जय सन्तोषी माँ सुनचाँदी पसलको सहयोगमा लन्डनमा नयाँवर्ष कार्यक्रम


भरतपुर/लन्डनको फेल्थाममा नयां वर्ष मनाइएको छ । गत सप्ताहन्त फेल्थाम एसेम्ली हलमा आयोजित कार्यक्रममा झण्डै तीनसय जना सहभागी थिए । जय सन्तोषी माँ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी सोरुम, माँ सन्तोषी सुनचाँदी पसल मिलनरोड नारायणगढ चितवन र जय सन्तोषी माँ ज्वेलर्स हन्सस्लो लण्डनको विशेष सहयोगमा हन्स्लो काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङ, सबु सेन्चुरी, दिल घले र हर्क गुरुङ मिलेर नयां वर्ष कार्यक्रम गरेका हुन् ।
प्रमुख अतिथी फेल्थाम एण्ड हेस्टन क्षेत्रबाट लेवर पार्टीकी सांसद सीमा मल्होत्रा र विशेष अतिथी हन्स्लो मेयर काउन्सिलर रघवीन्दर सिद्युले कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा लन्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव रामबाबु नेपाल, हन्स्लो काउन्सिल लिडर काउन्सिलर सान्तनु राजावत लगायत नेपाली तथा बेलायतीको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद मल्होत्राले नेपाली नयां वर्षको शुभकामनासहित नेपालीहरु आफ्नो क्षेत्रमा उल्लेख्य बढिरहेको पाउंदा अत्यन्त खुशी लागेको बताइन् । उनले भूतपूर्व गोर्खाहरुलाई उनीहरुले बेलायतका लागि गरेको योगदानको कदर गर्दै समान पेन्सन दिइनुपर्नेमा समेत जोड दिइन् । काउन्सिलर विष्णु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेयर सिद्यु, दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, काउन्सिलर गुरुङ लगायतले शुभकामना दिएका थिए ।
दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रमको शुरुवातमा सबु सेन्चुरी र अमृता गिरी गजुरेलले स्वागत नाच प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट आएकी राष्ट्रिय कलाकार सानु वाइवा तामाङ, सुनिल लिम्बु र मिलन जलनले गायन प्रस्तुत गरेका थिए भने स्थानीय कलाकार विमला लगायतले आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रम आयोजक मध्ये एक सबु सेन्चुरीले हन्स्लो काउन्सिलको मिश्रित सांस्कृतिक कार्यक्रम होस् भन्ने चाहना र नयां वर्ष शुभकामना आदानप्रदान गर्न कार्यक्रम गरिएको उल्लेख गरिन् । भविष्यमा पनि नेपाली कला संस्कृति प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न आफू सधैं अग्रसर हुने उनले वताईन् । सबुले विगतदेखि नै नेपाली चाडपर्वको अवसर पारेर विविध कार्यक्रम गर्दै आएकी छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार