युन आय भएका मानिसलाई वचत गर्ने वानीको विकास गरि उद्यमी वनाउन सहयोग पु¥याएको वताउनु भयो । सहकारीका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चुकेले सहकारीले छिट्टै मेघौलीमा सेवाकेन्द्र स्थापना गरि सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष वावुराम अधिकारी, संचालक समिति सदस्य सडानन्द लामिछाने, महिला उपसमिति...

    • नवज्योतिको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

      भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित नवज्योति आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिला शर्मा ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद अचार्य प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आचार्यले शिक्षा विकासको मेरुदण्ड भएको वताउनु भयो । सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न राज्यले शिक्षामा लगानी वढाउनु पर्ने वताउँदै उहाले पछिल्लो समय सरकारी विद्यालयमा आकर्षण वढेको वताउनु भयो । निजी विद्यालयको कारण शिक्षामा असमान स्थिती देखिएको वताउँदै उहाले जस्तो सुकै आर्थिक अवस्था भएकाले पनि समान शिक्षाको अवसर पाउनु पर्नेमा जोड दिनुभयो ।...

    • होटलको स्तरिकरणले व्यवसायी उत्साहित

      सन्तोष देवकोटा भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले विभिन्न मापदण्डको आधारमा जिल्लाका होटललाई स्तरिकरण गरेपछि होटल व्यवसायमा उत्साह देखिएको छ । गत वर्ष सौराहाका होटल स्तरिकरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले यसवर्ष नारायणगढका दर्जन वढि होटल स्तरिकरण गरेको थियो । होटलको स्तरिकरण पछि होटल व्यवसायमा उत्साह छाएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो । होटलको स्तरिकरण गरेपछि पाहुना (गेष्ट)ले हेर्ने नजर नै परिवर्तन भएको वताउँदै महतोले त्यो भन्दा धेरै होटल व्यवसायी आफैमा अनुशास पैदा भएको दावी गर्नु भयो । पहिले भन्दा होटल व्यवस्थापन, उत्पादिन खाद्यवस्तु र सेवामा गुणस्तर...

    • रोटरी र लायन्सद्धारा छात्रवृत्ति वितरण

      भरतपुर/रोटरी क्लब अफ चितवन र लायन्स क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ ऋषिङ स्थित श्री शिव सरस्वती माध्यमिक विद्यालयमा अध्यायनरत २२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको ४६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण गरिएको हो । रोटरी क्लव अफ चितवनले ११ जना, लायन्स क्लव अफ नारायणगढ चित्रवनले ६ जना, वाँकी ५ जनालाई रोटरी क्लव अफ नारायणगढ र धनलक्ष्मी बचत तथा ऋण सहकारी लिमिटेडले छात्रवृत्ति वितरण गरेको रोटरी क्लव अफ चितवनका प्रथम उपाध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । रोटरी क्लव अफ चितवनले वितरण गरेको मध्ये पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानबाट १ जना, पुर्व अध्यक्ष...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल