• पिउने पानी उत्पादन मापदण्ड सम्वन्धि गोष्ठि

    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा शुक्रबार नारायणगढमा एकदिने गोष्ठि सम्पन्न भएको छ । पानी उत्पादन व्यवसायीको सहभागितामा प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिकामा भएका ब्यवस्थाहरु बिषयक एक दिने गोष्ठि नारायणगढमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौंडाका प्रमुख बरिष्ठ खाद्य अधिकृत सोमकान्त रिजाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, प्रदिप काफ्ले लगायतले सहजीकरण गर्नु भएको थियो । नेपाल बोटल वाटर उद्योग संघ केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सदस्य एवंम् चितवन–नवलपुर क्षेत्रका ३० वटा पानी उद्योगका उद्योगी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • हंसको १७ औं साधारण सभा सम्पन्न

    भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव शनिबार रक्तदान तथा उत्कृष्ठ सदस्यहरुको सम्मान गर्दै सम्पन्न भएको छ । साधारण सभाको समापन कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि काफ्लेले हंस सहकारीले बचत तथा ऋणका साथै उत्पादन र सामाजिक कार्यका क्षेत्रमा समेत सकृय रहेर उदाहरणीय कार्य गर्दै आएको भनी प्रसंसा गर्नु भयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा...

  • कोपिला सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

    कास्की/कोपिला बचत तथा ऋण सहकारीसंस्था लि. सिद्धार्थचोक पोखराको १३ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सूर्यबहादुर जि सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी डिभिजनका अधिकृत बलराम शर्मा प्रमुख अतिथि रहनु भएको थियो । कोभिड १९ का कारण मंसिर ६ गते बाट मंसिर १३ सम्म १३ औं साधरण सभा तथा ५ औं अधिवेशन गर्ने निर्णय गरिएको थियो । मंसिर ६,७ र ८ गते स्वयम् शेयर सदस्यहरु उपस्थिति भई बार्षिक प्रतिवेदन बुझि मंसिर १० गते भित्र सल्लाह तथा सुझाव पेश गरेका थिए । पहिलो सत्रमा जगत प्रसाद शर्माले लेखा समिति तथा विष्णु प्रसाद अधिकारीले...

  • जापानिज भाषाको पुस्तक ‘वाकारि यासुइ निहोनगो’ वजारमा, जापान जाने विद्यार्थीलाई कोषेढुंगा सावित हुने विश्वास

    भरतपुर/चितवनको स्थापित भाषा प्रशिक्षकको रुपमा परिचित दिपक चन्द्र भट्टराईले जापानिज भाषा पढ्न चाहनेहरुको लागि अतिनै उपयोगि पुस्तक नेपाली वजारमा ल्याउनु भएको छ । अध्यायनको लागि जापान जान चाहाने विद्यार्थीहरुलाई उक्त पुस्तक मार्गदर्शकको रुपमा लिइएको छ । शहिदचोक नारायणगढ स्थित निप्पोन एजुकेशनल सेन्टरका प्रमुखसमेत रहनु भएका दिपक चन्द्र भट्टराईले कोरोना संक्रमण र लकडाउनको वावजुद विद्यार्थी एवं अभिभावकहरुको मागलाई मध्यनजर गर्दै पुस्तक प्रकाशन गरेको जानकारी दिनु भयो । लेखक भट्टराईको पहिलो पुस्तक ‘वाकारि यासुइ निहोनगो’ सार्वजनिक भएसंगै जापान जान चाहाने र भाषा अध्यनको क्रममा रहेका विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । जापानिज भाषा सिक्न चाहने सबैखालका विद्यार्थीहरुको लागि उक्त पुस्तक उपयोगी...

  • चितवन उद्योग संघको बरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल

    भरतपुर/चितवन उद्योग संघको वरिष्ठ उपाध्यक्षमा चयन हुनु भएको छ । संघको गभर्निङ काउन्सिलको मंगलबारको बैठकले संघको बरिष्ठ उपाध्यक्षको लागि सिफारिस गरे बमोजिम संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको विशेष बैठकले संघका उपाध्यक्ष एवं सरकारी एवं गैह्र सरकारी समन्वय विभागका संयोजक त्रिलोचन कँडेललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । चितवन उद्योग संघको बिधानको दफा २४ (२) अनुसार कार्यसमितिको २ वर्षे कार्यकालमा १ वर्षभित्र ६ जना उपाध्यक्षबाट एकजना बरिष्ठ उपाध्यक्ष चुनिने प्रक्रिया रहेको छ । जसको लागि उपाध्यक्षहरुले संघप्रति गरेको योगदान र काम, कर्तव्यको आधारमा गभर्निङ काउन्सिलले बरिष्ठ उपाध्यक्ष चयन गर्ने प्रावधान रहेको छ । २०६४ सालमा...

  • यात्रा ग्रुप भरतपुरद्धारा खाद्यान्न सहयोग

    भरतपुर/यात्रा ग्रुप भरतपुरले आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर १२ स्थित छात्रावास परिसरमा नै पुगेर यात्रा ग्रुपले खाद्य सामाग्री सहयोग गरेको हो । छात्रावासलाई १५ हजार बराबरको २ थान ग्याँस सिलिन्डर, चाउचाउ, बिस्कुट, अण्डा तथा सरसफाईका सामाग्रीहरुको सहयोग गरिएको ग्रुपका सचिव ध्रुव घिमिरेले जानकारी दिए । उक्त सामाग्री ग्रुपका अध्यक्ष कृष्ण कार्कीले छात्रावासकी संरक्षक सावित्रा ढकाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ग्रपका संरक्षक तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना महामारीले निम्त्याएको संकटको समयमा गरिएको सहयोगका लागि आयोजकलाई धन्यवाद दिए । डा. अधिकारीले कोरोनाका कारण सम्पूर्ण गतिविधि ठप्प रहदा समस्यामा परेका यस्ता संस्थाहरुलाई सबैले...

  • मानव वेचविखन तथा ओसार पसार विरुद्धको दिवसमा विचार गोष्ठी

    भरतपुर/आदर्श नारी विकास केन्द्र, आदर्श गृह नेपालको संयुक्त आयोजनामा शनिबार मानव वेचविखन तथा ओसारपसारको वर्तमान अवस्था र कोभिड १९ ले पारेको प्रभाव विषयक विचार गोष्ठी सम्पन्न भएको छ । १४ औं राष्ट्रिय मानव वेचविखन तथा ओसार पसार विरुद्धको दिवस २०७७ को अवसरमा प्रबिधिको प्रयोग गर्दै सरोकारवाला हरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो । “मानव वेचविखन तथा ओसार पसारको अन्त्य सु–संस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य“ भन्ने यस वर्षको मुल नारा लाई सार्थक बनाउन संघीय संसद, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रत्ननगर नगरपालिकाकी प्रमुख बिमला दवाडी,...

  • विद्युतका कर्मचारीमा कोरोना

    २०७७ भाद्र १५ भरतपुर/नेपाल विद्युत प्राधिकरण आम विद्युत उपभोग गर्ने ग्राहकहरु प्रत्यक्ष सम्पर्क हुने कार्यालय हो । विद्युत उपभोत्ताहरु महसुल वुझाउन जाने हुँदा त्यहा भिडभाड हुने गर्छ । सोहि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । एक जना प्राविधिकलाई कोरोना देखिएको जानकारी दिँदै केन्द्र प्रमुख इन्जिनियर सुरेशकुमार महतोले सबै कर्मचारी होम क्वारेन्टिनमा वसेको जानकारी दिनुभयो । कोरोनाको जोखिम हुँदाहुँदै पनि आइतबारदेखि चितवनका सरकारी कार्यालयले केही समय सेवा दिन थालेका छन् । प्रमुख महतोले आइतबार मात्रै पाँच सय जनाले विद्युत महशुल बुझाएको बताउनुभयो । कार्यालयमा आएर विद्युतको महशुल तिर्दा जोखिम झन् बढ्छ,उहाँले भन्नुभयो,घरमै बसौं अनलाइन मार्फत महशुल तिरौं ।

  • मूल्य घटाएपछि इन्डक्सन चुलोको बिक्री बढ्यो

    काठमाडौँ  मूल्य घटाएर इन्डक्सन चुलो बेचेपछि बिक्री बढेको छ । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीका बेला चीन सरकारले अनुदान स्वरुप दिएको इन्डक्सन चुलोको मूल्य बढी हुँदा बिक्री हुन नसकेकोमा मूल्य घटाएर बेचेपछि बिक्री बढेको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले चुलो बिक्री नभएपछि आपूर्ति मन्त्रालय र नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडका कर्मचारीलाई बोलाएर तत्काल मूल्य समायोजन गरेर बिक्री गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार अहिले रु चार हजार मूल्य निर्धारण गरी बिक्री वितरण गरिएको कर्पोरेसनकी सूचना अधिकारी गीता निरौलाले जानकारी दिए । कर्पोरेसनले हालसम्म एक हजार ५०० थान इन्डक्सन चुलो बिक्री गरेको छ । २०७२ मङ्सिर...

  • राजधानीका निम्न स्थानमा अब निशुल्क इन्टरनेट

    काठमाडौँ – पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भने । तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ । एक वर्षअघि...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • रातोपाटी स्पेशल