गजलः कोरोना


विन्दु देवकोटा घिमिरे
पालुङ्टार ४, गोरखा

कस्तो जीवाणु आयो कुन्नी सन्सार तहसनहस बनायो
उसैले चर्चा कमाइ रह्यो सर्वत्र आफ्नै बहस बनायो ।

एकछत्र राज गर्दै छ उ बिज्ञान का अस्त्रलाई हराउँदै
क्या अजिब छ उ सन्सार जित्ने अदम्य साहस बनायो ।

दुनियाँ त्राहि त्राहि छ यतिबेला रोकिएको छ बिकासकोगति
बन्दी बनाएर मानव लाई जीवन जिउन सकस बनायो ।

खाने गास को त के कुरा फेर्ने सासको अभाव छ यहाँ
तड्पी तड्पी बाच्नु पर्ने जीन्दगी कस्तो कर्कश बनायो ।

भो अब लेख्दिन भन्छु उसको बारेमा गीत र गजल
फेरी पनि उसको यो हर्कतले मलाई खस खस बनायो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt