सन्तोष देवकोटा
भरतपुर/भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनको २१ औं साधारणसभा तथा ७ औं परिषद् भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले नवजागृति सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भयो ।
सामुदायिक बनको गुरुयोजना अनुसारको काममा सहयोग गर्न महानगर प्रतिवद्ध रहेको वताउँदै प्रमुख दाहालले उपभोक्ता र जनताको हितलाई लक्षित गरि वातावरणमैत्री तवरले सामुदायिक वनलाई आयआर्जन तर्फ ध्यान दिन आग्रह गर्नु भयो । फरक प्रसंगमा कुरा गर्दै प्रमुख दाहालले भरतपुर ११ लगायत महानगरका कतिपय ठाउँमा डुवानको समस्या रहेको र उक्त समस्या दीर्घकालिन रुपमै समाधान गर्ने गरि महानगर लागेको वताउनु भयो ।
भरतपुर महानगरको ३५ दिने सुचनावाट धेरै तरंगित हुनुपर्ने अवस्था नरहेको वताउँदै दाहालले सहमतिकै आधारमा समस्याको हल गरिने वताउनु भयो । अनाधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाईने उहाँले जानकारी दिनु भयो । उहाँले सडक पुर्वाधारलाई विकासको पहिलो आधारको रुपमा व्याख्या गर्दै जनतालाई घरवार विहिन वनाउने महानगरको उदेश्य नरहेको वताउनु भयो ।
सामुदायिक बनका उपाध्यक्ष नारायण केसीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा सक्रिय परिषद् सदस्य ऋषिकेश रेग्मी र उत्कृष्ठ कर्मचारी होमनाथ ढकाललाई सम्मान गरिएको थियो । सचिव विष्णु कुमारी शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा भरतपुर ११ का वडाध्यक्ष कमल मल्ल, सामुदायिक बन उपभोक्ता महासंघ चितवनका अध्यक्ष भरत प्रसाद ढुंगाना, नेपाली काँग्रेस भरतपुर ११ का सभापति अमर बहादुर लामा, नेकपा एमाले भरतपुर ११ का अध्यक्ष प्रकाश आचार्य, माओवादी केन्द्र भरतपुर ११ का प्रतिनिधि शालिग्राम सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर ११ का संयोजक विक्रम श्रेष्ठ, राप्रपाका भरतपुर ११ का प्रतिनिधि जगदिश अधिकारी, सल्लाहकार ज्ञानेन्द्र गिरी, नवजागृति सामुदायिक वनका निवर्तमान अध्यक्ष पुस्तक गौतम, संस्थापक अध्यक्ष इन्द्र वहादुर वोहोरा, अनुगमन समितिका संयोजक रुक्मागत पाण्डे, परिषद् सदस्य ऋषिकेश रेग्मी, जलदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष माधव देवकोटा, भरतपुर ११ का निवर्तमान वडाध्यक्ष वावुराम अधिकारीलगायतले वोल्नु भएको थियो । कार्यक्रम नवजागृति सामुदायिक वनका अध्यक्ष देव कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।