देवघाट क्षेत्रमा माछा मार्न निषेध


भरतपुर/देवघाट क्षेत्र विकास समिति तनहुँले देवघाट क्षेत्रमा माछा मार्न निषेध गरेको छ । देवघाट स्थित नदी क्षेत्रका स्नानस्थल र शवदाहस्थलको नजिक वातावरणमा नै खलल पुग्ने गरि माछा मार्ने गरिएको र सो कार्यवाट देवघाटधामको गरिमा र महिमामा ह्रास आउनुको साथै अमर्यादित र अशोभनीय भएको ठहर गर्दै समितिले सार्वजनिक सूचना मार्फत देवघाट क्षेत्रका नदिमा माछा मार्न निषेध गरेको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबु घिमिरेद्धारा बुधबार जारी सार्वजनिक सूचनामा त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलबाट तीनैतर्फ ५ सय मिटर (कालीगण्डकी तर्फ सीतागुफा, त्रिशुली तर्फ झोलुंगे पुल र नारायणी तर्फ दाहसंस्कार स्थल)सम्म माछा मार्न निषेश गरिएको छ । यसैगरी सूचनामा वागीश्वरी क्षेत्रको केही तल दियालो वंगालाबाट निर्मित नारायणी नदी किनार हाल कोभिड १९ संक्रमित शवदहन स्थालको तल माथि ५ सय मिटर क्षेत्रसम्म पनि माछा मार्न निषेध गरिएको छ ।


साथै सूचनाको वर्खिलाप हुने गरि कसैले माछा मार्ने कार्य गरेको पाईएमा कानून वमोजिम हुने पनि सूचनामा उल्लेख गरिएको छ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा देश विदेशवाट अत्याधिक संख्यामा धार्मिक तीर्थयात्रीहरुको आगमन हुने र वेणीसंगम स्थलमा स्नान गरि विभिन्न मठ मन्दिरहरुको दर्शन सार्थ अन्य धार्मिक कार्यहरुमा सरिक हुने हुँदा यस क्षेत्रको धार्मिक वातावरण स्वच्छ र शुद्ध राख्नु सवैको कर्तव्य हुने समितिद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt