मुक्तकः हुन्छ

बालकृष्ण खनाल
अक्सर दुई आत्मिक मनहरूको विचमा भुगोलको एउटा दुरी हुन्छ
बाहिर देखिँदैन भित्रभित्रै रेटिईरहने परिस्थितिको एउटा छुरी हुन्छ ।
मिलन गराउने चाहना नहुने त काँहाँ होला र खै ? देउतालाई पनि
सायद भगवानको समेत आफ्नै किसिमको बाध्यता र मजवुरी हुन्छ ।