अब यातायातको ९९ प्रतिशत काम चितवनबाटै


भरतपुर/यातायात कार्यालयवाट हने करिव ९९ प्रतिशत काम चितवनवाटै हुने भएको छ । यातायात कार्यालयसंग सम्वन्धित कामले गर्दा विरगञ्ज, काठमाण्डौं लगायतका अन्य ठाउँमा धाउनुपर्ने चितवनवासीको अधिकांश समस्या समाधान भएको हो । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेसंगै चितवनवासीले राहत पाएका हुन ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदी नेतृत्वको यातायात व्यवसायीहरुको टोलीले नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मि शाक्य र भौतिक पुर्वाधारमन्त्री केशवराज पाण्डेलाई भेटेर वधाई एवं शुभकामना समेत व्यक्त गरेको थियो । भेटकै क्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष चितवन निवासी रामप्रसाद सुवेदीले चितवनवासीको समस्याको वारेमा जानकारी गराउँदै चितवनवाटै सवारी चालक अनुमतिपत्र (लाईसेन्स) नविकरण गर्ने व्यवस्थाको लागि अनुरोध गरेपछि नवनियुक्त मन्त्रीले चितवनवाट लाईसेन्स नविकरण गर्ने निर्णय गर्नु भएको हो ।
टोलीमा उपाध्यक्ष सुवेदीसहित महासचिव सरोज सिटौला, उपमहासचिव रवि रिमाल, सचिव नन्दलाल श्रेष्ठ, उपत्यका संयोजक निरत्न नेवा, नारायणी यातायातका कार्यालय प्रमुख शंकर गिरी, छाहारी यातायातका अध्यक्ष वद्रीप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । टोलीले भाडा समायोजन लगायतका यातायात व्यवसायीहरुको समस्याको वारेमा मन्त्रीलाई जानकारी गराएको थियो । चितवनमै सवारी चालक अनुमती पत्र (लाइसेन्स) को नविकरण गर्नको लागि निकै पहिले देखि पहल भएपनि अहिले आएर सार्थक भएको वताउँदै उपाध्यक्ष सुवेदीले आगामी दिनमा चितवनवाटै लाईसेन्स वितरण गर्ने समेत पहल भईरहेको जानकारी दिनुभयो ।
उक्त निर्णयसंगै अब छिट्टै चितवनबाटै साना–ठूला सबै सवारी साधन चालकको लाइसेन्स नविकरण हुनेछ । यस्तै नयाँ लाइसेन्स लिनका लागि पनि चितवनको आँपटारीमा रहेको जग्गामा संरचना निर्माणको काम अघि बढाउने तयारी गरिएको मन्त्रालयका सचिव संजीव वरालले जानकारी दिए । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा कर्मचारीको दरबन्दी थप गरेर लाइसेन्स नविकरणको काम गरिने वरालले जानकारी दिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt