विपत्तिमा धैर्यता गुमाउनु हुदैन


नारायण रेग्मी
उफ्रदै जाँदा दुइवटा भ्यागुताहरु तताईरहेको पानीको कराईमा परे।कराईबाट बाहिर निस्कन प्रयत्न गरे तर दुबै भ्यागुता सफल भने हुन सकेनन् । कराईको पानीको तापक्रम बढ्दै जान थाल्यो । दुबै भ्यागुताहरुले अगाडिको बाटो असहज देखे । दुई मध्येको एक भ्यागुताले बिस्तारै ज्यान चलाउन छोड्यो । प्रयत्नबाट बच्ने उपाय नदेखिएपछि मृत्युलाई सहज स्विकार गर्न भ्यागुता मानसिक रुपमा तैयार भयो । भ्यागुता बिस्तारै डिप्रेशनमा फस्दै गयो र अन्तमा मर्यो । दुई मध्येको अर्को भ्यागुता भने सकारात्मक सोचको थियो । धैर्यता नगुमाई थप उपायहरु खोजेर बाच्न सकिन्छ भन्नेमा दोस्रो भ्यागुता विस्वस्त थियो । भ्यागुता बाँच्नको लागि प्रयत्न गरिरह्यो । मरेको भ्यागुता पानीमा तैरिन थाल्यो । दुई मध्येमा बाँचेको भ्यागुता मरेर पानीमा तैरिरहेको भ्यागुताको मृत शरिरमा टेकेर उफ्री कराईबाट बाहिर निस्केर बाँच्न सफल भयो ।
अक्सर मानिसहरु समस्या देखि डराउछन् । हरेक समस्याको सामाधान हुन्छ भन्ने जानाकारी हुदाहुदै पनि मानिस अत्तालिन्छन् । अधिकाम्स मानिसहरुमा समस्यालाई गहिराईमा बुझ्ने क्षमता अभाव हुन्छ । समस्यालाई सहि अर्थमा बुझ्न नसक्दा मानिस डिप्रेशनमा फस्न सक्छ । कोरोनाले थुप्रै आर्थिक सामाजिक सांस्कृतिक समस्याहरु उब्जाएको छ । कोरोना बिचको अन्योल समय प्रयोग गरेर नवोदित प्रतिभा उदाईरहेका पनि छन् । कोरोना सृजित समस्याले जीबन जगत प्रति निराश बनेर देहत्याग गर्नेहरुको सङख्या बढ्दो छ समाजमा । सरुवा रोगमा कमि आएको छ । कोरोना अघिको भन्दा अन्य रोगका कारण मर्नेहरुको सङख्या घटेको छ । वातारण प्रदुषण घटेको छ । मानिसहरु बिच मानबीय भावना बढ्दै गईरहेको आभास हुदैछ । आम्दानीको सबै भाग उपभोग खर्च गर्ने पश्चिमी देशका मानिसहरुलाई कोरोनाले बचत गर्न सुझाएको छ भने पेट इच्छा मारेर भविष्यका लागि बचत गर्ने पूर्बीय सस्कृतिमा जीबन ब्यतित गर्नेहरुलाई कोरोनाले राम्रै सन्देश दिएको छ । बस्तु उत्पादन कर्ताले ःबलगब िदिए जस्तै परामात्माले हामीलाई जीबन चलाउने ःबलगब िथमाएको भए जीबन दोह्यई दोह्यई हेरेको फिल्म जस्तो निरस हुन्थ्यो ।
जीबनमा कयन पटक असफल पनि हुन सकिन्छ । जीबनका प्रतिकुल परिस्थिति बिच अनुकुल बन्न सक्नुपर्छ । जहाँ लडिन्छ त्यही टेकेर उठ्नुपर्छ भने झै माथिको प्रसङगको भ्यागुता जस्तै समस्याबाट माथि उठ्न समस्या सदुपयोग गर्न सक्नुपर्छ । जीबनमा धैर्यता सहनशिलता ठुलो महत्व हुन्छ । जीबनका बिषम परिस्थितिमा पाण्डब भगवान रामचन्द्र गौतम बुद्द जस्तै बिबेकी बन्न सक्नुपर्छ । सीताको अनुपस्थिति सामान्य मानिस जस्तै भावबिह्रल भगवान राम, मरीसकेकी सतिदेबीलाई काधमा बोक्दै बहुला जस्तो बनेका भगवान शिवलाई जब नरबाट नश्वर बोध भयो तब जीबनका सबै समस्या गायब भयो । कुरुक्षेत्रमा भगवान श्रीकृष्णबाट युद्ध क्षेत्रमा दिक्षित अर्जुन सुरुमा कर्तब्य बिचलित हुदा जीबनमा समस्या मात्र देखे । अर्जुनले जीबन बुझे । जीबनको रहस्य बोध हुँदा अर्जुनको निराशा शक्तिमा परिणत भयो । कोरोनाबाट सृजित यस कठिन बिषम परिस्थितिमा दुखी निरास हुनुको साटो ज्ञान योग ध्यान सत्कर्म सात्विक भोजन सकारात्मक सोच आध्यात्मिक चिन्तन मानवसेवालाई जीबन पद्धतिमा जोड्दै कोरोनाले उजागरत गरेका सम्भाबना तर्फ लक्षित बन्न सके जीबन सार्थक बन्छ । (लेखक रेग्मी सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनका उप प्राध्यापक हुनुहुन्छ।)

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt