भरतपुर/पीसीआर परिक्षणको लागि चर्को मुल्य तिर्दै आएका आम नागरिकले अव दुई हजार रुपैयामा सेवा लिन पाउने भएका छन् । सरकारले कोरोनाभाइरस लागे नलागेको थाहा पाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएर दुई हजार रुपैया कायम गरेको हो ।
सरकारको यो निर्णय संगै आम मानिसहरुलाई पीसीआर परिक्षणमा थप राहत मिलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क ४ हजार ४ सय कायम भएकोमा अहिले घटाएर अधिकतम २ हजार रुपैयाँ कायम गरिएको हो ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर परीक्षणमा अबदेखि कुनैपनि ल्याबले अधिकतम २ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको जानकारी दिए । सरकारको यो निर्णयसँगै अब निजी तथा सशुल्क परीक्षणका लागि तोकिएका सवै ल्याबहरुले दुई हजार रुपैया भन्दा वढि मुल्य लिन नपाउने भएका हुन् ।