• सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

    भरतपुर/सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा जारी छ । औद्योगिक प्रदर्शनीको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको प्रदर्शनिको दोस्रो दिन शनिबार नेपाल उद्योग परिसंघको तर्फबाट “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा एकदिने गोष्ठीको आयोजना गरिएको थियो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न गोष्ठीमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् औद्योगिक पाठशाला विभागका संयोजक युग राज वस्तीले स्वागत मन्तव्य सहित मेक इन नेपाल स्वदेशी अभियानका बारेका प्रकाश पार्नुभएको थियो ।
    गोष्ठीमा नेपाल उद्योग परिसंघका उपनिर्देशक रोमिता लामिछानेले “मेक इन नेपाल स्वदेशी अभियान”का विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । लामिछानेले उद्यमीहरुले मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध हुनका लागि गरिने प्रक्रिया, अभियानमा आवद्ध भएपछिको लाभ लगायतका बारेमा जानकारी गराउनु भएको थियो । गोष्ठीमा अभियानमा लाग्न चाहने उद्योगीहरु र लागिसकेका ६५ जना भन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा उद्योगीहरुबीच मेक इन नेपाल स्वदेशी अभियानका विषयमा वृहत छलफल समेत गरिएको थियो ।
    गोष्ठीमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, नेपाल उद्योग परिसंघका निर्देशक हिमाल पौडेल, नेपाल उद्योग परिसंघका अधिकृत एन्जिला ज्ञवाली, संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु मदन घिमिरे, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, डा.प्रमोद लामिछाने, दिनुप कुमार बराल, अमर घिमिरे, दुर्गालाल सापकोटा, पार्वती सुवेदी कुँबर, सुरेन्द्र कार्की, चन्दना कोइराला, विशाल चापागाई, महिला उद्यमी मञ्चकी कार्यसमिति सदस्य अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल लगायतको उपस्थिति रहेको थियो । चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
    स्वदेशी लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको लागि आवश्यक मेशिन तथा प्रविधि र औद्योगिक उत्पादनका स्टलहरु राखिएका छन् । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको प्रबद्र्धन सहयोगमा आयोजना गरिएको यस प्रदर्शनीमा औद्योगिक मेशिनरी र प्रविधि सहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ्ग, प्याकेजिङ्ग, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक समेत गरी ११० वटा स्टल राखिएको छ ।
    औद्योगिक प्रदर्शनी नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन तथा चितवनका स्थानीय पालिकाहरुको प्रबद्र्धन सहयोग र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघ एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा।लि तथा फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा आयोजना गरिएको हो । प्रदर्शनी बैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt