अर्थात् तेस्रो आँखा


नारायण प्रसाद रेग्मी

चितुवा सबैभन्दा बढी कुद्न सक्ने मांसाहारी जंगली जनावर । चितुवा प्रति घण्टा ११० कि.मि कुद्न सक्छ । तिब्र गति बलिष्ठ शरिर बलिया दाह्रा नङग्राले गर्दा शिकार गर्न चितुवालाई सहज हुन्छ भन्ने ठम्माई छ । करिव६०/७० कि.मि कुद्न सक्ने मृगलाई चितुवाले सहजै शिकार गर्नु धेरैलाई सामान्य घटना लाग्न सक्छ । मृग नजिकिएको अनुभुति हुदा चितुवा झाडीमा शरिर लुकाएर शान्त मुद्रामा रहन्छ । समूहमा उमङ्ग हुदै वरपर जङगलका घास टिप्दै मृग अगाडि बढिरहेको दृश्य चितुवाले बेस्सरी नियाल्छ । जति जति मृग चितुवा नजिक पुग्छ, चितुवा अझ सम्यमित बन्छ । मृग अनायस आँखा अगाडि चितुवा देख्दा अत्तालिन्छ । मृग जीबन बचाउन प्रयासरत रहन्छ तर अन्तमा चितुवाको फन्दामा पर्न बाद्य हुन्छ । बलियो शारिरिक सुगठन तिब्र गति प्रकृति प्रदक्त बलिया दाह्रा नङग्रा देख्दा चितुवाले मृगलाई सहजै शिकार गर्नुपर्ने हो र लामो समय झाडीको अभिनय फगत पनि लाग्न सक्छ धैरैलाई । चितुवाको गति तिब्र भएपनि सहजै मृग समात्न भने चितुवा असफल हुन्छ । मृग लामो समय कुदिरहन सक्छ । मृग कुद्नुलाई कर्म जोश र ध्यानको रुपमा लिन्छ र निरन्तरता दिईरहन्छ जसको कारण सिधै मृगलाई हमला गर्दा चितुवा असफल हुन्छ । पहिलो आक्रमणमा नै मृगलाई निशाना गर्न नसक्दा चितुवाको लागि भाग दौड चुनौति पूर्ण हुन्छ र भागेर मृग बच्ने सम्भावना बढ्छ । जङगलको बलियो तिब्र गति धारिला दाह्रा नङग्रा भएर पनि शिकार गर्ने क्रममा चितुवा आफ्नो सारा शक्तिलाई बिर्सेर ध्यानमग्न हुन्छ र सहजै एकै पटकको आक्रमणमा मृगलाई शिकार गर्न सफल हुन्छ ।
कडा परिश्रम मेहनतले जीबनमा सफल बन्न सकिन्छ भन्ने आम मानिसको ठम्याई रहेको छ । किसान भरिया रिक्सावाल मजदुर रगत पसिना चुहाएर बेस्सरी मेहनत गर्छन् तर हातमुख जोर्ने समस्या हल गर्न पनि हम्मे हम्मे पर्छ । किसानको मजदूरको मेहनतको न त कदर हुन्छ न त प्रशिद्दि नै । पौडन जान्ने र नजान्ने मानिस पोखरीमा हामफाल्दा नजान्नेले मेहनत बढि गर्छ तर बाँच्न असफल हुन्छ । सङगै हाम्फालेको पौडीबाज पौडी खेल्नमा आनन्द लिन्छ । बिगतमा बालबालिका हरुलाई बेस्सरी मेहनत गर्न घोक्न कण्ठाग्र गर्न लगाईन्थ्यो । गुरूकुल प्रणालीमा अझ घोकेको कण्ठाग्र गरेको आधारमा बुझाइको मापन गरिन्थ्यो । सामान्य ज्ञानको ज्ञान भएका खरर अङ्ग्रेजी बोल्न जान्नेलाई एकताका तिक्ष्ण बिद्यार्थीको सज्ञा दिईन्थ्यो । बिद्यार्थीहरुलाई अङ्ग्रेजी भाषामा दक्खल होस् भन्ने अभिप्रायले शब्दभण्डार ज्ञानको लागि अङग्रेजी शब्द कोष घोक्न पनि लगाईन्थ्यो । सस्कृतका ऋृचा श्लोक मन्त्रको अर्थ नबुझे पनि बिद्यार्थी कण्ठाग्र गर्थे । जोश निरन्तरको मेहनत र कर्मलाई ध्यानको रुपमा रुपान्तरण गर्न नसक्दा प्राप्त ज्ञान बिषय ज्ञान त बन्नसक्ला तर त्यो ज्ञानले ब्यक्तिको चिन्तन जीबनशैलिमा तात्विक असर पार्दैन केवल ब्यक्तिमा अहङकार मात्र बढाउछ ।
कुरुक्षेत्रमा यूद्द कौशल अर्जुनमा धैर्यता गर्ने सहास नभएको समस्या देखि भाग्न खोज्ने समस्यालाई गहिराईमा बुझ्ने क्षमता नभएको भए भगवान श्रीकृष्णका वचनहरु अर्थबिहिन हुन्थे । कुरु क्षेत्रको कौरव र पाण्डव वीचको यूद्द समस्या रुपमा आएको थियो जसलाई राम्रो संग ब्यबस्थापन नगर्दा यूद्द रथी अर्जुन र सारथी भगवान श्रीकृष्ण दुबैको अस्तित्व सङकटमा पर्ने निश्चित थियो । अर्जुन र भगवान् श्रीकृष्णको धैर्यताले महाभारतको घटनामा दुबै पात्र चर्चित कहलिए । बाह्र बर्षको बनवास एक बर्षको गुप्ताबासमा पाण्डबहरुले हदै सम्मको दुःख झेले र पनि उनिहरुको धैर्यता सहनशिला प्रति सफलता नतमस्तक बन्यो । सौतेनी आमा कैकेयी को हठको कारण भगवान राम चौध बर्ष बनवास जीबन बिताउन बाद्य भए । बनवासमा थुप्रै उल्झन दुख समस्या धैर्य सहनशिल बन्दै पार लगाए जसका कारण राम सबैका दिलका राम आत्मराम कहलिए । गौतम बुद्ध ध्यानमा बेस्सरी अत्तालिए र पनि छ बर्षसम्म निरन्तर लागिरहे र भगवान गौतम बुद्धको रुपमा मुक्तपुरुष कहलिए । अनुसन्धान भन्छ पाँच बर्षसम्म निरन्तर रुपमा कुनैपनि क्षेत्रको अध्ययन साधनामा जुट्दा सफलता सहजै हात लाग्छ ।
मानवसंग अथाह सम्भावना हुदाहुदै पनि काम क्रोध लोभ मोह अहङकारका कारण मानिस धन सम्पति पद प्रतिष्ठा प्राप्तिका लागि भौतारिन्छ । अधिकांश मानिसहरुमा धैर्यता समर्पण गर्ने बानिको अभाब हुन्छ । ज्ञान योग ध्यान प्राणायम सकारात्मक सोच आध्यात्मिक चिन्तन सात्विक भोजन सत्कर्मबारे धेरै मानिसहरु लोभिन्छन् । यसको अनुशरण अभ्यासले जीबन जगतमा आमुल परिबर्तनको ठम्याई हुदाहुदै पनि आममानिस छिर्न खोज्दैनन् यस भित्र र छिरेर पनि कम मात्र टिकिरहन्छन् । कतिपय मानिसहरु पुर्बजन्मको सस्कार आसुरी स्वभाबका कारण पात्रता नहुदा आध्यात्मिक क्षेत्रदेखि टाढै बस्न रुचाउछन् । गीतामा बर्णन गरे झै ज्ञान भक्ति ध्यान कर्म योगमा लाग्दा प्रतिफल आसा नराखी त्यसलाई जीबनको जोश निरन्तर रुपमा लाग्दै रम्नसके जीबनमा खुसीको सहजै अनुभुति गर्न सकिन्छ । (सहायक क्याम्पस प्रमुख, सप्तगण्डकी बहुमुखी क्याम्पस)

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार