स्व.पुर्व स्वास्थ्य सहायक मन्त्री विद्यादेवीको संझना


हरिदत्त देवकोटा
पालुङ्टार ३, गोरखा (हाल चितवन)

थियौं नि विद्या साहसी तिमी, कर्ममा रमायौ
त्यो गाउँघरमा उज्यालो ल्यायौ, सुन्दर बनायौ ।
त्यो तिम्रो काम देखेर आज, मानिस मोहित छ
धन्य हुन् विद्या भनेर आज, गुणगान वढ्दै छ ।

जन्मियौ हर्मी उदायौ तिमी, कार्यमा रमायौ
यो जन्मथलो उज्यालो पार्न, सूमार्ग समायौ ।
कहिले खोला कहिले जंगल, जहाँसुकै हिँडेर
आपसमा खेल्यौ रमाई तिमी, गाउँघरमा मिलेर ।

पीडित थियो गाउँघर पहिले, पानीको अभावले
काकाकुल बन्दै धाउँथे पर, उदासी मनले ।
यो दुःख संझि त्यो मन रोयो, बिलबन गरायो
ढाँडखोलाबाट पानी नै ल्याई, सवैलाई पिलायौ ।

निरक्षर थिए जनता गाउँका, चेतना थिएन
प्रौढ शिक्षाको उज्यालो बाल्यौ, अन्धकार हटाउन ।
कापी र कलम लालटिन बालि, स्वयम्सेवक खटायौ
हेर्दामा हेर्दै अनौठो ग¥यौ, गाउँघर चम्कायौ ।

महिलाको हितमा आवाज उठ्यो, तिम्रो त्यो खातिर
जनजागरण ल्याई चेतना ल्यायौ, गाउँ बन्यो सुन्दर ।
चुलो र चम्को गर्दै थिए महिला, बुहार्तन खपेर
त्यो तिम्रो देनले जागरुक भए, हिड्दछन् हाँसेर ।

उपचार गर्न समस्या थियो, अस्पताल टाढा थ्यो
आम्दानी शुन्य उपचार महंगो, निकै नै बाधा थियो ।
महशुस ग¥यौ हेल्थपोष्ट ल्यायौ, गाउँको माझमा
खुसिथे जनता उपचार पाई त्यो तिम्रो साथमा

त्यो तिम्रो देन अपुर्ण थियो, प्रभाव पारिगो
त्यसैले होला मन्त्री नै भयौ, उमंग बाडियो ।
गरिव प्रति ममता थियो, आदर गर्दथ्यौ
त्यसैले होला सबैलाई तिम्ले जागिर खुवाइथ्यौ ।

रोगले मान्छे नमरुन् भनि, निकै ध्यान दिएर
पुग्यौ नि तिमी कुना र काप्चा, कन्दरा हिँडेर ।
सबैको निम्ती ज्योति नै बन्यौ, दिब्यरुप बनायौ
यहि प्रताप फैलि चम्केछ आज, नाम नै चलायौ ।

त्यो पुन्य काम स्मरण गर्दै, त्यो दिन संझेर
सवैको निम्ती सुमार्ग ल्याउने, तिमी हौ भनेर ।
त्यो स्वर्ग ढोका खुलै छ तिमिलाई, त्यो पुन्य कर्मले
यति नै लेखे जो जाने मैले, आफ्नै ढंगले ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt