• झण्डै ६ महिना पछि भरतपुरमा नियमित उडान सुरु


    भरतपुर/कोरोना संक्रमणको कारण निकै लामो समय देखि वन्द अवस्थामा रहेको भरतपुर विमानस्थलमा नियमित उडान सुरु भएको छ । गत चैत्र ११ गतेदेखि वन्द भएको नियमित व्यवसायीक उडान झण्डै ६ महिना पछि सोमबारवाट सुरु भएको हो । भरतपुरमा सोमबार यती एयर र वुद्ध एयरले अडान सुरु गरेका हुन । सोमबार दुबै एयरलाईन्सले दुई/दुई वटा उडान भरेका छन् । ६ महिना पछिको पहिलो दिन भएकाले दुवै एयर लाईन्सले चालक दलमा दुबै जना क्याप्टेन राखेर जहाज उडान सुरु गरेका हुन ।
    लकडाउन अघि दैनिक पाँच वटा वुद्धले र ३ वटा यतीले उडान भर्दै आएका थिए । दुबै एयरलाईन्सले एउटा उडान पोखरा र चितवन गरेका थिए भने अन्य काठमााडौंबाट चितवन गरेका थिए । यतिको विहान ९ः५५ बजे र दिउसो २ः २५ बजे उडान भएको हो भने बुद्धको विहान ११ः३० बजे र दिउसो ३ ः ४० बजे उडान भएको हो । यति एयरलाइन्स भरतपुर स्टेशन म्यानेजर अनुप ढकालले सिट क्षमता ३० भएपनि २२ भन्दा बढी यात्रु नबोक्ने योजनमा रहेको बताउनुभयो ।


    उडानका क्रममा सरकारले घोषणा गरेको सुरक्षा मापदण्ड पुरा गरिएको ढकालको भनाई थियो । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्रनाथ कुँवरले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड र कार्यविधि अनुसार यात्रुलाई गन्तव्यसम्म लैजाने गरिएको बताउनुभयो । उहाँको अनुसार टर्मिनल भवनको अगाडी स्वास्थ्यकर्मी सहितको डेल्प डेस्कमा यात्रुको ज्वरो लगायतका स्वास्थ्य परीक्षण गरेर मात्रै भित्र पठाउने गरिएको छ । यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ । हरेक यात्रुको झोला निसंक्रमित गरेपछि मात्रै परीक्षणका लागि एक्सरे मेसिनमा राखिने व्यवस्था मिलाइएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt